समाज

    Showing 5,891-5,900 of 10,129 items.
  • मुग्लिन-नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए

    चितवन— चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् ।बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेलाई भरतपुर उपचारका लागि ल्याइँदैछ ।दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 579 पटक पढिएको
  • सुन पसलमा छापा मारेपछि प्रहरी र व्यवसायीबीच झडप, १० जना घाइते

    जनकपुर— जनकपुरधाममा शुक्रबार राति प्रहरी र स्थानीय सुनचाँदी व्यवसायीहरूबीच झडप भएको छ ।जिल्ला प्रहरी कार्यालयको टोलीले जनकपुरधामको सोनारपट्टीस्थित एक सुनचाँदी पसलमा छापा मारेपछि विवाद उत्पन्न भएको हो । सो क्रममा सुनचाँदी व्यवसायी संघ जनकपुर र उद्योग वाणिज्य संघ जनकपुरधाम अध्यक्ष सुरेन्द्र भण्डारीसहितका सदस्यहरूले दिपावलीको मुखमा राति आएर यसरी छापा मार्न नहुने भन्दै प्रतिकार गरेका थिए । सो क्रममा विवाद बढ्दै जाँदा प्रहरीले आश्रुग्यास समेत चलाएको थियो ।प्रहरीले व्यवसायीको पसलबाट सुनचाँदी बिना मुचुल्का लग्न खोजेको भन्दै व्यापार संघका अध्यक्षले रोक्न खोज्दा प्रहरी र व्यवसायीहरुबीच विवाद झन् अ

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 729 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं—  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 663 पटक पढिएको
  • आज २०८२ साल कात्तिक १ गते शनिबारको राशिफल

    काठमाडौं— आज २०८२ साल कात्तिक १ गते शनिबार।मेषः दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधार हुनेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ । पारिवारिक र सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।वृषः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। स्वास्थ्यले साथ दिनेछ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट नाफा हुनेछ। गुरुसँग नम्र भएर प्रस्तुत हुने समय छ।मिथुनः दिन राम्रो छ । बोलीका कारण काम बन्नेछन् । शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।कर्कटः दिन राम्रो छ । गुम्न ला

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 684 पटक पढिएको
  • नेपालले जित्यो टी–२० विश्वकप छनोटको उपाधि

    काठमाडौं— नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ।ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो। सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए।बलिङमा नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकएक विकेट लिए। त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो। नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरे।आसिफ शेख ४१ बलमा ६९

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 761 पटक पढिएको
  • स्काउटको जग्गामा अस्पताल निर्माण गर्ने काठमाडौं महानगरको योजना

    काठमाडौं— काठमाडौं महानगरपालिकाले नेपाल स्काउटको स्वामित्वमा रहेको जग्गा भाडामा लिएर नयाँ 'महानगर अस्पताल' निर्माण गर्ने योजना अघि बढाएको छ। शुक्रबार बसेको बोर्ड बैठकमा यस विषयमा प्रस्ताव पेस गरिएको हो।बैठकमा नेपाल स्काउटले उक्त जग्गा भाडामा दिन सैद्धान्तिक सहमति जनाइसकेको जानकारी दिइएको छ। तर बैठकमा भाग लिएका केही सदस्यहरूले भने महानगरपालिका अहिले आफैँ भाडामा बसिरहेको अवस्थामा अर्को भाडाको जग्गामा लगानी गर्नु उपयुक्त नहुने तर्क गर्दै आपत्ति जनाएका थिए। साथै, स्काउटको जग्गालाई खुला क्षेत्रको रूपमा जोगाइराख्नु पर्ने सुझाव पनि बैठकमा उठेको थियो।नेपाल स्काउटको केन्द्रीय कार्यालयसँग रहेको यो जग्गा

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 587 पटक पढिएको
  • सामाओले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

    काठमाडौं— सामाओले नेपालले विरुद्धको खेलमा टस जितेको छ ।ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गतको सुपर सिक्सको अन्तिम खेलमा सामाओले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै नेपालले यस खेलमा पहिला ब्याटिंग गर्ने भएको छ । नेपाल अंक तालिकामा शिर्ष स्थानमा छ भने विश्वकपमा छनौट भइसकेको छ । नेपालले आजको खेलमा समाओलाई पराजित गरेर छनौट प्रतियोगिताको ट्रफी जितेर घर फर्किने लक्ष्यका साथ आज खेल्ने छ ।त्यस्तै सामाओले भने विश्वकपको दौडबाट बाहिरिइसकेको छ । सुपरसिक्समा सामाओले अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।नेपालले आज कुशल मल्ल र सोम

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 620 पटक पढिएको
  • हरेक संघर्षमा जस्तै जेनजीमा पनि दलित सहभागिता भएन

    काठमाडौं । हरेक संघर्षमा जस्तैः जेन्जी संघर्षमा पनि दलितको प्रतिनिधीत्व नभएकोप्रति जेन्जी अगुवाले आक्रोश व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा उनीहरुले जेन्जी सरकारमा प्रतिनिधीत्वको मागसमेत राखेका छन् ।जनक परियारले जेनजीहरुका माग पुरा नगरिए भन्दै आक्रोश व्यक्त गरेका छन् । परियारले हरेक आन्दोलनमा जस्तैः जेन्जी आन्दोलनमा पनि दलितहरुले महत्वपूर्ण भूमिका खेलेकोले प्रतिनिधीत्वको माग गरेका छन् । परियारले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकारले तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सिडियोलाई नपक्रिएकोमा रोश व्यक्त गरे ।अर्का जेन्जी

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 431 पटक पढिएको
  • १२ दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक

    हुम्ला— हुम्लाको नाम्खा गाउँपालिका– ६ स्थित न्यालु सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ । हिमपातका कारण सडकमा हिउँ जमेर बन्द भएको सडक हिउँ पन्साएपछि सञ्चालनमा आएको हो ।पूर्वाधार विकास कार्यालय हुम्लाले न्यालु सडकमा जमेको हिउँ पन्साउनका लागि सदरमुकाम सिमकोटबाट स्काभेटर पठाएको थियो ।बिहीबार हिउँ पन्साएपछि सडक सुचारु भएको पूर्वाधार कार्यालय प्रमुख नरेशराज जैसीले बताए ।सडकमा जमेको चार फिट हिउँ तीन दिन लगाएर पन्साएपछि सहज रूपमा यातायात सञ्चालनमा आएको उनले जानकारी दिए ।सडक सञ्चालनमा आएसँगै हिमपातपछि तुम्लिङमा रोकिएका चालीस जनाभन्दा बढी यात्रु सकुशल सदरमुकाम सिमकोट पुगेका छन् ।हिमपातपछि लिमी उपत्यकामा

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 535 पटक पढिएको
  • आक्रमण जारी राखे अमेरिकाले हामास विरुद्ध सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकु समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमास विरुद्ध सैन्य कारबाही गर्ने बाध्य हुने बताए।  ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यदि हमासले गाजामा मानवियता विरुद्ध आक्रमण जारी राख्यो भने उनीहरूलाई मार्नु बाहेक कुनै विकल्प नभएको बताएको हो ।  हामासले बाँकी मृत बन्धकहरूको खोजी र अमेरिकी मध्यस्थता शान्ति सम्झौताको प्रभावमा ध्यान केन्द्रित गर्दै ट्रम्पले गाजामा चलिरहेको अवस्थालाई सम्बोधन गरेको एक दिन पछि  चेतावनी आएको हो ।चेतावनी मार्फत उनले नागरिक र बन्धकहरू माथि मानवीयता माथि आक्रमण ज

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 712 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.