समाज

    Showing 5,821-5,830 of 11,162 items.
  • विराटनगरले जित्यो टस , सुदूरपश्चिम विरूद्ध पहिले बलिङ गर्ने

    काठमाडौं— सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरूद्ध विराटनगर किंग्सले टस जितेको छ । टस जितेको विराटनगरले पहिले बलिङ गर्ने भएको हो । सुदूरपश्चिम यसअघि लगातार छ जित निकालेर शीर्ष दुईमा परेर पहिलो क्वालिफायरमा पुगिसकेको छ । प्लेअफमा पुग्नका लागि आजका लागि विराटनगरका लागि भने जित आवश्यक छ । विराटनगरले सुदूरपश्चिमविरूद्ध ठूलो अन्तरको जितले मात्र उसको दोस्र स्थान पक्का हुनेछ र पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । पराजित भए वा कम अन्तरको जितले विराटनगर तेस्रो स्थानमा सीमित हुनेछ भने इलिमिनेटरमा लुम्बिनी लायन्ससँग खेल्नेछ । यी

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 345 पटक पढिएको
  • कांग्रेस सुधार अभियान (यु–४०) ले तोक्यो ७७ जिल्लामा संयोजक

    काठमाडौं— नेपाली कांग्रेस सुधार अभियान (यु–४०) ले देशभरका ७७ जिल्लामा संयोजक तोकेको छ। अभियानको केन्द्रीय संयोजन समितिका तर्फबाट पूर्व नेविसंघ केन्द्रीय कोषाध्यक्ष शिव रिमालले शुक्रबार विज्ञप्ति जारी गर्दै जिल्लागत संयोजक घोषणा गरेका हुन्। यस क्रममा रामेछाप जिल्लाको संयोजकमा सुन्दर घिमिरेलाई जिम्मेवारी दिइएको छ।  अभियानले युवा नेतृत्वलाई सशक्त बनाउने उद्देश्यसहित जिल्लागत संरचना विस्तार गरेको जनाएको छ। विज्ञप्तिमा सुधार अभियानले संगठनलाई गतिशील बनाउन र कांग्रेसभित्र सुधारको आवाजलाई संस्थागत गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ।

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • 372 पटक पढिएको
  • बाजुरामा भीरबाट लगेर एक बालिका गम्भीर घाईते

    बाजुरा । बाजुरामा भीरबाट लगेर एक बालिका गम्भीर घाईते भएकी छन् । घाईते हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका –२ साप्पाटाकी अन्दाजी १५ वर्षीया नानी भण्डारी रहेकी छन् ।घाँस काट्न गएका बेला भीरबाट लगेर उनी गम्भीर घाईते भएकी स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिए । उनका अनुसार, भीरबाट लडेर गम्भीर घाइते भएकी भण्डारीको कोल्टी आधारभूत अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको बताए  ।टाउँको सहित शरिरका विभिन्न भागहरुमा गम्भीर चोट लागेकोले कोल्टीमा उपचार सम्भव नभएकाले तारा एयरको हवाई जहाजमा नेपालगञ्ज उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 303 पटक पढिएको
  • सर्लाहीमा ५२ किलो गाँजासहित एक जना पक्राउ

    सर्लाही । सर्लाहीमा ५२ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । शुक्रबार बिहान प्रहरीले ५२ किलो गाँजासहित नारायणखोला निवासी २५ वर्षीय गंगा बहादुर वाइवालाई नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार वाइवा बा १२ च ४७१० नम्बरको पिकअप भ्यानमा गाँजा लोड गरी लालबन्दी बजारतर्फ ल्याउँदै थिए । प्राप्त विशेष सूचनाका आधारमा खटिएको टोलीले चेकजाँचका क्रममा लालबन्दी नगरपालिका – ११, हिरापुरमा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गाँजा चालकको सिटमुनि तयार गरिएको विशेष ‘फल्स बटम’ भन्डारण भागमा लुकाइएको अवस्थामा फेला परेको थियो । पक्राउ परेका वाइवामाथि सर्लाही जिल्ला अदालतबाट

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 270 पटक पढिएको
  • मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादव नियुक्त

    जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सांसद कृष्णप्रसाद यादव नियुक्त भएका छन् । ७७ जना सांसदको समर्थनमा दाबी पेस गरेका यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । सात दलीय गठबन्धनले कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए ।यादवलाई जसपा, जनमत, लोसपा, माओवादी, नेकपा एस र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएसँगै एक साताभित्रै विश्वासको मत लिने सात दलीय गठबन्धको तयारी छ । सातै दलका नेताहरूले दाबीपत्रम

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 239 पटक पढिएको
  • ११ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔं : बादल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीको आगामी ११ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले प्रतिगामी शक्तिहरूले एमालेको नेतृत्वलाई सिद्ध्याउन चाहेको भन्दै अब नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिहरुको षड्यन्त्र चिर्न नसकिने बताए । उनले भने, एमालेको ११ औं महाधिवेशन एकताको महाधिवेशन बनाउनुपर्छ । प्रतिस्पर्धाको नामबाट नेतृत्वलाई विस्थापित गर्ने काम गर्नुहुँदैन् । पार्टीलाई एकताबद्ध गर्ने र नेतृत्वको रक्षा गर्नुपर्छ । अहिले प्रतिगामी शक्तिहरूले नेतृत्वलाई सिद्ध्याउन चाहन्छ

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 243 पटक पढिएको
  • जबर्जस्तीकरणी मुद्दामा १५ वर्ष सजाय तोकिएका प्रतिवादी १३ वर्षपछि पक्राउ

    स्याङ्जा— जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–१४ साबिक पुतलीबजार नगरपालिका–८० पिपलडाली बस्ने ५७ वर्षीय मेगबहादुर भुजेललाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।भुजेलमाथि सोही नगरपालिका–१४ स्थित वनमा ११ वर्षीया बालिकालाई २०६९ भदौ २७ गते जबर्जस्तीकरणीको घटनामा जिल्ला अदालत स्याङ्जाले २०७३ मा १५ वर्ष कैद सजाय सुनाएको थियो ।तर, सोही समयदेखि फरार भुजेललाई प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।भुजेललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेस गरी कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरी

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 285 पटक पढिएको
  • कैलालीका सिमानाकाबाट नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाइ

    कैलाली— भारतसँग जोडिएका विभिन्न सिमानाका हुँदै नेपाल प्रवेश गर्नेहरूको आवागमनमा हाल कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सीमावर्ती नाकामा सुरक्षा निकायलाई थप सतर्कतासहित चेकजाँच गर्न निर्देशन दिएको हो।सीमाबाट परिचय नखुलेका शङ्कास्पद व्यक्ति वा समूह अवैध तरिकाले प्रवेश गर्ने सम्भावना देखिएकाले सुरक्षा व्यवस्था कडा पारिएको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए । शङ्कास्पद व्यक्तिलाई देखेमा नजिकैको सुरक्षा निकायलाई तुरुन्तै खबर गर्न स्थानीयलाई आग्रह गरिएको छ।प्रशासनले अपरिचित व्यक्तिलाई घर वा समुदायमा बसोबास गराउने, कामकाजमा लगाउने वा अन

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 527 पटक पढिएको
  • जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै

    काठमाडौं— मधेस–प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर–ढल्केबर छ लेन सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदैछन् । पैदलयात्रुको अत्यधिक चाप, सवारी आवागमन, ट्राफिक व्यवस्थापनमा समस्या र दुर्घटनाका घटना नियन्त्रण गर्न परियोजना अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार तीनवटै पुल सडकखण्डका अत्यन्त व्यस्त र जोखिमयुक्त ठाँउ छनोट गरेर करिब रु १० करोड ५० लाखको लागतमा निर्माण भइरहेका छन् । कार्यालयका ई उज्जवल झाले लक्ष्मीनियाँ गाउँपालिको मुख्य बजार क्षेत्र लक्ष्मीनियाँ बजार, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारको महिला विकास चोक र सखुवा चोकमा पुल

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 489 पटक पढिएको
  • राष्ट्रियस्तरको विकास बैंकद्वारा उपमहाप्रबन्धक पदका लागि दरखास्त आह्वान

    काठमाडौं—  काठमाडौंस्थित केन्द्रीय कार्यालय रहेको एक अग्रणी राष्ट्रियस्तरको विकास बैंकले Chief Credit Officer (Deputy General Manager) पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले योग्य तथा अनुभवी नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।आवेदकसँग न्यूनतम १५ वर्षको बैंकिङ अनुभव हुनुपर्ने बैंकले जनाएको छ । जसअन्तर्गत कम्तीमा ५ वर्ष कर्पोरेट तहको क्रेडिट अनुभव अनिवार्य रहेको छ । साथै, राष्ट्रियस्तरको विकास बैंकको एक तह मुनिको पद वा ‘क’ वर्गको वाणिज्य बैंकको दुई तह मुनिको पदमा कम्तीमा २ वर्ष निरन्तर सेवा अनुभव आवश्यक हुने जनाइएको छ ।व्यवस्थापन, अर्थशास्त्र वा सम्बन्धित विषयमा मान्यता प्

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 529 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.