समाज

    Showing 5,821-5,830 of 6,844 items.
  • सात वर्षीया बालिकाको शव खरबारी फेला

    कर्णाली  / लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ।लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला पारेको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए।उनकाअनुसार बालिका आइतबार बिहान १० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी तर घर नफर्केपछि परिवारले सोमबार बिहान ९ बजे इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो। खबर प

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 177 पटक पढिएको
  • सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ

    बेनी  / सामूहिक बलात्कारको अभियोगमा तीन युवा पक्राउ परेका छन् । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेको किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग–अलग ठाउँबाट प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो।तीमध्ये एकजनालाई रूपन्देही र दुई जनालाई पोखराबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए।‘आधुनिक विधि र प्रविधि प्रयोग गरी अनुसन्धान भइरहेको छ, घटनामा कसैको दबाब छैन’, उनले भने।एक्लै सुतिरहेको अवस्थामा ती युवाले जबर्जस्ती धम्क्याउँदै पालैपालो बलात्कार गरेको भन्ने पीडितको उजुरी परेकाले जिल्ला

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 140 पटक पढिएको
  • चम्ल्याहा शिशुमध्ये दुईको मृत्यु

    भैरहवा / रूपन्देहीमा एक महिलाले जन्माएका चारजना शिशु मध्ये दुई जनाको मृत्यु भएको छ । एकको शनिबार र अर्कीको आइतबार मृत्यु भएको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए ।अस्पतालका अनुसार समय अगावै जन्मिएको, तौल कम भएको र प्रतिरोधात्मक क्षमता नभएकाले शिशुहरूको मृत्यु भएको हो ।कात्तिक ६ गते अस्पताल भर्ना गरिएकी पाल्पाको माथागढी गाउँपालिका –१ चिदीपानीकी २४ वर्षीया सीता सार्कीले साउन ९ गते दिउँसो चार छोरीलाई जन्म दिएकी थिइन् । आर्थिक स्थिति कमजोर रहेकी सीताका छोरीहरूको उपचारका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिले सहयोग गरिरहेका छन् ।अस्पतालका स्त्री तथा

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 184 पटक पढिएको
  • बाढी-पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत

    डोटी /  गत आसोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढी(पहिरोमा परी ज्यान गुमाएका सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले उक्त क्षेत्रमा पुगेर राहत रकम प्रदान गरेका हुन् ।​ बाढी-पहिरोमा ज्यान गुमाएकालाई प्रतिपरिवार दुई लाखका दरले रकम प्रदान गरिएको छ । जिल्लाका अन्य क्षेत्रमा पनि राहत वितरण गरिने प्रजिअ विष्टले बताएका छन् । सायल गाउँपालिका–१ रोकाया गाउँका वीरे रोकाया, वडा नं ४ भल्माका जङ्ग विष्ट, वडा नं ५ डुमरीका हिरुवा लुहार र सोही वडा भालुमेलाका देव डुम्रेलका परिवारका सदस्यलाई रु दुई दुई लाख तथा वडा नं ६ अम्ततोडाका आशिष कुञ्जेडा र

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 206 पटक पढिएको
  • प्रजापति समुदायलाई पाला बनाउन भ्याइनभ्याई

    भक्तपुर / नेपालीहरूको दोस्रो महान् चाड तिहार आएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । माग धेरै भएको र तिहार शुरु भइसकेकाले यहाँ पाला बनाउँदै आएका उक्त समुदायका सिङ्गो परिवारलाई नै यतिखेर पाला बनाउन भ्याइनभ्याई भएको हो ।    भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछेंँ र तालाको पोर्टरी स्क्वायर तथा मध्यपुर थिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायत स्थानका प्रजापति समुदायलाई यतिखेर पालालगायत अन्य सामाग्री बनाउन फुर्सदै छैन ।    “तिहार आइसक्यो माटोको पाला, भिउँट र धुपौरोको थुप्रै माग भएको छ, तिह

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 139 पटक पढिएको
  • बाढीपीडितलाई राहत सामग्री वितरण

    भद्रपुर  / नेपाल–भारत मैत्री सङ्घ केन्द्रीय समितिले भद्रपुरका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको छ । समितिले गत कार्तिक २ गते अविरल वर्षापछि मेची नदीमा आएको बाढीले प्रभावित परेका परिवारलाई राहत सामग्री वितरण गरेको हो । समितिले भद्रपुरका सय भन्दा बढी बाढीपीडितलाई खाद्यान्न सामग्री वितरण गरेको भद्रपुर –५ का अध्यक्ष बन्धु कार्कीले जानकारी दिए । त्यस्तै क्यारिटस नेपालले भद्रपुर –३ स्थित हतिमाराका ३० परिवारलाई पनि खाद्यान्न सामग्री वितरण गरेको छ । 

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 247 पटक पढिएको
  • मानव सेवा आश्रममा महिलामाथि निर्घात कुटपिट

    जनकपुरधाम  / सर्लाहीको हरिवन नगरपालिका –१ स्थित मानव सेवा आश्रममा एक महिला माथि कुटपिट भएको छ । मानसिक रोगको उपचार गर्न आएकी हरिवन नगरपालिका –१ पटौना टोलकी २९ वर्षीया रेखाकुमारी कार्कीमाथि कुटपिट भएको हो । कार्की गत कार्तिक ३ गते मानसिक रोगको उपचारका लागि आश्रम गएकी थिइन् । केही दिनपछि आश्रमबाट सञ्चालक सदस्य शुकदेव कार्कीले रेखाकुमारी आफन्तलाई फोन गरेर उनलाई लैजान आग्रह गरेका थिए।तर रेखाकुमारीलाई आश्रमबाट घर लैजाँदा उनको शरीरभरि कुटपिट गरेको निलडाम र घाउ भेटिएको आफ्न्तको भनाइ छ । रेखाकुमारीका परिवारले यस घटनामा दोषीलाई कानुनी कारबाही हुनुपर्ने माग राख्दै गत कात्तिक १० गते इ

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 139 पटक पढिएको
  • आजको मौसमः पाहाडमा बर्षा र हिमालमा हल्का हिमपात

    काठमाडौं  / हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ ।आज देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक- दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।आज दिउँसो देशको पहाडी भु(भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक(दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भ

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 180 पटक पढिएको
  • जहाँ दैनिक ४०० हात्तीले मान्छे मार्ने, खेतबारीको अन्नबाली खाइदिने र घर भत्काउने गर्छन्

    झापा / नेपालीभाषीको बाहुल्य रहेको भारत र भूटानको सीमा क्षेत्र ‘डुबर्स’ मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । त्यहाँको अलिपुरद्वार जिल्लामा सडकमा गाईबस्तु हिँडेझैँ हरेक साँझ आहार खोज्दै जङ्गली हात्तीको लर्को बस्ती र बाली क्षेत्रमा पस्ने गरेको देख्न सकिन्छ । भूटानको प्रवेशबिन्दु फुन्चोलिङसँग जोडिएको अलिपुरद्वारको मदारीहाट ब्लकमा एक लाखभन्दा बढी नेपाली भाषी बसोबास गर्छन् । जहाँ दैनिक ४०० को हाराहारीमा आउने हात्तीले मान्छे मार्ने, खेतबारीको अन्नबाली खाइदिने र घर भत्काउने गरेको डुबर्स न्यूज च्यानलका सम्पादक नविन आचार्यले बताए । पश्चिम बङ्गाल सरकारले जल्दापाडा राष्ट्रिय

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 285 पटक पढिएको
  • बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने युवक पक्राउ

    सिरहा / सिरहामा बोक्सीको आरोपमा दलित महिलालाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका –१० पर्चिलवाका रामविलास यादव रहेका छन् । यादवले व्यक्तिगत रिसिवीका कारण ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको जाहेरीको आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनलाई आजै अदालतमा उपस्थित गराई म्याद थप गरी आवश्यक अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 130 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा