काठमाडौं— नेपाली कांग्रेस सुधार अभियान (यु–४०) ले देशभरका ७७ जिल्लामा संयोजक तोकेको छ। अभियानको केन्द्रीय संयोजन समितिका तर्फबाट पूर्व नेविसंघ केन्द्रीय कोषाध्यक्ष शिव रिमालले शुक्रबार विज्ञप्ति जारी गर्दै जिल्लागत संयोजक घोषणा गरेका हुन्। यस क्रममा रामेछाप जिल्लाको संयोजकमा सुन्दर घिमिरेलाई जिम्मेवारी दिइएको छ।  

अभियानले युवा नेतृत्वलाई सशक्त बनाउने उद्देश्यसहित जिल्लागत संरचना विस्तार गरेको जनाएको छ। विज्ञप्तिमा सुधार अभियानले संगठनलाई गतिशील बनाउन र कांग्रेसभित्र सुधारको आवाजलाई संस्थागत गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ।