समाज

    Showing 5,241-5,250 of 11,162 items.
  • अब देश नै घण्टीमय हुनेछ र देशले काँचुली फेर्नेछः तोसिमा कार्की

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले अब मुलुक नयाँ दिशामा अघि बढ्ने बताएकी छन् ।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच बृहत् एकताको सहमति भएपछि सामाजिक सञ्जालमार्फत उनले अब क्रमश पूरा देश नै घण्टीमय हुँदै जाने र देशले काँचुली फेर्ने धारणा व्यक्त गरेकी छन् ।उनले फेरी सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिहरुलाई घण्टीमा गोलबद्द हुन आवहान गर्दै अब शान्त भद्र ‘निलो क्रान्ति’ मार्फत समुन्नत समृद्द नेपाल निर्माण गर्नुपर्ने बताईन् ।उनले लेखेकिछन्, ‘अब क्रमश पुरा देश नै घण्टीमय हुँदै जानेछ । देशले काँचुली फेर्नेछ ।

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 511 पटक पढिएको
  • सुनको मूल्यको नयाँ रेकर्ड कायम

    काठमाडौं— कारोबारको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो हप्ताको शुक्रबार छापावाल सुन तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य १ हजार ३ सयले बढेर २ लाख ७० हजार ६०० कायम भएको हो ।सुनको मूल्य २ लाख ७० हजार नाघ्दा चाँदीको मूल्य समेत बढेर ४ हजार ८३५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य ४ हजार ५६५ रुपैयाँ थियो ।

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 567 पटक पढिएको
  • इतिहास जोगाउन ललितकलाको प्रशंसनीय काम

    काठमाडौं—  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले नेपाली कला र कलाकारहरुको इतिहासलाई जोगाउनको लागि विभिन्न पुस्तकहरु प्रकाशन गरिरहेको छ ।प्रतिष्ठानले पश्चिमी कला, नेपाली कला, नेपाली चित्रकला, नेपाली मूर्तिकला, नेपाली हस्तकला तथा लोककलाको विषयमा विभिन्न पुस्तकहरु प्रकाशन गरेर कला संरक्षणमा पनि भूमिका निर्वाह गरिरहेको छ ।सम्बन्धित विभागले लेखकहरुलाई शोधवृत्ति प्रदान गर्दै आइरहेको छ भने त्यस अनुरुप कला इतिहासकार तथा कला समीक्षकहरुले आफ्ना विषयहरुमा अध्ययन र अनुसन्धान गरी पुस्तक तयार गर्छन् जसलाई प्रतिष्ठानले प्रकाशित गर्दछ । प्रतिष्ठानले कला विषयक जर्नल र म्यागजिनहरु पनि प्रकाशन गर्दै आइरहेको छ

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 516 पटक पढिएको
  • राजनीतिमा बाह्य चुनौति थपियोः उपमहासचिव भट्टराई

    काठमाडौं—  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौति थपिएको बताएका छन् ।उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै राजनीतिमा बाह्य चुनौति थपिएको बताए । सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव भट्टराईले जतिसुकै चुनौति बढेपनि भागेर होइन सामना गरेर अघि बढ्ने दृढता व्यक्त गरे ।यस्ता चुनौतिलाई सामना गर्न आन्तरिक एकता बलियो बनाउनुपर्ने भट्टराईको भनाइ छ । उनले राष्ट्र र पार्टीका एजेण्डा बोक्न सबैलाई आग्रह पनि गरेका छन् । कार्यशैली सुधार गरेर विगतका कमीकमजोरी सच्याउदै अघि बढ्न उनले सबैलाई आ

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 469 पटक पढिएको
  • रवि–बालेन सम्झौतापछि एमाले महासचिव पोखरेलले भने– देशभक्त शक्तिहरू सचेत हुन आवश्यक

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच सम्झौता भएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘विध्वंशकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने क्रमशः सार्वजनिक भइरहेको’ बताएका छन् ।महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक रहेको बताए ।फेसबुकमा लेखेका छन्, ‘भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरियो । त्यसको आडमा भदौ २४ गते मुलुकको अस्मिता र सामथ्र्य कमजोर बनाउने उद्देश्यले राज

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 514 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी रहने भएको छ ।बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको हो ।आजको बैठकमा मुख्य गरी निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची तयार पार्ने विषयमा छलफल हुनेछ ।निर्वाचन आयोगले आज र भोलिभित्र बन्द सूची पेस गर्नुपर्ने समय सीमा तोकेकाले कांग्रेसले आफ्नो सूचीलाई अन्तिम रूप दिन आजको बैठक आयोजना गरेको हो ।

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 576 पटक पढिएको
  • अत्याधिक चिसो बढेपछि जनकपुरधामका विद्यालयहरु चार दिन बन्द

    जनकपुर— जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरू आजदेखि चार दिनसम्म बन्द भएको छ ।जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले एक सूचना जारी गर्दै आजदेखि १६ गतेसम्म सबै पालिकाभित्रका सम्पूर्ण विद्यालयहरुमा जाडो बिदा दिएको छ ।यस अवधिको बिदा भने विद्यालयको वार्षिक बिदाबाट कट्टा हुने गरी लागू गरिएको शाखाले जनाएको छ ।यस अघि उपमहानगरपालिकाले एक दिनको लागि बिदा दिएको थियो तर मौसममा सुधार नभएपछि चार दिन बिदा थप गरिएको हो ।करिब एक हप्तादेखि जनकपुरधामसहित तराई मधेशका जिल्लाहरुमा एक्कासी जाडो बढेकाले जनजीवन प्रभावित भएको छ । बालबालिका र वृद्धाहरुलाई झन बढि समस्या भ

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 519 पटक पढिएको
  • एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने

    काठमाडौं— नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशनपछिको पहिलो सचिवालय बैठक आज बस्दैछ ।आइतबार च्यासलस्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहान ११ बजे बैठक बस्न लागिएको हो । बैठकको मुख्य उद्देश्य आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूचीलाई अन्तिम रूप दिने रहेको छ ।निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार आज र भोलिभित्रै राजनीतिक दलहरूले ११० जना उम्मेदवारहरूको बन्द सूची बुझाइसक्नुपर्ने भएकाले एमालेले आजको बैठकबाट यसलाई टुङ्गो लगाउन लागेको हो ।यस बैठकले समानुपातिक सूचीका अतिरिक्त महाधिवेशनबाट निर्वाचित नयाँ केन्

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 507 पटक पढिएको
  • युक्रेनको राजधानी किभमा रुसी आक्रमणपछि जेलेन्स्कीको आरोपः ‘पुटिन युद्ध प्रेमी’ मानिस हुन

    काठमाडौं—  युक्रेनको राजधानी कीभ र आसपासका क्षेत्रमा रुसले नयाँ चरणको भीषण आक्रमण गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई “युद्ध प्रेमी मानिस” भएको आरोप लगाएका छन् ।क्यानडाको नोभा स्कोटियास्थित हेलिफ्याक्समा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको साथमा बोल्दै जेलेन्स्कीले युक्रेनले शान्ति चाहेको भए पनि रुस निरन्तर युद्धमै केन्द्रित रहेको बताए । उनले भने, “हामी शान्ति चाहन्छौं, तर पुटिन युद्ध प्रेमी मानिस हुन् ।”अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आइतबार फ्लोरिडामा हुने भेटअघि जेलेन्स्की क्यानडामै रहेका छन् । उनले ट्रम्पसमक्ष करिब चार वर्षदेखि

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 561 पटक पढिएको
  • बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ

    काठमाडौं— श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् ।आइतबार रवि–बालेनबीचको सम्झौतापछि सामाजिक सञ्जालमा भिडियो राख्दै उनले बालेनलाई लक्षित गर्दै सहकारी काण्डमा तानिएका मान्छेहरुसँग मिलेर एउटा सत्ताको लागि र यो देशलाई लिलाम गर्नको लागि चुनावमा आउन लागेको भन्दै यस्तो व्यक्तिलाई सबै नेपालीले प्रश्न गर्नुपर्ने बताए ।उनले भने, ‘जेनजी आन्दोलनको मागको सम्बोधन जसले गर्दैन्, चुनावको कुरा बाहेक अरु केही पनि गर्दैन् । त्यस्तो खालको व्यक्ति को होला र त्यो व्यक्ति फेरि चुनावमा आउने भन्ने कुरा पनि सुनिरहेको छु । सहकारी केश के

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 512 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.