काठमाडौं—  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौति थपिएको बताएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै राजनीतिमा बाह्य चुनौति थपिएको बताए । सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव भट्टराईले जतिसुकै चुनौति बढेपनि भागेर होइन सामना गरेर अघि बढ्ने दृढता व्यक्त गरे ।

यस्ता चुनौतिलाई सामना गर्न आन्तरिक एकता बलियो बनाउनुपर्ने भट्टराईको भनाइ छ । उनले राष्ट्र र पार्टीका एजेण्डा बोक्न सबैलाई आग्रह पनि गरेका छन् । कार्यशैली सुधार गरेर विगतका कमीकमजोरी सच्याउदै अघि बढ्न उनले सबैलाई आग्रह गरेका छन् ।