समाज

    Showing 5,231-5,240 of 11,162 items.
  • करदाता कार्यालय हटाउने निर्णयविरुद्ध गौरमा धर्ना

    रौतहट— रौतहटको गौरमा रहेको करदाता सेवा कार्यालय नेपाल सरकारले हटाउने निर्णय गरेपछि त्यसको विरोधमा सर्वदलीय तथा सर्वपक्षीय धर्ना कार्यक्रम सुरु भएको छ । रौतहट उद्योग वाणिज्य संघको अगुवाइमा आइतबारदेखि सुरु भएको धर्ना कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, विभिन्न राजनीतिक दल, नागरिक समाजलगायतको ऐक्यबद्धता छ ।करदाता सेवा कार्यालयको मूल गेटमा धर्नामा बसेकाहरुले सरकारलाई तत्काल यो निर्णय फिर्ता लिन र गौरमै करदाता सेवा कार्यालय यथावत् राख्न माग गरेका छन् । धर्नामा बसेका नेता बाबुलाल साहले करदाताहरू अब करसम्बन्धी सेवाका लागि आन्तरिक राजस्व कार्यालय सिमरा वा अन्यत्र धाउनुपर्ने बाध्यता हुने र यसले समय

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 541 पटक पढिएको
  • ४७.५५ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

    काठमाडौं— साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक भारि अंकले वृद्धि भएर बन्द भएको छ । यसअघिका अन्तिम दुई कारोबार दिन सामान्य सुधार देखिएको बजार यस दिन भने उच्च अंकको वृद्धिसहित बन्द भएको हो ।आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ८.२५ अंक, फ्लोट इण्डेक्स ३.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले बढेको छ ।नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा यस दिन ३२८ स्टकको ८९ हजार २५१ पटकको कारोबारमार्फत ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपै

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 516 पटक पढिएको
  • निर्वाचन आचारसंहिताः गाडी र हेलिकोप्टर प्रयोगमा कडाइ

    काठमाडौं— निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गर्दै विभिन्न प्रावधानहरु ल्याएको छ । आचारसंहिता स्वीकृत गरेपनि कहिलेबाट लागु हुने भन्ने निर्णय भने गरिएको छैन् ।आचारसंहितामा निर्वाचित दल वा उमेदवारले प्रत्येक वर्ष घोषणाापत्रअनुसार कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय राखिएको छ ।त्यस्तै विगतमा नभएको हरित निर्वाचन सम्बन्धि आचारणको विषय राखिएको छ ।आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक उम्मेदवारले प्रचारप्रसारमा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ ।निर्वाचन अधिकृतको अनुमति लिई उमेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उमेदवार भएको स्थान

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 526 पटक पढिएको
  • उमाकुण्ड प्रीतिका किसान सुन्तला खेतीबाट मालामाल

    रामेछाप— रामेछापको उमाकुण्ड गाउँपालिका ४, ५ प्रीतिका किसानहरू व्यावसायिक सुन्तला खेतीमा लागेका छन् ।अन्य खेती गर्ने मानिसहरू गाउँमा कम हुँदै जाँदा एक पटक लगाएपछि वर्षौ आम्दानी दिने सुन्तला खेतीतर्फ किसानहरू लागेका हुने । विज्ञहरूका अनुसार एक पटक लगाएको सुन्तलाको बिरुवाले ५० वर्षसम्म राम्रो फल दिन्छ ।किसानलाई सुन्तला खेतीमा आकर्षित गर्न उमाकुण्ड गाउँपालिकाले सो गाउँपालिकाका ४ र ५ नं वडालाई पकेट क्षेत्र घोषणा गरी विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरेको छ ।गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारका अनुसार वाग्मती प्रदेश सरकार र उमाकुण्ड गाउँपालिकाको आयोजनामा ती वडामा पकेट कार्यक्रम सञ्चालन गरिएको हो

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 555 पटक पढिएको
  • राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन कांग्रेसको माग

    काठमाडौं— नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन माग गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेटवार्ता गरेको छ ।कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वमा गएको टोलीले आइतबार राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर नेपाली कांग्रेस संसदीय दलको निर्णबारे जानकारी गराउँदैं यस्तो माग गरेका हुन् ।गत पौष १० गते बसेको कांग्रेस संसदीय दलको बैठकले ‘देशमा बदलिएको राजनीतिक बिषम परिस्थीतिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरु उठाउने सार्वभौम संघीय संसद अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभा

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 531 पटक पढिएको
  • पोखरामा पुस २३ गते एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड हुने

    काठमाडौं— नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आगामी पुस २३ गते पोखरामा एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ आयोजना गर्ने भएको छ ।प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड कार्यक्रम पोखराको न्यूरोडस्थित पोखरा सभागृहमा हुने आइतबार पत्रकार सम्मेलन मार्फत मञ्चले जानकारी गराएको हो ।यसअघि भदौ २९ गते अवार्डको २२औँ संस्करण आयोजना गर्ने तयारी पूरा भए पनि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण सिर्जित विषम परिस्थितिले कार्यक्रम स्थगित गर्नुपरेको थियो ।आन्दोलनका क्रममा पहिल्यै तय गरिएको पोखरा इभेन्ट सेन्टर पूर्ण रूपमा क्षतिग्रस

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 599 पटक पढिएको
  • जेनजीहरुको आवाज कलामार्फत, संसद भवन अगाडि प्रदर्शन

    काठमाडौं— गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको स्मृति झल्काउने तस्विर एवम चित्रकलाहरु संघीय संसद् भवन अगाडि प्रदर्शनी गरिएको छ ।वीरगति प्राप्त गरेका जेनजी शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फोटो प्रदर्शनी गरिएको हो ।सोही क्रममा कार्यक्रम आयोजक समितिका सदस्य आयुष बस्यालले राज्य संयन्त्रले जेनजी र जनताको आवाजहरु दबाउने प्रयास गरेको भन्दै त्यसको लागि यो प्रदर्शन गरिरहेको बताए ।उनले भने, ‘राज्य संयन्त्रले हाम्रो आवाजहरु दबाउने प्रयास गर्नुभयो । त्यसको लागि यो प्रदर्शन गरिरहेका हौं । त्यो पद नै कस्तो हो कस्तो त्यहाँ पुगेपछि सबै एउटै हुने ।’यस्तै, प्रदर्शनीमा सहभागी अमूल्य आचार्यले

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 468 पटक पढिएको
  • निर्वाचन आयोगले सुरु गर्यो समानुपातिक बन्द सूची संकलन

    काठमाडौं— प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु हुँदैछ ।निर्वाचन आयोगले कार्यतालिका अनुसार सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएको जनाएको छ ।आयोगका अनुसार आज आइतबार र भोलि सोमबार दर्ता भएका राजनीतिक दलहरूले मात्र समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा बुझाउन पाउनेछन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बन्द सूची पेसदेखि अन्तिम प्रकाशनसम्मको सम्पूर्ण प्रक्रिया समयसीमा भित्रै सम्पन्न गरिने स्पष्ट पारे ।पेस गरिएका बन्द सूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ । छानबिनका क्रममा कानुनअनुसार समावेश

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 549 पटक पढिएको
  • मन्त्री खरेल भन्छन मुलुक निर्वाचनतर्फ अघि बढ्यो

    काठमाडौं—  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन् ।आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसंचारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले शनिबार प्रधानमन्त्रीसँग भएको प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफलमा निर्वाचनमा जाने सहमति भएको बताए ।उनले भने,‘पछिल्लो हप्ता सरकारले राजनीतिक दल, जेनजी प्रतिनिधि र सरोकार भएका पक्षहरूसँग सघन छलफल गरेको छ, मुख्य राजनीतिक दलका कार्यालय र शीर्ष नेताका निवासमै पुगेर सरकारले वार्ता गरेको छ । सबै राजनीतिक दलहरू निर्वाचनको तयारीम

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 536 पटक पढिएको
  • रवि–बालेन समीकरणले पूराना दलहरुलाई नयाँ चुनौती

    काठमाडौं— पछिल्लो समय नेपालको राजनीतिक वृत्तमा तीव्र हलचल देखिएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि नेपाली राजनीतिले अपेक्षाभन्दा फरक मोड लिएको छ ।कांग्रेस–एमाले गठबन्धनमा बनेको सरकार अल्पकालमै पतन भयो र त्यसपछि शुसीला कार्कीको नेतृत्वमा जेन–जी सरकार गठन भयो । सरकार बने पनि राजनीतिक अस्थिरता भने कायमै देखिएको छ । यसैबीच नयाँ र पुराना दलहरूबीच नयाँ समीकरणहरू बन्न थालेका छन् । नयाँ दलहरू आपसी सहकार्यतर्फ उन्मुख देखिएका छन् भने पुराना दलहरू पनि पुनः एकताबद्ध हुने प्रयासमा छन् ।यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन श

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 488 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.