समाज

    Showing 5,081-5,090 of 10,097 items.
  • आज हुने खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दै

    काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार हुने खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।काठमाण्डु करण केसीको कप्तानीको टिम हो भने लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो ।तीन खेल खेलिसकेको काठमाण्डु र दुई खेल मात्र खेलेको लुम्बिनीको समान दुईदुई अंक छ । काठमाण्डु पछिल्ला दुई खेलमा लगातार पराजित छ । काठमाण्डुले उद्घाटन खेलमा जनकपुरलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । त्यसपछि सुदूरपश्चिमसँग २९ रनले हारेको काठमाण्डुले तेस्रो खेलमा विराटनगरसँग पाँच विकेटको

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 475 पटक पढिएको
  • रोमानियाको सडकमा अस्ताए सर्लाहीका २५ वर्षीय सलिन

    सर्लाही— युरोपको रोमानिया कार्यअवसरका लागि पुगेका सर्लाहीका २५ वर्षीय सलिन आले मगरको सडक दुर्घटनामा मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका – ६, निवासी सलिन करीब १० महिनाअघि रोजगारका लागि त्यहाँको बुखारेस्ट पुगेका थिए र त्यहाँको पान फास्टफुडमा कार्यरत थिए ।शुक्रबार साँझ राजधानी बुखारेस्टको काला जिउलेस्ती सडक पार गर्ने क्रममा विपरीत दिशाबाट अत्यधिक वेगमा आएको कारले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको बताईएको छ । प्रहरी प्रशासनलाई उद्धृत गर्दै उनले सो कार १८ वर्षीय रोमानियन युवकले चलाएको बताए ।हाल सलिनको शव बुखारेस्टस्थित कलिनिका दे अर्जेन्ट अस्पतालको शवगृहमा राखिएको छ । आवश्यक कानुनी प्रक्रि

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 460 पटक पढिएको
  • अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै

    काठमाडौं— आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ । हरेक वर्ष २५ नोभेम्बरको दिनलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको रुपमा मनाइने गरिएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरे अनुरुप हरेक वर्ष आजकै दिन यो दिवस मनाउने हो । यस वर्ष महिला हिंसा अन्त्य दिवसको ४७ औँ श्रृखला हो ।नेपालमा पनि २०५४ सालदेखि लैंगिक हिंसाविरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरु गरिएको हो । यस दिवसलाई नेपालमा पनि सोह्रदिने अभियानको रूपमा २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाउन

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 491 पटक पढिएको
  • २५–२५ मिटर सडक विस्तार विवादले हेटौंडा–८ र ९ का स्थानीय त्रसित

    हेटौंडा— हेटौंडा उपमहानगरपालिका–८ र ९ मा प्रस्तावित २५–२५ मिटर सडक विस्तारका तयारीले स्थानीय बासिन्दा त्रसित बनेका छन् । आवश्यक छलफल, प्राविधिक अध्ययन तथा वैधानिक प्रक्रिया बिना नै सडक विस्तार अघि बढाउन खोजिएको भन्दै प्रभावित घरधनीहरूले तीव्र असन्तुष्टि जनाएका छन् ।स्थानीयवासीहरूको भनाइअनुसार दशकौँदेखि राजस्व तिरेर वैधानिक रूपमा बसोबास गर्दै आएका घरधनीहरूलाई अचानक ‘अतिक्रमणकारी’ को रूपमा चित्रण गर्दै क्षतिपूर्तिविना घर–जग्गा हटाउन चेतावनी दिइनु अन्यायपूर्ण प्रयास हो। उनीहरूले यो प्रक्रिया सडक ऐन २०२१ तथा जग्गा प्राप्ति ऐन २०३४ विपरीत भइरहेको दाबी गरेका छन् ।यसै विषयमा बसोवास सरोकार उपसमिति हेट

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 490 पटक पढिएको
  • आज विवाह पञ्चमी, मधेश प्रदेशमा सार्वजनिक बिदा

    रौतहट— मधेश प्रदेश सरकारले विवाह पञ्चमी अवसरमा आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै राजपत्रमा प्रकाशित बमोजिम  सार्वजनिक बिदा उल्लेख गरेको छ  । विवाह पञ्चमीका मुख्य कार्यक्रम जनकपुरधाममा हुँदै आएको र नागरिक तथा कार्यालयहरूलाई आवश्यक जानकारीका लागि सूचनाको प्रकाशन गरिएको मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालद्वारा जारी पत्रमा  उल्लेख छ ।प्रदेश राजपत्र (चैत २२, २०८१) मा उल्लेख भएको बिदा व्यवस्थाअनुसार मङ्गलवार सार्वजनिक बिदा लागु हुने  उनले जानकारी दिए । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्च

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 503 पटक पढिएको
  • सूदुरका जिल्लामा ४६ हजार नयाँ मतदाताः सबैभन्दा कम बाजुरामा

    बाजुरा— सूदुरपश्चिम प्रदेशका ९ जिल्लामा ४६ हजार नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ९ वटै जिल्लाका निर्वाचन कार्यालयमा  मतदाता नामावली दर्ता कार्यलाई तीव्रता दिईएको थियो ।निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि दिएको समयसीमा भित्र  सूदुरका जिल्लामा ४६ हजार २० मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार,२९ हजार ४३९ जनाले राष्ट्रिय परिचयपत्र र बाँकी १६ हजार ५८१ जनाले सम्बन्धीत निर्वाचन कार्यालयमै पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएको जानकारी दिए । नयाँ थपिएका मतदाता

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 429 पटक पढिएको
  • श्रोत नखुलेको १५ लाख रकम सहित पटेल पक्राउ

    रौतहट— पर्साको पकाहामैनपुरबाट श्रोत नखुलेको १५ लाख रकम  सहित प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । पकाहामैनपुर गाउँपालिका वडा नं.१ मा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले  जाँचगर्ने क्रममा रकम सहित पक्राउ गरेको हो । पकाहामैनपुर गाउँपालिका वडा नं.१ धोरे बस्ने ३४ वर्षीय अवधेश पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसारब बिआर२२ एफ४१२६ नम्बरको मोटरसाइकलको लेग गार्डमा पंकज मशाला लेखिएको झोलाभित्र कालो प्लाष्टिकमा बेरिएको अवस्थामा रकम बरामद भएको हो ।मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लि

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 179 पटक पढिएको
  • चुहिएको छानो र झ्यालको पल्ला फेर्ने देवको सपना अधुरै

    बरहथवा (सर्लाही)। छब्बिस वर्षीया पार्वती सुवेदीको अझै मन सम्हालिएको छैन् । उनलाई गत भदौ २४ गतेको त्यो दिनले अहिले पनि एक्लै बस्न दिँदैन । त्यो दिन सम्झँदा अहिले पनि उनी भक्कानिन्छिन् । सत्ताइस वर्षका श्रीमान् देवकुमार सुवेदीको जेन्जी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएपछि उनका हरेक दिनहरू पीडामा बितेका छन् ।आफूनो जीवनको खुसी खोसिएको भदौ २४ गतेले आफूलाई बेलाबेलामा झस्काउने गरेको उनी सुनाउछिन् । “दिनभरि यताउता गरेर बित्छ, जब साँझ पर्छ, श्रीमान् आउनु हुन्न भन्ने मनमा पर्दा मन भक्कानिएर आउँछ” आपूm र श्रीमान्ले भएको ऋणधन तिरेर छोरीको भविष्य बनाउन देखेको सपनाले सताइरहेको उनले बताइन् ।भदौको तेस्रो

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 335 पटक पढिएको
  • विवाहपञ्चमी महोत्सव अन्तर्गत मटकोर सम्पन्न

    जनकपुर । सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गतको पाँचौ दिन आज (सोमबार) मटकोर सम्पन्न भएको छ ।जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा माता सीतको रुपमा रहेकी बालिकाको मटकोर विधि सम्पन्न भएको हो । मटकोरमा प्रयोग हुने माटोबाट सीता–राम विवाहका लागि मडवा (मण्डप) निर्माण गरिने चलन रहेको छ ।मटकोर विधि हेर्न जनकपुरधामसहित भारतका विभिन्न स्थानहरुबाट आज हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भीड गंगा सागरको डिलमा पुगेको थियो ।अब भोलि मंगलबार दिउँसो माता सीताको स्वयंवर हुनेछ भने भोलि राति नै वैवाहिक कार्यक्रम हुनेछ । भोली विवाहपञ्चमी महोत्सवको मुख्य दिन हो । त्यसपछि पर्सी बुधबार अन्तिम दिन

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 258 पटक पढिएको
  • मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त गर्ने सरकारको निर्णय

    काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् ।सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता तथा शिक्षामन्त्री महावीर पुनले जानकारी दिए । त्यस्तै भैरवाको विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ लाई खारेज गरेर त्यस क्षेत्रमा विशेष आर्थिक क्षेत्र मासिक भाडा दर २० बाट घटाएर प्रतिवर्गमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय भएको पनि उनले जानकारी गराए । उले भने,‘भैरवाको विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ लाई खारेज गरेर त्यो क्षेत्रमा विशेष आर्थिक

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 201 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.