काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर- ५ बाट एकल सिफारिस भएका छन् ।

बिर्तामोडमा शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटीको बैठकले ओलीको एकल नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। ओली यसअघि पनि सोही क्षेत्रबाट भारी मतान्तरले विजयी हुँदै आएका थिए।