समाज

    Showing 4,911-4,920 of 11,162 items.
  • नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

    काठमाडौं— नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन् । शुक्रबार वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरेको हो ।निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि उनलाई अध्यक्षमा नियुक्त गरिएको हो । यस्तै काउन्सिलको उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइ नियुक्त भएकी छन् । त्यस्तै काउन्सिल सदस्यहरूमा संगीता श्रेष्ठ, हिरा निरौला र सरला केसी नियुक्त भएका छन् ।

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 610 पटक पढिएको
  • कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन ३६ जिल्लाको आब्हान

    काठमाडौं— नेपाली काँग्रेसको विशेष महाधिवेशन आउन अब दुई दिन मात्र बाँकी रहँदा पार्टीका विभिन्न जिल्ला कार्य समितिहरूले विज्ञप्ति जारी गर्दै महाधिवेशनमा सहभागि हुन काठमाडौं आउन आह्वान गरेका छन्।पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि शुक्रबार बिहानसम्म ३६ जिल्लाबाट औपचारिक रूपमा विज्ञप्ति जारी भइसकेको जनाइएको छ।विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन समितिका संयोजक जगदीश्वर नरसिंह केसीले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्ने जिल्ला तथा नेताहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको जानकारी दिए ।विज्ञप्ति जारी गर्ने जिल्लामा काठमाडौं

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 455 पटक पढिएको
  • मेला महोत्सवमा कलाकारको चाप, पुष्कल शर्माको प्रस्तुतिमा दर्शकको भीड

    काठमाडौं— यतिबेला देशभर आयोजना भइरहेका मेला महोत्सवका कारण कलाकारहरू व्यस्त देखिएका छन् । राजधानी काठमाडौंमा स्थिर नबसी एक स्थानबाट अर्को स्थानसम्म यात्रा गर्दै उनीहरू निरन्तर मञ्चमा प्रस्तुत भइरहेका छन् । कलाकारहरूको जीवनशैली नै यात्रामय हुने गरेको छ ।विभिन्न जिल्लामा १५ देखि २० दिनसम्म सञ्चालन हुने मेला महोत्सवमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न कलाकारहरू गीत संगीतमार्फत माहोल तताइरहेका छन् । मेला महोत्सवमा चर्चित कलाकारदेखि स्थानीय कलाकारसम्मको उल्लेख्य उपस्थिति रहने गरेको छ । दर्शकको चाहनाअनुसार गीत गाउने, नचाउने र रमाइलो गराउने कलाकारहरूको प्रस्तुतिले मेला थप आकर्षक बन्दै गएको छ ।मञ्चअगाडि द

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 506 पटक पढिएको
  • स्यालको आक्रमणबाट रौतहटमा पाँच जना घाइते

    रौतहट— रौतहटको दुर्गा भगवती गाउँपालिकामा स्यालको टोकाइबाट पाँच जना घाइते भएका छन् ।बिहीबार राति पैदल हिँडिरहेको अवस्थामा बौलाएको स्यालले एक्कासी आक्रमण गर्दा दुर्गा भगवती वडा नम्बर २ र ३ का बासिन्दाहरू घाइते भएका हुन्।घाइते भएका व्यक्तिहरू आज शुक्रबार बिहानै उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल पुगेका छन् । उनीहरूले अस्पतालमा एन्टि–रेबिज भ्याक्सिन लगाएको बुझिएको छ।पछिल्लो समय रौतहटमा जनावरको आक्रमणका घटनाहरू बढ्दै गएका छन्। दुई दिनअघि मात्रै जिल्लाको गढीमाई नगरपालिकामा बौलाहा कुकुरले टोक्दा ५० जनाभन्दा बढी बालबालिका तथा वृद्धवृद्धाहरू घाइते भएका थिए।चिसो मौसम र बाक्लो हुस्सु लाग्ने समय भएका

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 436 पटक पढिएको
  • सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला २ हजार एक सय रुपैयाँले सुनको मूल्य बढेको हो ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।यसैगरी चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले घटेको हो।बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 453 पटक पढिएको
  • सालपा विकास बैंकको आईपीओ बाँडफाँटः ९ जना भाग्यशालीले प्राप्त गरे ११ कित्ता

    काठमाडौं— सालपा विकास बैंक लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट आज सम्पन्न भएको छ । बैंकले सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिएको हो ।बैंकले पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ लाख ३९ हजार १७९ कित्ता साधारण शेयर निष्कासन गरेको थियो, जसको कुल मूल्य १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ रहेको छ । उक्त आईपीओमा २३ लाख २ हजार ८४३ जना लगानीकर्ताले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको बैंकले जनाएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।निष्कासन गरिएको शे

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 446 पटक पढिएको
  • चलचित्र ‘शिवांश’ को टिजर सार्वजनिक

    काठमाडौं— चलचित्र ‘शिवांश’ को टिजर सार्वजनिक गरिएको छ । आगामी फागुन १ गतेदेखी प्रदर्शन हुने उक्त चलचित्रको टिजरमा मुख्य कलाकार प्रवीण खतिवडा छन् ।अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको चलचित्रको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका हुन् । उनको निर्देशनमा यो डेब्यु चलचित्र हो ।टिजरमा पनि कथा सस्पेन्स नै छ । महाशिवरात्रिको अवसर पारेर चलचित्र प्रदर्शन हुनेछ । अञ्जान केसी निर्माता रहेको चलचित्रमा प्रवीणको अलवा तेज गिरी, रुषा न्यौपाने मुख्य भूमिका छ ।चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला, बिमला लिम्बू, प्रदीप कुमार चौधरी, सबीर चौर

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 458 पटक पढिएको
  • कांग्रेसका २९ केन्द्रीय नेताको सामूहिक अपिलः विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

    काठमाडौं— नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र देखिएका आन्तरिक विवादको अन्त्य गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध भएर होमिन नेतृत्व तहलाई अपिल गरेका छन् ।२०८२ साल फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै नेताहरूले नेपाली कांग्रेसलाई जनताको विश्वसनीय र थप भरोसायोग्य पार्टीका रूपमा स्थापित गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । परिवर्तन र रूपान्तरणका मुद्दालाई आत्मसात गर्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्नेमा उनीहरूको जोड छ ।नेताहरूले जारी गरेको अपिलमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै लिखित नि

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 464 पटक पढिएको
  • अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण

    काठमाडौं— पूर्वब्रिटिश गोर्खा तथा घुँडामाथि दुई गुणा अपाङ्गता भएका हरि बुढा मगरले अन्टार्कटिका माउन्ट भिन्सन सफलतापूर्वक आरोहण गर्दै विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेका छन् ।यससँगै उनले लामो समयदेखि लक्ष्य बनाउँदै आएको सेभेन समिट चुनौती समेत पूरा गरेका छन् ।मगरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे अनुसार जनवरी ६, २०२६ मा राति १० बजे (स्थानीय समय) तीन दिनको कठिन आरोहणपछि ४,८९२ मिटर अग्लो माउन्ट भिन्सनको चुचुरो मा पुगेका हुन्।अल्पाइन एसेन्ट्सका अबिरल राई, मिङ्मा शेर्पा तथा अभियान नेता जाङ्बु शेर्पासहितको टोलीले माइनस २५ डिग्री सेल्सियस तापक्रम, तीव्र हावा र कठोर भूभागको सामना गर्दै अभिया

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 501 पटक पढिएको
  • नीजि क्षेत्रबाट कलेज चलाउँदा झमेला आइरहन्छन्, सामना गर्न तयार हुनुपर्छः राजन कँडेल

    काठमाडौं— काठमाडौं थापाथलीमा रहेको द ब्रिटिस कलेज पछिल्लो समय दुबईको वुलविच इन्स्टिच्युट हस्पिटालिटी एन्ड म्यानेजमेन्टमा इन्र्टनमा पठाइएका केही विद्यार्थीहरुले असन्तुष्टि जनाएपछि शिक्षा मन्त्रालयको समन्वयमा विवाद लगभग साम्य भएको छ ।मन्त्रालयले एक परिपत्र गर्दै कलेजलाई महत्वपूर्ण निर्देशन समेत दिएको कलेज प्रशासनको भनाइ छ । तर कलेजका संस्थापक राजन कँडेलले उक्त विवाद व्यवसाय संचालनका दौरानमा सामान्य झमेलाका रुपमा आफूले लिएको बताएका छन् ।कँडेलले वेलायतको लक्जरी लाइफ छाडेर नेपालमा केही गर्न हिम्मतका साथ आएकाले वेलामौका आइरहने झमेलाबाट विचलित नहुने समेत बताए ।‘मैले बेलायतमा झन्डै दुई दशक बिताँए । त्

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 518 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.