काठमाडौं— चलचित्र ‘शिवांश’ को टिजर सार्वजनिक गरिएको छ । आगामी फागुन १ गतेदेखी प्रदर्शन हुने उक्त चलचित्रको टिजरमा मुख्य कलाकार प्रवीण खतिवडा छन् ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको चलचित्रको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका हुन् । उनको निर्देशनमा यो डेब्यु चलचित्र हो ।
टिजरमा पनि कथा सस्पेन्स नै छ । महाशिवरात्रिको अवसर पारेर चलचित्र प्रदर्शन हुनेछ । अञ्जान केसी निर्माता रहेको चलचित्रमा प्रवीणको अलवा तेज गिरी, रुषा न्यौपाने मुख्य भूमिका छ ।
चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला, बिमला लिम्बू, प्रदीप कुमार चौधरी, सबीर चौराउटे, उदय कुमार सुब्बा, टिका निरौला र कुन्दनको पनि अभिनय छ ।






































