काठमाडौं— नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा ,अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०९ रुपैयाँ
काठमाडौं— सुकुम्बासी बस्तीमा बसोबास गर्ने बालबालिकाको स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का तर्फबाट वरुण बस्यालले संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशसहित उपयुक्त आदेश जारी गर्न माग गर्दै साउन १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका छन ।रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत १५ भन्दा
जनकपुरधाम । मधेस प्रदेशमा सामाजिक सद्भाव कायम राख्न प्रहरीले सुरक्षा निगरानी थप कडा बनाएको छ। सामाजिक सञ्जालमार्फत उत्तेजक सामग्री प्रसारण गरी हिंसा भड्काउने आरोपमा शुक्रबार सिरहाबाट पाँच र धनुषाबाट तीन गरी आठ जनालाई पक्राउ गरिएको हो।प्रहरीका अनुसार पक्राउ परेकामाथि विद्युतीय माध्यमको दुरुपयोग गर्दै साम्प्रदायिक तथा सामाजिक सद्भावमा असर पुग्ने सामग्री फैलाएको आरोपमा अनुसन्धान भइरहेको छ। पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा फैलिएका भ्रामक र उत्तेजक सामग्रीले तनाव बढाउने जोखिम देखिएपछि निगरानी पनि बढाइएको छ।यसअघि सर्लाहीमा बाहिरी जिल्लाबाट प्रदर्शनमा सहभागी हुन पुगेका पाँच जनालाई स्थानीयले नियन्त्र
काठमाडौं । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले मानव बेचविखनविरुद्धको विश्व दिवसको अवसरमा आयोजित सरोकारवालासँगको छलफल कार्यक्रममा पछिल्लो समय मानव बेचविखन र ठगीको आयाम बद्लिएको परिवेशलाई विधेयकले सम्बोधन गर्ने बताएको छ ।सहन्यायाधीवक्ता सोमकान्ता भण्डारीले मानव बेचबिखनको वर्तमान अवस्थाबारे प्रस्तुति दिएका थिए । मानव बेचबिखनको पृष्ठभूमि, अपराधमा संलग्नता र प्रभाव, मानव बेचबिखनसम्बन्धी कसुरको वर्गीकरण, कारण, स्वरुप, मानव बेचबिखन हिजो र आज, अभियोजन, यसका समस्या र सुधारको क्षेत्रहरु प्रस्तुतिमा समेटिएका थिए । राष्ट्रिय मानवअधिकार आयोगको एक अध्ययनले वर्षमा ३५ हजार व्यक्ति मानव बेचबिखन तथा
काठमाडौं । सुनसरीसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएका साम्प्रदायिक तनाव र विरोध प्रदर्शनका घटनाले धार्मिक तथा सामाजिक वृत्तमा समेत चिन्ता बढाएको छ ।यिनै घटनाक्रमप्रति प्रतिक्रिया व्यक्त गर्दै देवघाटधामस्थित गलेश्वर आश्रमका पीठाधीश श्री १००८ अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले नेपालमा सामाजिक सद्भाव खलबलिने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने बताएका छन् ।पछिल्लो घटनाक्रमका सन्दर्भमा गुप्तचर खबरले गरेको कुराकानीमा उनले नेपाली समाजको पहिचान सहिष्णुता, धार्मिक स्वतन्त्रता र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै पछिल्ला घटनाले त्यस परम्परामाथि चुनौती स
धनुषा । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी पुजारी नभएको पुष्टि भएको छ ।मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले कडेरी पुजारी नभएको पुष्टि भएको जानकारी दिए । मृत फेला परेका कडेरी पुजारी भएको भन्दै सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यममा समेत सूचना र समाचार सम्प्रेषण भइरहेको छ ।यो सूचना सत्य नभएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले आज विज्ञप्ति समेत जारी गदै कडेरी पुजारी नभई घुमी हिँड्ने व्यक्तिको भएको स्पष्ट पारेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले
काठमाडौं । आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ । असार १५ मा दहीचिउरा र साउन १५ मा खीर खाने परम्परा नेपाली समाजमा लामो समयदेखि रहिआएको छ ।वर्षायाममा दूध प्रशस्त हुने र दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
काठमाडौं । लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेको छ ।कैलाली गोदावरी नगरपालिटका-३ मालाखेती बस्ने ३३ वर्षीय तेज भट्टराईलाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६० मिलिग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जनकपुर । धनुषाको सबैला नगरपालिका १२ स्थित एक मन्दिरमा पुरुषको शव फेला परेको छ ।धनुषा प्रहरीका अनुसार पहिचान नखुलेको करिब ४० वर्ष उमेरको एक पुरुषको शव फेला परेको हो । शवको दृष्टि हेर्दा धारिलो हतियार प्रयोग गरी घाँटीसहित शरीरका विभिन्न भागका काटिएको देखिएको छ । मन्दिर परिसर भरी रगतका छिटाहरू फैलिएको छ । स्थानीयवासीको अनुसार उक्त पुरुष सोही मन्दिरमा बस्दै आएका थिए । उनी मूल पुजारी नभई सहायक पुजारीको भूमिकामा थिए ।धनुषा प्रहरीको टोली अहिले घटनास्थलमा पुगेर अनुसन्धान अगाडि बढाएको छ । सुनसरी घटनाले धनुषामा पनि स्थिति अशान्त बनेकोले धनुषा प्रशासनले विभिन्न स्थानमा कफ्र्यु आदेश जारी गरेको छ ।&nb
काठमाडौं— लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेको छ ।कैलाली गोदावरी नगरपालिटका—३ मालाखेती बस्ने ३३ वर्षीय तेज भट्टराईलाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६० मिलिग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.