समाज

    Showing 4,841-4,850 of 11,162 items.
  • निर्वाचनमा सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत छः प्रमुख आयुक्त भण्डारी

    काठमाडौं— निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुण २१ गतेको निर्वाचनको सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत रहेको बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र सुरक्षा निकायहरुसँग आयोगले धेरै छलफल गरेको भन्दै शान्ति सुरक्षाको विषयमा सरकार असाध्यै सचेत रहेको बताए ।उनले भने,‘पहिला पनि निर्वाचनको अघिल्लो दिनसम्म पनि निार्वचन हुन्छ या हुँदैन भन्ने खालको कुराहरु पनि आउँछ । तर यो निर्वाचन बाहेक अर्को कुनै विकल्प नभएको हुनाले शान्ति सुरक्षाको विषयमा सरकार असाध्यै सचेत छ । हामीले दजैनौं पटक छलफल गरेको छौं । यहाँहरुले कमी कमजोरी छ कि भन्ने आ

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 468 पटक पढिएको
  • राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने

    काठमाडौं— नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।केन्द्रीय बैंकले अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ छ’ नामक १ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो ।यस ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २८ गते हुने राष्ट्र बैंकले जनाएको छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ । ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन् ।बोलकबोल ब्याजदरमा गर्नुपर्ने व्यवस्था गरिएको छ र बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । ऋणपत्रको अन्तिम ब्याजदर बोल

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 459 पटक पढिएको
  • टिचिङ अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने

    काठमाडौं— मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ ।शिक्षण अस्पताल प्रशासनले सूचना सार्वजनिक गर्दै आगामी माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गरिने जानकारी दिएको हो ।अस्पतालले मासिक करिब पाँच करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएकोमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुँदै आएको जनाएको छ । हालसम्म अस्पतालले बीमा दाबीबापत झण्डै ४० करोड रुपैयाँ पाउन बाँकी रहेको अस्पतालले दाबी गरेको छ।साथै अस्पतालले उपचार दररेटमा बीमा बोर्ड र अस्पतालबीच ठू

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 538 पटक पढिएको
  • २९ पुसको उपत्यका बन्द सफल पार्न संयुक्त विद्यार्थी संगठनहरूको अपिल

    काठमाडौं— संयुक्त विद्यार्थी संगठन र ६ कम्युनिस्ट पार्टीहरूले २९ पुषमा आह्वान गरिएको उपत्यका बन्द सफल पार्न अपिल गरेका छन् ।उनीहरूले वर्तमान दलाल पूँजीवादी संसदीय व्यवस्था राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका सवालमा असफल भइसकेको दाबी गर्दै निर्वाचन बहिष्कारको निर्णयप्रति ऐक्यबद्धता जनाएका हुन् ।आज जारी संयुक्त प्रेस वक्तव्यमा जनाइएको छ कि पछिल्लो समय देखिएको ‘जेनजी -नवयुवा पुस्ता_ विद्रोह’ केवल नयाँ सरकार वा नयाँ संसदीय निर्वाचनको मागमा सीमित नभई आर्थिक असमानता, शोषण, उत्पीडन, भ्रष्टाचार, बेरोजगारी र परनिर्भर व्यवस्थाविरुद्ध केन्द्रित रहेको छ। तर सो विद्रोहलाई ‘हाइज्याक’ गर्दै पुरानै संस

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 545 पटक पढिएको
  • गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो

    काठमाडौं— दिल्लीमा निधन भएका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सोमबार बिहान सिलिगुडीस्थित बागडोगरा विमानस्थल ल्याइएको छ । विमानस्थलमा दार्जिलिङका भाजपाका सांसद राजु बिष्टसहित मनोरञ्जन क्षेत्रका विभिन्न व्यक्तित्वहरूले दिवंगत तामाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।गोर्खा शहीद सेवा समितिका राष्ट्रिय अध्यक्ष एन्ड्र्यु गुरुङका अनुसार तामाङको पार्थिव शरीर विमानस्थलबाट दार्जिलिङ लगिनेछ । त्यहाँ चौरास्ता, दार्जिलिङमा सर्वसाधारण र प्रशंसकहरूका लागि अन्तिम दर्शनको व्यवस्था गरिनेछ । त्यसपछि परिवारजन र स्थानीय बासिन्दाको उपस्थितिमा अन्त्येष्टि गरिने कार्यक्रम छ ।सांसद राजु बि

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 532 पटक पढिएको
  • सन्नी लियोनीले गरिन् नेपालको प्रशंसा

    काठमाडौं—  बलिउड अभिनेत्री सन्नी लियोनीले नेपालको प्रशंसा गरेकी छन् । काठमाडौं भ्रमणमा आएकी उनले प्राकृतिक सुन्दरताले नेपाल सधैं आफूलाई सुन्दर लाग्ने गरेको बताएकी हुन् ।उनले आफ्नो जीवनको अहिलेसम्म घुमेको सबैभन्दा सुन्दर ठाउँ मध्ये नेपाल एक भएको बताएकी छन् । शनिबार होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी नेपाल आएकी थिइन् । उनको यो चौथो नेपाल भ्रमण हो । उनी आइतबार साँझ नै दिल्ली फर्किएकी छन् ।

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 554 पटक पढिएको
  • कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

    काठमाडौं— नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोह केवल औपचारिक कार्यक्रममा सीमित रहेन । आइतबार साँझ महामन्त्री गगनकुमार थापाले दिएको मन्तव्यले कांग्रेसको वर्तमान नेतृत्व, आन्तरिक लोकतन्त्र, पुस्तान्तरण र देशव्यापी जनअसन्तुष्टिको राजनीतिक प्रतिबिम्बलाई एउटै मञ्चमा उजागर गरिदियो ।भृकुटीमण्डपमा उपस्थित हजारौँ प्रतिनिधि र कार्यकर्ता माझ थापाको भाषण भावुकमात्र थिएन, त्यो सिधा, स्पष्ट र चुनौतीपूर्ण थियो । यो मन्तव्य कांग्रेसभित्रको असन्तोषको अभिव्यक्तिमात्र होइन, पार्टीले अब कुन मोड लिनुपर्छ भन्ने राजनीतिक घोषणाजस्तै देखियो ।थापाले आफ्नो मन्तव्यको शुरूआतमै नेतृत्व तहमा चलिरहेको छलफलप

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 496 पटक पढिएको
  • सुनको मूल्य ४ हजार १ सयले बढ्यो, कतिमा हुँदैमा कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार एक सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि आइतबार छापावाल सुन तोलामा दुई लाख ७० हजार ६०० कायम थियो ।यस्तै, चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य ५ हजार १ सय ९५ रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य तोलाको ४ हजार ९ सय ९० रुपैयाँ कायम थियो ।

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 425 पटक पढिएको
  • ढिक्री बनाउन व्यस्त थारू समुदाय

    तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ । माघी नजिकिएसँगै उहाँ अहिले ढिक्री बनाउनमा नै व्यस्त हुनुहुन्छ । त्यस्तै तुलसीपुर १० बनकाउकी विझौनी थारूलाई पनि अहिले ढिक्री बनाउन भ्याइनभ्याइ छ । उहाँहरू मात्रै होइन, माघी नजिकिएसँगै अहिले थारू समुदायमा ढिक्री बनाउने चटारो छ ।थारू समुदायले हरेक चाडपर्वमा मुख्य परिकारका रूपमा ढिक्री पकाउने गर्छन् । सुङ्गुरको मासु, माछा, घोँगीलगायतसँग ढिक्री खाने चलन छ । यी परिकार थारू समुदायका प्रख्यात परिकार हुन् ।कसरी बनाइन्छ ढिक्री ?चामलको पीठोबाट ढिक्री बन्छ । चामलाई मुछेर त्यसलाई लाम्चो आकार दिइन्छ । खासगरी माघी

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 352 पटक पढिएको
  • ट्राफिक सप्ताहको दोस्रो दिन १९ हजारभन्दा बढी सडक प्रयोगकर्ता सचेत

    काठमाडौं—  ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत काठमाडौं उपत्यकामा हिजो दोस्रो दिन व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। सो अभियानबाट १९ हजार ९ सय २३ जना सडक प्रयोगकर्ता लाभान्वित भएका छन्।ट्राफिक प्रहरीले यात्रु, पैदलयात्री र चालकलाई लक्षित गर्दै सुरक्षित जेब्राक्रसिङ, आकाशेपुल र सब–वे प्रयोग गराउँदै सचेतना फैलाएको हो। यस क्रममा ५ हजार ३ सय १ जना यात्रु र पैदलयात्रीलाई सुरक्षित बाटो काट्ने अभ्यास गराइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।कार्यक्रममा ३ सय १९ जना चालकको एकदिने आँखा स्वास्थ्य परीक्षण, २ सय ११ जना चालक–परिचालकसँग चियापानमार्फत अन्तरक

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 475 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.