समाज

    Showing ४,७६१-४,७७० of ११,१६२ items.
  • जेनजी आन्दोलनका क्रममा फरार भएका एक थुनुवा सर्लाहीबाट पक्राउ

    सर्लाही— गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा फरार भएका महोत्तरीको जलेश्वरस्थित कारागार व्यवस्थापन कार्यालयका एक थुनुवालाई सर्लाही प्रहरीले पक्राउ परेका छन् ।सर्लाहीको हरिवन नगरपालिका– ३ डाबरी टोल निवासी ३४ वर्षीय फेकन साह तेली जेनजी आन्दोलनको क्रममा भागी फरार भएका थिए।उनी त्यहाँ लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए। फरार भएपछि उनी आफ्नै गाउँघरमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खोजी गरिरहेको थियो।प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले बिहिबार साँझ करिब ५ बजे फेकनलाई नियन्त्रणमा लिएको हो।नियन्त्रणमा लिइएका उनलाई आवश्यक का

    • प्रकाशित मितिः माघ २, २०८२
    • ५९८ पटक पढिएको
  • देउवा समूहको पत्रकार सम्मेलन आज, विशेष महाधिवेशनप्रति असन्तुष्टि

    काठमाडौं— नेपाली कांग्रेसको देउवा समूहले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पत्रकार सम्मेलन हुन लागेको हो।पत्रकार सम्मेलन दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा हुने छ। सम्मेलनमा देउवा समूहका केन्द्रीय नेताहरूको उपस्थिति रहने पौडेलले जानकारी दिए।बुधबार राति काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा केन्द्रीय समिति निर्वाचित भएको थियो। तर, देउवा समूहले उक्त विशेष महाधिवेशनलाई मान्यता नदिएको जनाएको छ।विशेष महाधिवेशनबाट निर्वाचित के

    • प्रकाशित मितिः माघ २, २०८२
    • ५४५ पटक पढिएको
  • लुम्बिनी प्रदेशमा आज आज सार्वजनिक बिदा

    काठमाडौं— लुम्बिनी प्रदेश सरकारले आज आज सार्वजनिक बिदा दिएको छ।माघेसंक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको हो ।प्रदेश राजपत्रमा जारी सूचना (२०८१ चैत २१ गते) अनुसार बिदा दिने निर्णय लागू गरिएको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले यो जानकारी दिएका छन्।

    • प्रकाशित मितिः माघ २, २०८२
    • ४५७ पटक पढिएको
  • पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन

    काठमाडौं— नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मूल्य समायोजन बिहीबार मध्यरात १२ बजेदेखि लागू भएको छ।निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १–१ रुपैयाँले घटाइएको हो।नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ, र डिजेल तथा मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ।नयाँ मूल्य इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको खरिद मूल्यअनुसार समायोजित गरिएको निगमले जनाएको छ।

    • प्रकाशित मितिः माघ २, २०८२
    • ५४९ पटक पढिएको
  • सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठबीच भेटवार्ता भएको छ ।बिहीबार ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीस्थित निवासमा भएको भेटमा आगामी निर्वाचन र विकास निर्माणलगायत समसामयिक विषयमा कुराकानी भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।सङ्घ प्रदेश र स्थानीय तहको बलियो समन्वय र सहकार्यलगायत विषयमा पनि उनीहरुबीच छलफल भएको छ । विकास निर्माणको कामलाई प्रभावनकारी बनाउदै जनताको आकांक्षालाई पुरा गर्न लागिपर्ने समझदारी बनेको छ ।सञ्चारमन्त्री खरेलले पछिल्लो समय निर्वाचनको वातावरण बनाउनका लागि ठूला राजनीतिक दलका शीर्ष नेताहरुसँग एकपक्षीय र बहुपक्षीय भेटव

    • प्रकाशित मितिः माघ २, २०८२
    • ५८७ पटक पढिएको
  • आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

    काठमाडौं— आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।वि.सं.१९९० माघ २ गते गएको महाविनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो।यस दिवसको उद्देश्य भूकम्पबाट हुन सक्ने जोखिमबारे जनचेतना फैलाउनु र सुरक्षित पूर्वतयारीलाई प्रवद्र्धन गर्नु हो।भूकम्पीय जोखिम उच्च रहेको नेपालमा सुरक्षित निर्माण र व्यवहारिक सतर्कता अत्यन्त आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।दिवसका अवसरमा आज देशभर विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै छन्

    • प्रकाशित मितिः माघ २, २०८२
    • ६०७ पटक पढिएको
  • सोमबार जनकपुरमा रवि र बालेन पहिलोपटक एउटै मञ्चमा उभिँदै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले माघ ५ गते जनकपुरमा पार्टीको अभियान उद्घोषसभा आयोजना गरिने जानकारी दिएका छन् । आज उक्त सभाको तयारी र कार्यक्रमबारे जानकारी दिँदै उनले जनकपुरको कार्यक्रममा विशेष राजनीतिक महत्व र पार्टीका सभापति रवि लामिछाने तथा भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका बालेन्द्र शाह पहिलो पटक संयुक्त रूपमा एउटै मञ्चमा उभिँने बताए ।प्रवक्ता झाले भने, ‘माघ ५ गते जनकपुरमा आयोजना हुने उद्घोषसभामा पार्टीका सभापति रवि लामिछाने र पार्टीको निर्वाचन अभियानअन्तर्गत भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका बालेन्द्र शाह पहिलो पटक संयुक्त रूपमा एउटै राजनीतिक सभाम

    • प्रकाशित मितिः माघ २, २०८२
    • ५०५ पटक पढिएको
  • निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी र अधिकार के के हुन् ?

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता मतदान केन्द्र पुग्दा सबै प्रक्रिया व्यवस्थित र सुरक्षित देखिन्छ।तर, यो व्यवस्थाको केन्द्रमा रहने व्यक्ति हुन्– मतदान अधिकृत । मतदान केन्द्रको सम्पूर्ण व्यवस्थापन, सुरक्षा र निष्पक्षताको जिम्मेवारी उनकै काँधमा हुन्छ ।निर्वाचन आयोगले जारी गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२’ अनुसार मतदान अधिकृत नियुक्त भएपछि निर्वाचनसम्बन्धी अनिवार्य तालिममा सहभागी हुनुपर्छ। साथै, मतदानका लागि आवश्यक मतपेटिका, मतपत्र, मतदाता सूची, छापलगायतका सामग्री रुजु गरी बुझिलिनुपर्ने व्यवस्था छ।मतदान अधिकृतले आफूलाई तोकिएको मतदान केन्द्रमा प

    • प्रकाशित मितिः माघ २, २०८२
    • ५१७ पटक पढिएको
  • आज दुई संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद अन्तर्गत शुक्रबार दुई संसदीय समितिको बैठक बस्दैछ ।राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको १५७ औं बैठक बस्दैछ ।बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा तय गरिएको छ ।यस्तै, बिहानको ११ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१८औं बैठक बस्दैछ ।बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/२०८२ माथि छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

    • प्रकाशित मितिः माघ २, २०८२
    • ५५६ पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा निर्धारण छ ।यस्तै, राष्ट्र बैंकले युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ०७ पैसा र बिक्रीदर १८० रुपैयाँ ८२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९७ पैसा कायम गरेको छ।आज क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७४ पैसा र बिक

    • प्रकाशित मितिः माघ २, २०८२
    • ४९५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.