काठमाडौं— नेपाली कांग्रेसको देउवा समूहले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पत्रकार सम्मेलन हुन लागेको हो।
पत्रकार सम्मेलन दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा हुने छ। सम्मेलनमा देउवा समूहका केन्द्रीय नेताहरूको उपस्थिति रहने पौडेलले जानकारी दिए।
बुधबार राति काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा केन्द्रीय समिति निर्वाचित भएको थियो। तर, देउवा समूहले उक्त विशेष महाधिवेशनलाई मान्यता नदिएको जनाएको छ।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिइएपछि त्यसप्रति आपत्ति जनाउँदै देउवा समूहले पत्रकार सम्मेलन गर्न लागेको हो।






































