समाज

    Showing 4,731-4,740 of 11,162 items.
  • दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पुर्‍याउन १३ सेवा प्रदायक संस्था छनोट

    काठमाडौं— निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै हिमाली तथा उच्च हिमाली क्षेत्रमा निर्वाचन सामग्री समयमै पुर्‍याउन ढुवानी व्यवस्थापन प्रक्रिया अघि बढाएको छ ।फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले मतपत्रसहित अत्यावश्यक सामग्री ढुवानी गर्न १३ वटा व्यवसायिक संस्थालाई सूचीकरण गरेको हो। दुर्गम क्षेत्रलाई प्राथमिकतामा राख्दै आयोगले कुरियर, ट्रक तथा कन्टेनर सेवातर्फ निजी क्षेत्रका सेवा प्रदायकहरू छनोट गरेको जनाएको छ।आयोगका अनुसार कुरियर सेवातर्फ साझा कुरियर एण्ड कार्गो र ट्रान्स एयर इन्टरनेशनल लजिस्टिक प्रालि छनोट भएका छन्। हेलिकोप्टर सेवा सूचीकृत गर्न आह्वान गरिए पनि कुन

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 521 पटक पढिएको
  • आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा शनिबार बिहान ८ बजे बस्न लागेको हो ।पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थिति रहने जनाइएको छ ।

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 489 पटक पढिएको
  • कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

    विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।पछिल्लो समय लोकप्रिय बन्दै गएको सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित बोराबाँधमा सूर्यास्त अवलोकनका लागि आइतबार साँझ पुगेका मुख्यमन्त्री कार्कीले यहाँको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले आधारभूत संरचना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।प्रदेश सरकार, निजी क्षेत्र र स्थानीय तहको सहकार्यमा विकास अघि बढाइने उल्लेख गर्दै उनले कोशी नदीसँग जोडिएका सम्भावना र चुनौतीको पहिचान गरी प्रदेश सरकार आवश्यक भूमिका निर्वाह गर्न तयार रहेको धारणा व्यक्त गरे ।मुख्यमन्

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 486 पटक पढिएको
  • विशेष महाधिवेशन कुनै विवादको विषय थिएनः सभापति थापा

    काठमाडौं— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भएको स्पष्ट गर्दै विशेष महाधिवेशन कुनै विवादको विषय नभएको बताएका छन् ।सभापति थापाले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको र निर्वाचन आयोगले संविधान, प्रचलित कानून तथा पार्टी विधानअनुसार निर्णय गरेको बताएका हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन । निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ । यसप्रति हामी आभारी छौ ।’विज्ञप्तिमा नेपाली कांग्रेस कुनै एक ने

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 535 पटक पढिएको
  • कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ।यस्तै, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।यस्तै, आज राती भने तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍–भागमा मौसम मुख्यतया सफा रहनेछ

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 549 पटक पढिएको
  • रास्वपाको केन्द्रीय समितिको बैठक भोली बस्ने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक भोली (आइतबार) बस्ने भएको छ ।बैठक पार्टी सभापतिको निर्देशनअनुसार भोली दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौंमा बस्न लागेको हो ।बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ । साथै, बैठकमा विविध विषयमा पनि छलफल गरिनेछ ।पार्टीले केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध समेत गरिएको छ।

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 563 पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा निर्धारण छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्री

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 477 पटक पढिएको
  • आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ ३ गते शनिबार । माघ कृष्ण पक्षको चतुदर्शी तिथि । मेषः दिन सहज छ । सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ । राज्यको अंगमा संलग्न भए बढुवा हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रतिपक्षी भनिएका साथीको साथ मिल्ने भएकाले लगानीका क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ । व्यापारमा फाइदा हुनेछ ।वृषः बन्धुसँगको सहकार्य सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । विद्याको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । परिवारसँग सल्लाह गरेर अगाडि बढेमा दिन राम्रो बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।मिथुनः तपाईंकै बोलीले विवाद बढ्नेछ । साथीहरुको असहयोग हुने भएकाले थोरै बोल्नु आवश्यक छ । पूर

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 510 पटक पढिएको
  • कांग्रेस विशेष महाधिवेशनबारे ओलीको प्रश्न : महाधिवेशन कसले बोलाउँछ, थिति होला नि त ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे टिप्पणी गरेका छन् । शुक्रबार नेकपा एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले कसैले सडकबाट बहुमत पुर्याएँ भनेका भरमा हुन्छ र भन्दै प्रश्न गरे ।उनले भने, ‘नेपाली कांग्रेसले नियमित महाधिवेशन नगरेर विशेष महाधिवेशन किन गरेको ? चारपाँच वर्ष कति हो कार्यकाल, नियमित महाधिवेशनको मिति तोकिइसकेको थियो । बैठक कसले बोलाउने भन्ने पनि थिति होला नि ? बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ ? थिति होला नि त ? बहुमत र अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि ! कसैले सडकमा बहुमत पुरयाएँ भनेर भनेका भरमा हुन्छ ।

    • प्रकाशित मितिः माघ २, २०८२
    • 267 पटक पढिएको
  • निर्वाचन आयोगलाई दबाब दिन गगन थापा समूह बहादुर भवन परिसरमा

    काठमाडौं— गगन थापा नेतृत्वको नेपाली कांग्रेस समूहले पार्टीको आधिकारिकताका विषयमा निर्वाचन आयोगसँग छलफल गर्दै दबाब बढाएको छ। शुक्रबार थापा समूह कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालय पुगेको थियो। उनीहरूले आयोग परिसरमा धर्ना दिनुका साथै आयोगका पदाधिकारीसँग भेट गरी पार्टी विधानमा रहेको व्यवस्थाबारे स्पष्ट पारेका छन्। थापा समूहले विधानअनुसार आफूहरू नै वैधानिक नेतृत्व भएको दाबी गर्दै आयोगलाई यथाशीघ्र निर्णय लिन आग्रह गरेको छ।

    • प्रकाशित मितिः माघ २, २०८२
    • 529 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.