काठमाडौं— गगन थापा नेतृत्वको नेपाली कांग्रेस समूहले पार्टीको आधिकारिकताका विषयमा निर्वाचन आयोगसँग छलफल गर्दै दबाब बढाएको छ। शुक्रबार थापा समूह कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालय पुगेको थियो।
उनीहरूले आयोग परिसरमा धर्ना दिनुका साथै आयोगका पदाधिकारीसँग भेट गरी पार्टी विधानमा रहेको व्यवस्थाबारे स्पष्ट पारेका छन्। थापा समूहले विधानअनुसार आफूहरू नै वैधानिक नेतृत्व भएको दाबी गर्दै आयोगलाई यथाशीघ्र निर्णय लिन आग्रह गरेको छ।






































