समाज

    Showing 4,631-4,640 of 11,162 items.
  • एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता

    सिउल— गैर आवासीय नेपाली संघ दक्षिण कोरियामा विगत केही समयदेखि देखिएको सांगठनिक अन्योल र विभाजन अन्ततः समाप्त भएको छ । एनआरएनए आइसीसी अध्यक्ष महेश कुमार श्रेष्ठको कोरिया भ्रमणका क्रममा दुवै पक्षाबीच एकता भएको हो । कोरियाको विवाद मिलाउने उद्देश्यका साथ जापानबाट गएका अध्यक्ष श्रेष्ठले दुवै पक्षबीच लगातार वार्ता गरेका थिए ।अन्ततः ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै कोरियामा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउन दुई समानान्तर समितिबीच मंगलबार ‘बृहत् एकता सहमति पत्र’मा हस्ताक्षर भएको अध्यक्ष श्रेष्ठले कोरियाबाट जानकारी दिए ।१० औं महाधिवेशनबाट निर्वाचित पार्वती लामा नेतृत्वको का

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 474 पटक पढिएको
  • मनोनयन दर्तापछि कुलमानले भनेः अत्याधिक मतले जित हासिल गर्छु

    काठमाडौं— उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मनोनयन दर्ता गराएका छन् ।मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले मनोनयन दर्ता गराएका हुन् ।मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूलाई क्षेत्र नम्बर ३ का जनताले धेरै माया र विश्वास गर्ने बताउँदै भारी मतकासाथ आफूले जित हासिल गर्ने दाबी गरे ।उनले भने,‘नेपाली जनताले माया गर्नुभएको छ । विश्वास गर्नुभएको छ । त्यसैले मलाई विश्वास गर्नुहुन्छ, जिताउनुहुन्छ भन्ने कुरामा पूर्ण विश्वास छ । सबैले जित्छु भन्ने सम्भावना बोकेर नै आउनुहुन्छ । उहाँहरुलाई शुभकामना दिनुपर्छ

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 468 पटक पढिएको
  • रास्वपाबाट भक्तपुर २ मा राजिव खत्रीको उम्मेदवारी दर्ता

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार राजिव खत्रीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका छन् ।मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर खत्रीले उम्मेदवारी दर्ता गराएका हुन् । खत्री पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन् ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 491 पटक पढिएको
  • ओलीले गराए उम्मेदवारी दर्ता

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन कार्यालय झापा पुगेर ओलीले झापा ५ मा उम्मेदवारी दर्ता गराएका हुन् ।यस क्षेत्रमा ओलीले जित्दै आएका छन् । यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले समेत उम्मेदवारी दर्ता गराएका छन् । शाह पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन र ओलीबीच प्रतिस्पर्धा हुनेछ ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 532 पटक पढिएको
  • महेश बस्नेतको क्षेत्रमा शोभा पाठकको उम्मेदवारी

    काठमाडौं— नेपाल जनादेश पार्टीकी उम्मेदवार शोभा पाठकले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएकी छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर पाठकले उम्मेदवारी दर्ता गराएकी हुन् ।उम्मेदवारी दर्ता पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारका निकायहरुले अन्यायको आवाज नसुनेपछि अब सदनमै गएर आफ्नो आवाज उठाउनको लागि उम्मेदवारी दर्ता गराएको बताइन् ।उनले भनिन्, ‘अन्यायको आवाजको लागि बोल्नुपर्नेछ । अन्यायको विरुद्ध हिजो सडकमा बोल्दै आएको थिएँ र सरकारका निकायहरुले नसुनेपछि मैले अब सदनमै गएर आफ्नो आवाज उठाउनुपर्छ भनेर नै उम्मेदवारी दर्ता गराएकी हुँ ।’सोही क्षेत्रमा एमालेका महेश बस्

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 505 पटक पढिएको
  • सर्लाही ३ बाट नारायणकाजी श्रेष्ठको उम्मेदवारी

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचको लागि आफ्नो उम्मेदवारी दिएका छन् ।मंगलबार सर्लाही ३ बाट उनले आफ्नो उम्मेदवारी दिएका हुन् ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 462 पटक पढिएको
  • मेयरबाट राजीनामा दिएलगत्तै रेनु दाहालले चितवन ३ बाट गराइन उम्मेवारी दर्ता

    चितवन— रेनु दाहालले नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दर्ता गराएकी छन् ।मंगलबार चितवन क्षेत्र नम्बर ३ बाट उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।त्यसअघि दाहालले मंगलबार बिहान भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएकी थिइन् । दाहाल यसअघि दुई पटक भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित समेत भएकी थिइन् ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 481 पटक पढिएको
  • मनोनयन दर्ताको विवरण साँझ मात्रै सार्वजनिक हुनेः निर्वाचन आयोग

    काठमाडौं— निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मनोनयन दर्ता उत्साहपूर्ण रूपमा भइरहेको जनाएको छ ।निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मनोनयन दर्ताको आधिकारिक संख्या साँझ मात्र सार्वजनिक गरिने जानकारी दिए । उनका अनुसार हालसम्म आयोगले मनोनयन दर्ताको संख्या औपचारिक रूपमा तोकेको छैन ।‘आयोगले अहिलेसम्म यति भनेर आधिकारिक रूपमा संख्या निर्धारण गरेको छैन,’ प्रवक्ता भट्टराईले भने, ‘एकैपटक मनोनयन दर्ताको सम्पूर्ण संख्या साँझ मात्रै प्रकाशित हुनेछ ।’ निर्वाचन आयोगका अनुसार देशभर विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराइरहेका छन् ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 505 पटक पढिएको
  • प्रचण्डले रुकुमपूर्वबाट उम्मेदवारी दर्ता गराए

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।मंगलबार उनले जिल्ला रुकुमपूर्वबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।यसै अवसरमा, उनले देशैभरि तारा चुनाव चिह्न लिएर आशन्न निर्वाचनका लागि मनोनयन दर्ता गराएका सम्पूर्ण उम्मेदवारहरूलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित, सम्पूर्ण नेपालीहरूलाई तारा चिह्नमा मत प्रदान गर्न पनि आग्रह गरेका छन् ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 523 पटक पढिएको
  • काठमाडौं १ बाट रवीन्द्र मिश्र र काठमाडौं–३ बाट राजु पाण्डेले दर्ता गराए उम्मेदवारी

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।उनले काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गरेका हुन् । अन्य दलबाट पनि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।त्यस्तै, काठमाडौं महानगरपालिकाका निवर्तमान प्रहरी प्रमुख राजु पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मनोनयन दर्ता गराएका छन् ।मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले मनोनयन दर्ता गराएका हुन् ।मनोनयन

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 561 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.