काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।rabindra

उनले काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गरेका हुन् । अन्य दलबाट पनि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।


त्यस्तै, काठमाडौं महानगरपालिकाका निवर्तमान प्रहरी प्रमुख राजु पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मनोनयन दर्ता गराएका छन् ।

मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले मनोनयन दर्ता गराएका हुन् ।

raju pande

मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले निर्वाचनमा रास्वपाको बहुमत आउने विश्वास व्यक्त गरे । त्यस्तै उनले सत्ताको फोहोरी खेलभन्दा पनि जनतालाई डेलिभरी गर्ने काममा आफूहरु लाग्ने प्रतिबद्धता जनाए ।

उनले भने,‘हरेक जनप्रतिनिधिहरु जनताको समस्या पीडा बुझ्ने हुनुपर्छ । अबको सरकार भनेको बालेन सरकार हो । उहाँ एक्लैले गएर मात्र गर्न सक्ने अवस्थापनि छैन । त्यसैले आगामी निर्वाचन मार्फत स्वतन्त्र पार्टीले बहुमत ल्याउँछ । एक ढिक्का भएर सत्ताको फोहोरी खेलभन्दा पनि जनतालाई डेलिभरी गर्ने काममा लाग्ने छौं ।’

नयाँ परिवर्तनको लागि भएपनि एक पटक रास्वपालाई विश्वास गर्न उनले आग्रह गरे ।