काठमाडौं / चितवनको भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिलाई थप सुरक्षित, भरपर्दो र दीर्घकालीन बनाउने लक्ष्यसहित अघि बढाइएका दुई महत्वपूर्ण ऊर्जा पूर्वाधार आयोजना निर्णायक चरणमा पुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सक्रिय पहल, नेपाल विद्युत् प्राधिकरणको कार्यान्वयन र विभिन्न निकायबीचको समन्वयका कारण लामो समयदेखि निर्माणाधीन आयोजनाहरूले उल्लेखनीय प्रगति हासिल गरेका हुन् ।भरतपुरमा सञ्चालित पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत विद्युत् वितरण प्रणाली परीक्षणसहित सञ्चालनको अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भूमिगत केवल प्रण
मुगु / मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–१ अल्कासाँघुस्थित गमगाड खोलामा निर्माण सम्पन्न भएको पक्की पुल मुआब्जा विवादका कारण १८ महिनादेखि सञ्चालनमा आउन सकेको छैन । पुलका लागि प्रयोग गरिएको जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीले पुल बन्द गराएपछि स्थानीयवासी र यात्रुहरू समस्यामा परेका छन् । पुल सञ्चालनमा नआएपछि सवारीसाधनहरू हिउँदमा खोलाबाटै आवतजावत गर्दै आएका थिए । तर पछिल्ला दिनमा लगातारको वर्षाका कारण खोलामा पानीको सतह बढेपछि समेत स्थानियहरु पुलमा हिँड्न पाएका छैनन् । यसबाट छायाँनाथ रारा नगरपालिकाका वडा नं. १०, ११ र १२ तथा मुगुम कार्मारोङ गाउँपालिकाका हजारौं नागरिक प्रत्यक्ष प्रभावित
मकवानपुर / त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा ट्रक पल्टँदा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् ।प्रहरीका अनुसार पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३—००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक राति करिब २ः३० बजे वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्की घाइते भएका थिए । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । त्यसैगरी ट्रकमा सवार चालकका काका ३६ वर्षीय
काठमाडौं / चर्चित बलिउड अभिनेता प्रदीप रावतको निधन भएको छ । आमिर खान अभिनित चर्चित सिनेमा गजनीमा खलनायक ‘गजनी धर्मात्मा’को भूमिकाबाट परिचित वरिष्ठ भारतीय अभिनेता रावतको क्यान्सर रोगका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका रावतको मंगलबार साँझ मुम्बईस्थित अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो । उनका प्रबन्धक सिद्धार्थ आर तिवारीका अनुसार रावत पछिल्लो एक महिनादेखि मुम्बईको कोकिलावेन धिरुभाई अम्बानी अस्पतालमा उपचाररत थिए ।केही समयअघि उनलाई भिवण्डीस्थित क्यान्सर अस्पतालमा सारिएको थियो । रावतका परिवारमा पत्नी कल्याणी
काठमाडौं / लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका—९ भिमानबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम १९० मिलिग्राम सहित सिराहा मिर्चैया नगरपालिका—५ घर भएका २० वर्षीय सन्देश यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०५—००१ ज ००८६ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उक्त लागूऔषध कारोबारमा संलग्न रहेका बा।प्र।०२—०४६ प ४८५३ नम्बरको मोटरसाइकलमा सवार धनुषा कमला नगरपालिका—७ घर भएका २
काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ३४५ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ५१, सिसिटिभिमार्फत ७१, रातोबत्तीमा ५६ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १४२, हर्न निषेधमा ४१, लेन क्रसमा ७०, अवस्था ठिक नभएको २१, एकतर्फीमा ३२ र अन्यमा ८६१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं / अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताएका छन् । उनले ककनीलाई फोहोर थुपार्ने स्थानका रूपमा मात्र हेर्ने प्रवृत्ति अन्त्य गरी विकास, लगानी र सम्भावनाको केन्द्रका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन् । राष्ट्रिय प्रेस क्लबले स्थानीय तहका समस्या र सम्भावनाबारे आयोजना गरेको अन्तरक्रियामा बोल्दै न्यौपानेले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोकलगायत क्षेत्रबाट उत्पादन हुने फोहोर ककनीले लामो समयदेखि व्यवस्थापन गर्दै आएको उल्लेख गरे। उनले फोहोर उत्पादन गर्ने क्षेत्रले
काठमाडौं / पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायीलगायतको भूमिकाबारे समीक्षा गरिएको थियो ।छलफलका क्रममा व्यवसायीहरुले बजारमा हल्ला चलेजस्तो ग्यासको अभाव नभएको बताए । पश्चिम एशियाको द्वन्द्वपछि ग्यास आपूर्ति सहज गर्न सरकारले ७.१ किलोग्रामको आधा सिलिन्डर दिने गरेकोमा पुनः १४.२ किलोग्रामको भरी सिलिन्डर वितरण सुरु गर्द
काठमाडौं / नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिको २४ औँ राष्ट्रिय परिषद् बैठक ललितपुरको जावलाखेलमा सम्पन्न भएको छ ।२०३६ सालमा निरङ्कुश पञ्चायती व्यवस्थाको कठिन समयमा स्थापना भई ४७ औँ वर्षमा प्रवेश गरेको सङ्गठनले यस बैठकबाट २५ बुँदे ऐतिहासिक ‘ललितपुर घोषणापत्र, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ । साउन १६ देखि १९ गतेसम्म सञ्चालित बैठकमा सातै प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो । परिषद्को पहिलो दिन जेटीयुसीसीका अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको थियो ।परिषद् बैठकका क्रममा ‘नेपाली शिक्षक आन्दोलनः वर्तमान सन्दर्भ र
काठमाडौं / नेपाल रेडक्रस सोसाइटीमा देखिएका भ्रष्टाचार, बेथिति र अनियमिततासम्बन्धी उजुरी संकलन गर्ने समयावधि थप गरिएको छ ।सोसाइटीले मंगलबार पत्रकार सम्मेलन गर्दै संस्थाका विभिन्न तहमा हुने आर्थिक अनियमितता, भ्रष्टाचार तथा बेथितिका विषयमा तथ्य र प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो । यसअघि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उजुरी आह्वान गरिएकोमा उजुरी आउनेक्रम जारी रहेकाले थप २० दिन समय थप गरिएको सोसाइटीले जनाएको छ । थप गरिएको समयअनुसार अब आगामी भदौ ३ गते बुधबारसम्म उजुरी दिन सकिनेछ ।नेपाल रेडक्रस सोसाइटीले संस्थामा हुने अनियमितता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको जना
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.