झापा— झापाको बिर्तामोड नगरपालिका-१ स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ४० बर्षीय अजय राजवंशी रहेका छन् ।मंगलबार इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा राजवंशीलाई १२३ ग्राम १८० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका राजवंशीको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं— आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनले नेपाली राजनीतिमा नयाँ मोड ल्याएको छ। प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच चुनावी सहकार्य तय भएपछि माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको छ।बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग मिलेर राष्ट्रिय सभा निर्वाचन लड्ने औपचारिक निर्णय गरेको हो। नयाँ त्रिपक्षीय गठबन्धनअनुसार कूल १८ सिटमध्ये कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिट पाउने सहमति भएको कांग्रेस नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए।विभिन्न राजनीतिक मुद्दामा वामपन्थी दलहरूसँग मत नमिल्दा कांग्रेस र एमाल
कैलाली— लगातारको शीतलहरसँगै अत्यधिक चिसो बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय एक साताका लागि बन्द भएका छन् ।नगरपालिकाले जारी गरेको सूचनाअनुसार केही दिनदेखि बढेको कठ्याङ्ग्रिने चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै नियमित पठनपाठन प्रभावित भएकाले पुस २४ गतेदेखि माघ २ गतेसम्म विद्यालय बन्द रहनेछन्।पछिल्ला दिनहरूमा बाक्लो हुस्सु र कुहिरोसँगै चलिरहेको शीतलहरले कैलालीसहित तराईका जिल्लाको जनजीवन कष्टकर बनेको छ। चिसोबाट बच्न सर्वसाधारण आगो ताप्न बाध्य छन्।जाडोबाट प्रभावित नागरिकलाई राहत दिन धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकालग
काठमाडौं— नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रदेशगत रूपमा उम्मेदवार तय गरेको हो।निर्णयअनुसार कोशीबाट सुनिलबहादुर थापा, मधेसबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही तथा सुदूरपश्चिमबाट खम्मबहादुर खाती उम्मेदवार रहेका छन्।एक नेताका अनुसार एमाले र जसपा नेपालसँग भएको सहमतिअनुसार कांग्रेसका सबै ९ उम्मेदवारले आजै उम्मेदवारी दर्ता गराउनेछन्।
काठमाडौं— गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लाहरूमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने गरी भएका केही घटनाका सम्बन्धमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न भएका पहलकदमीसहितको प्रगतिलाई समेटेर पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई १०–बुँदे निर्देशनात्मक सर्कुलर जारी गरिएको छ।मङ्गलवार गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनमा सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कानुनले निषेध गरेका त्यसका गैर–कानुनी क्रियाकलापमा लाग्ने जो कोहीलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ।यस्तै, बुँदा नम्बर २ मा धार्मिक, सामाजिक, एव
वीरगञ्ज— वीरगञ्ज महानगरपालिका वडा नं.१६ घुसुकपुरमा मंगलबार साँझ दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ ।घरअगाडि आगो ताप्दै बसेका विकास महतो र सुरज महतोलाई उनीहरूकै छिमेकीले धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन्। घाइते दुवै जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार मंगलबार साँझ करिब ६ः४५ बजे घरअगाडि आगो ताप्दै बसेका बेला पुरानो रिसिबीका कारण छिमेकीले विकास र सुरजमाथि धारिलो हतियार प्रहार भएको हो ।घटनामा विकासको टाउकोमा र सुरजको पेटमा चोट लागेको उनले जानकारी दिए ।प्रारम्भिक अनुसन्धान अनुसार घाइते र
काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार ४ १ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार सुनको मूल्य २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको थियो ।यसैगरी चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको हो।मंगलबार ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको चाँदी बढेर आज ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
ललितपुर— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ललितपुरको बागडोलस्थित ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकहरुसंग अन्तरक्रिया गरेका छन् ।ज्यापू समाज यलका पदाधिकारीहरुको निमन्त्रणामा मंगलबार दिउँसो बागडोल पुगेर मन्त्री खरेलले जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकसंग अन्तरक्रिया गरेका हुन् ।जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका क्रममा मन्त्री खरेलले जेष्ठ नागरिकको सेवामा ज्यापू समाजले गरेको यो काम प्रसंशनीय भएको बताए ।‘गाँस, बास र कपासको व्यवस्थापन सरकारले गर्नुपर्ने भएपनि कमजोर व्यवस्थाका कारण सरकारले गर्न सकिरहेको छैन, ज्यापू समाजले गर
रौतहट— विगतका वर्षहरूमा मध्य चिसोयाममा गोलभेँडा बिक्री नभएर चिन्तित हुने रौतहट र सर्लाहीका किसान यस वर्ष भने बजार भाउ देख्दा दंग परेका छन्।शीतलहर चल्ने समयमा सामान्यतया प्रतिकेजी १० देखि १२ रुपैयाँमा पनि बिक्री गर्न मुस्किल पर्ने गोलभेँडाले यसपटक अनपेक्षित रूपमा उच्च मूल्य पाइरहेको छ।अहिले रौतहट तथा सर्लाहीका किसानले बोटबाटै गोलभेँडा प्रतिकेजी १०० रुपैयाँमा व्यापारीलाई बिक्री गरिरहेका छन्। किसानबाट १०० रुपैयाँमा खरिद गरिएको गोलभेँडा उपभोक्तासम्म पुग्दा खुद्रा बजारमा १२० रुपैयाँसम्म पर्ने गरेको छ।किन बढ्यो मूल्य ?गोलभेँडाको मूल्य बढ्नुको मुख्य कारण उत्पादनमा आएको भारी गिरावट हो। रौतहट जयनगरका क
ललितपुर— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।लुभुको लामाटारस्थित लिङ्देन निवासमा मन्त्री खरेल र अध्यक्ष लिङ्देनबीच भेटवार्ता भएको हो ।आज भएको भेटमा विर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको सन्चारमन्त्री खरेलले जानकाकी दिए ।उनलका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्द छ । निर्वाचनको वातावरणका लागि सरकारको प्रवक्ताको हैसियतले मन्त्री खरेलले यसअघि प्रमुख राजनीतिक दलका नेताहरुसँग निवासमै पुगेर भेटवार्ता गरेका हुन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.