समाज

    Showing 4,321-4,330 of 10,061 items.
  • आन्तरिक ऋण व्यवस्थापनका लागि सरकारले १० अर्ब उठाउँदै

    काठमाडौं— सरकारले यसै साता १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । विसका ऋणपत्र, २०९० मार्फत सरकारले ९ पुसमा १० अर्ब रुपैयाँ ऋण उठाउने भएको हो । इच्छुक संस्थागत लगानीकर्तासहित सर्वसाधारणले ऋणपत्रमा लगानी गर्न सक्नेछन् । आठवर्षे ऋणपत्रमा सरकारले आकर्ष ब्याजर प्रदान गर्छ । लगानीकर्ताले घटिमा ५ लाख रुपैयाँ र बढीमा कुल निष्कासित रकमलाई ५ लाख रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन सक्नेछन् । ९ पुसमा बिक्री हुेन विकास ऋणपत्रका लागि ८ पुस अर्थात् मंगलबार दिउँसो २ बजेसम्म आवेदन दिन सकिनेछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल निष्कासित रकमको ८५ प्रतिशत अर्

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 469 पटक पढिएको
  • मापदण्ड विपरीत सञ्चालनमा रहेका अस्पतालसहित चार औषधि पसल कारवार्हीमा

    जनकपुरधाम— सरकारले निर्धारण गरेको मापदण्ड पालना नगरी दर्ता बिना सञ्चालनमा रहेका एक अस्पतालसहित चार वटा औषधि पसलमाथि धनुषामा कारबाही प्रक्रिया अघि बढाइएको छ।औषधि व्यवस्था विभाग वीरगञ्ज कार्यालयले जनकपुरधाम र धनुषाका विभिन्न स्थानमा गरेको अनुगमन तथा छड्के निरीक्षणका क्रममा नियमविपरीत सञ्चालनमा रहेका ती स्वास्थ्य संस्थाहरूलाई सिल गरी कारोबार रोक्का गरिएको जनाएको छ।कार्यालय प्रमुख शम्भु साहका अनुसार जनकपुरको रामानन्द चौकमा रहेको जनकपुर सुरक्षा अस्पताल तथा फार्मेसी, बजरङ्ग चौकस्थित प्रशान्त मेडिकल हल, माछा बजारको राघव सर्जिकल पसल र वीरेन्द्र बजारको कम्युनिटी सर्विस अस्पताललाई सिल गरिएको हो।अनुगमनका

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 495 पटक पढिएको
  • नागरिक लगानी कोषले सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने

    काठमाडौं— नागरिक लगानी कोषले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ ।आइतबार बसेको कोष सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँड हिसाब विवरणबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।त्यस्तै लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ८ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश दिने भएको हो । प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 476 पटक पढिएको
  • मधेश प्रदेशका नवनिर्वाचित सभामुख यादवद्वारा पदभार ग्रहण

    जनकपुर— मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले पदभार ग्रहण गरेका छन् । सोमबार विहान मधेश प्रदेश सभामा रहेको सभामुखको कार्यकक्षमा सभामुख यादवले पदभार ग्रहण गरेका छन् ।सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले प्रदेश सभाबाट हुने कामकाजलाई चुस्त दुरुस्त र कानुन सम्मत बनाएर अघि बढ्ने जानकारी दिए । उनले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार प्रदेश सभालाई प्रभावकारी, उत्तरदायी र मर्यादित रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरे ।सभामुख यादवले विगतमा भएजस्तो नातावाद र दलतन्त्र हावी हुने कुनै कार्य आफू बाट नहुनेमा ढुक्क हुन आग्रह गरे । उनले विभिन्न बाधा र अडचनका कारण कार्यान्वयन नहुन सकेको भ

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 488 पटक पढिएको
  • माइतीघरबाट पक्राउ परेका युवाहरुलाई प्रहरीले छोड्यो

    काठमाडौं— माइतीघरमा प्रदर्शन गरेका रविकिरण हमालसहितलाई प्रहरीले केहीबेर नियन्त्रणमा राखेर छोडिदिएको छ । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका  गरेका थिए । उक्त प्रदर्शनमा सामेल भएका हमालसहित ५ जनालाई केहीबेरअघि नियन्त्रणमा लिएको थियो ।प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् । ढुंगानासहितले प्रहरीसमक्ष सामूहिक गिरफ्तारी दिने तयारी गरे पनि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय क्षेत्रमै रोकिदिएको छ ।

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 477 पटक पढिएको
  • अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीको नाममा अमेरिका पठाइदिने आश्वासन दिई ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–१३ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–४ बस्दै आएका २४ वर्षीय सुजन आले मगर रहेका छन्।सुजनले आकर्षक तलबको प्रलोभन देखाउँदै अमेरिका पठाइदिन्छु भनी पीडितबाट २ लाख ५५ हजार रुपैयाँ लिएका थिए । त्यसपछि सुजन सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरेको जनाएको छ।पक्राउ परेका सुजनलाई थप अनुसन्धान तथा कानुन

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 465 पटक पढिएको
  • रामेछापको अलपत्र सडक निर्माण फेरि सुरु, चार वर्षपछि काम अघि बढ्यो

    रामेछाप— निर्माण व्यवसायीले काम नगरेर लामो समयसम्म अलपत्र पारेको रामेछापको खाँडादेवी गाउँपालिकाको पकरबास–गोगनपानी–गाल्पा सडकको काम पुनः सुरु भएको छ ।कूल १० किलोमिटर लामो पकरबास–गोगनपानी–गाल्वा सडक कालोपत्रे गर्ने जिम्मा दिवार ओमबुद्ध÷अर्याल कन्ट्रक्सनले ४३ करोड रुपैँयामा लिएका थिए । १८ महिना भित्र काम पुरा गर्ने गरी २०७८ सलमा ठेक्का सम्झौता भएको सो सडक ४ वर्षदेखि अलपत्र छ ।सडकको काम समयमा नभएको भन्दै स्थानीय जनप्रतिनिधिले जिल्ला पूर्वाधार कार्यालय रामेछापमा तालाबन्दी समेत गरेका थिए । निर्माण व्यवसायीले पटक पटक काम गर्ने सहमति गरेको भए पनि काम हुन सकेको थिएन ।अहिले सो सडकको पकरबासदेखि खाँडादेवी

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 448 पटक पढिएको
  • रमेश बडाल भन्छन वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक छ

    काठमाडौं— पूर्वमहान्यायाधिवक्ता रमेश बडालले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक रहेको दाबी गरेका छन् ।नेपाल बार एशोसिएशनको स्थापना दिवस ‘७०औँ बार दिवस’का अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा संस्थापकमा माल्यार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले मुलुकका प्रमुख अंगहरू व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र चौथो अंगका रूपमा रहेको मिडिया चारैतर्फबाट आक्रमणको सामना गरिरहेको अवस्थामा संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।‘रेलको लिकबाट बाहिरिएको संवैधानिक प्रक्रियालाई पुनः लिकमा ल्याउने प्रयास हामी अघि बढाउन चाहन्छौं, सम्पूर्ण आम नेपाली जनतालाई चाँही यो प्रक्रियामा स

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 498 पटक पढिएको
  • हायु हत्या अनुसन्धान गर्दा अर्का व्यक्तिको पनि हत्या भएको खुलासा, २ जना पक्राउ

    काठमाडौं— ललितपुरमा बोरामा प्याक गरेको अवस्थामा शव भेटिएको घटना अनुसन्धानका क्रममा अर्का एक व्यक्तिको पनि हत्या भएको खुलेको छ ।हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन् । उनको शव आज भक्तपुर र ललितपुरको सिमानामा पर्ने सूर्यविनायक–७ को जंगलमा भेटिएको छ ।यसअघि २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको एक इनारमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुको शव बोरामा प्याक गरेको अवस्थामा भेटिएको थियो ।सो घटनाको अनुसन्धानको क्रममा प्रहरीले सुरुमा देवराज ढुंगेललाई पक्राउ गरेको थियो । उनीसँग सोधपुछको क्रममा जयराज अधिकारीको नाम लिएपछि प्रहरीले आज बिहान सिन्धुलीबाट

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 464 पटक पढिएको
  • मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा विपन्न चेपाङ दम्पतीलाई सुरक्षित आवास

    हेटौंडा— बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफूले पाउने सेवा–सुविधाबाट प्राप्त रकम खर्च गरेर मकवानपुरको कैलाश गाउँपालिका–४ का एक अति विपन्न चेपाङ दम्पतीको घर निर्माण गरी हस्तान्तरण गरेका छन् ।आज आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री बानियाँले धुसर बस्ने ५० वर्षीय लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई नवनिर्मित घरको चाबी हस्तान्तरण गरेका हुन् ।कैलाश गाउँपालिकाले अति विपन्न परिवारको रूपमा पहिचान गरी घर निर्माणका लागि सिफारिस गरेपछि मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा केही महिनाअघि घर निर्माण सुरु गरिएको थियो ।करिब आठ लाख रुपैयाँ लागतमा तीन कोठाको जस्ताले छाएको घरसहित शौ

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 442 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.