मोरङ— आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा निर्वाचन सुरक्षाका लागि खटिने प्रहरीको नाम दर्ता प्रक्रिया जारी रहेको छ।
निर्वाचन सुरक्षासम्बन्धी तालिममा हालसम्म कुल २ सय ४२ जना प्रहरी सहभागी भएका छन्। सहभागीमध्ये १ सय ९२ जना पुरुष र ५० जना महिला प्रहरी रहेका छन्।
तालिम सम्पन्न भएपछि आवश्यकताअनुसार ती प्रहरीलाई विभिन्न मतदान केन्द्र तथा सुरक्षा संवेदनशील क्षेत्रहरूमा परिचालन गरिने प्रहरी कार्यालयले जनाएको छ।






































