समाज

    Showing 4,161-4,170 of 6,797 items.
  • रिसोर्टमा जुवातास खेल्दै गरेका चार जना पक्राउ

    भक्तपुर— जिल्लाको चाँगुनारायण नगरपालिका–७ स्थित खरिपाटीमा रहेको बाँसबारी रिसोर्टमा जुवातास खेल्दै गरेको अभियोगमा चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मध्यपुर थिमी नगरपालिका–५ निवासी ३७ वर्षीय बाबुराजा प्रजापतिसहित चार जना छन्। उनीहरूलाई सोमबार दिउँसो प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।प्रहरीले घटनास्थलबाट नगद एक लाख पाँच हजार नौ सय चालीस रुपैयाँ (रु. १,०५,९४०) बरामद गरेको छ। साथै, डिजिटल तास खेलाउन प्रयोग हुने मोबाइल आकारको एक थान डिभाइस, १२ बुक डिजिटल तास, ६ थान मोबाइल फोन, एक थान मोटरसाइकल र एक थान स्कुटर समेत बरामद गरिएको प्रहरीले

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 486 पटक पढिएको
  • म्याग्दीको गुर्जाखानीमा ४.५ म्याग्निच्युडको भूकम्प

    काठमाडौं— जिल्लाको गुर्जाखानी क्षेत्रमा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको केन्द्रविन्दु गुर्जाखानी आसपासको क्षेत्र रहेको जनाइएको छ। हालसम्म कुनै ठूलो क्षति वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। तर, स्थानीयवासीहरूले हल्का धक्का महसुस गरेको बताएका छन्।यसअघि, २०८१ साल चैत २१ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले केही क्षेत्रमा क्षति पुर्‍याएको थियो।भूकम्पीय गतिविधि बढ्दै गएको सन्दर्भमा विज्ञहरूले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्। र

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 541 पटक पढिएको
  • बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने

    काठमाडौं –  गृहमन्त्री रमेश लेखकले बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देश र जनताको हितमा कानुन बनाउने बताउँदै कानुनमा केही खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्न आग्रह गरे । उनले भने,‘यसमा बाहिर जुन नागरिकमा चिन्ता र चर्चा व्यक्त भएका छन् । ती सबैलाई समितिले सम्बोधन गरेर कानुनलाई परिमार्जन गर्छ र आज हामीले यही निर्णय गरेका छौं । यसलाई हामी संसोधन गछौं । देश र जनताको हितमा बनाउँछौं । त्यसैले कानुनमा केही खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्दा हुन्छ भन्ने मेरो आग्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 412 पटक पढिएको
  • जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित

    काठमाडौं–   जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदार यादव निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै अध्यक्षमा केदार विजयी भएका हुन् । मंगलबार राजविराजमा जिल्ला अधिवेशनको निर्वाचनमा अध्यक्ष पदका लागि पाँच सय चार मत परेको थियो । जसमा दुई सय ३५ मत ल्याएर जसपा नेपाल सप्तरीको आगामी कार्यकालको लागि केदार यादव अध्यक्षमा निर्वाचित हुन् । केदार यादव यसअघि पनि सप्तरीको जिल्ला अध्यक्ष पदमा कार्यरत थिए । यसैगरी, जिल्ला उपाध्यक्षमा लक्ष्मण यादव विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी हरेराम यादवलाई जम्मा ९ मतले पराजित ग

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 364 पटक पढिएको
  • मोरङका दुई स्थानमा दुई पुरुषको शव फेला, अनुसन्धान जारी

    विराटनगर –  मोरङका दुई फरक स्थानमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । उर्लाबारी र बेलबारी नगरपालिकामा सोमबार साँझ र मंगलबार बिहान फेला परेका शवको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । दुवै घटनाको प्रहरी अनुसन्धान विभिन्न कोणबाट अगाडि बढाइएको छ ।उर्लाबारी नगरपालिका–२ निवासी २३ वर्षीय सुशील लिम्बू मंगलबार बिहान आफ्नै घर नजिकको धानखेतमा मृत भेटिएका हुन् ।इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार, उनको शव खेतमा घोप्टो परेको, नाकबाट रगत बगेको र हातखुट्टा कक्रिएको अवस्थामा फेला परेको हो ।घटनास्थलमै पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरेपछि शवलाई मंगलबारेस्थित मदन भण्डारी अस्पत

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 400 पटक पढिएको
  • सशस्त्र प्रहरी बल नेपालमा ७७ जनाको बढुवा सिफारिस

    काठमाडौं— सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेका ७७ पदमा बढुवाका लागि सिफारिस गरेको छ। सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी) मा ६, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा २२, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा १ र सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा ४८ जनाको बढुवा सिफारिस गरिएको संगठनका केन्द्रीय प्रवक्ता एसएसपी कालिदास धौवजीले जानकारी दिए ।प्रवक्ताका अनुसार, बढुवा सिफारिस गर्दा ज्येष्ठता, व्यावसायिक क्षमता र कार्यसम्पादन मूल्याङ्कनलाई प्राथमिकता दिइएको छ। यसले संगठनको वृत्ति विकास र सुरक्षा फौजको मनोबल अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।एसएसएसपीमा सिफारिस भएकाहरू दोस्रो ब्याचका,

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 450 पटक पढिएको
  • पाँच दिनपछि हराएका दुई बालबालिका मृत भेटिए

    पाँचथर— जिल्लाको याङवरक गाउँपालिका–२ का दुई बालबालिका पाँचदिनदेखि बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा आज बिहान १० वर्षीय शिशिर राई र ५ वर्षीया नानुमा राईको शव स्थानीय बिरुवा खोलामा भेटिएको छ। दुवै जना बालबालिका पूर्ण आधारभूत विद्यालयमा कक्षा ४ र १ मा अध्ययनरत थिए।बालबालिका बेपत्ता भएपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीले खोजी कार्य तीव्र पारेका थिए। पाँच दिनको खोजीपछि उनीहरू मृत अवस्थामा फेला परेपछि गाउँ शोकमा डुबेको छ।घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 501 पटक पढिएको
  • सुन प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ

    काठमाडौं— सुनको मूल्य हालसम्मकै उच्च भएको छ । मंगलबार सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुग्दै रेकर्ड कायम गरेको हो ।अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि वैशाख ९ गतेको मूल्य रेकर्ड आज तोडिएको छ । वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनका तुलनामा २५ रुपैयाँ बढेर मंगलबार प्रतितोला २ हजार २ सय ८० रुपैयाँ मा कारोबार भएको छ।अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस ३३७०।९९ डलरले कारोबार भइरहेको छ भने चाँदी प्रति औंस ३७.३८ डलर छ। सोमबार सुन प्रत

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 595 पटक पढिएको
  • पहिरोले गुल्मीको मुख्य यातायात मार्ग कालीगण्डकी करिडोर अवरुद्ध

    गुल्मी— अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीको प्रमुख यातायात मार्ग कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। रिडी–पुर्तिघाट सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित गरगरे, मुल्क र वडा नम्बर ३ को कनौटामा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको हो।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार अन्य स्थानका पहिरो हटाइए पनि गरगरे खण्डमा पहिरो पन्छाउने कार्य जारी छ। तर, निरन्तर वर्षाका कारण पहिरो खसिरहँदा उद्धारमा कठिनाइ भईरहेको प्रहरीले जनाएको छ।कालीगण्डकी गाउँपालिकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र यात्रा गर्नै परेमा पहिल्यै सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। शनिबार रातिदेखि

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 521 पटक पढिएको
  • बागलुङ आन्तरिक राजस्व कार्यालयले एक अर्बभन्दा बढी राजस्व संकलन

    बागलुङ— आन्तरिक राजस्व कार्यालय बागलुङले आर्थिक वर्ष २०८१/८२ मा एक अर्बभन्दा बढी राजस्व संकलन गरेको छ। सो अवधिमा एक अर्ब सात करोड ६६ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी मोहनप्रसाद आचार्यले जानकारी दिए। कार्यालयले उक्त वर्षमा एक अर्ब २२ करोड ३९ लाख २० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर लक्ष्यको ८७.९७ प्रतिशत मात्र संकलन गर्न सकिएको आचार्यले बताए। “सरकारको आन्तरिक राजस्व संकलनको बजेटअनुसार नै कार्यालयको लक्ष्य निर्धारण गरिएको हो,” उनले भने, “तर त्यो अनुसारको राजस्व संकलन गर्न सकिएन।”आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले आयकरतर्फ ६० करोड १० लाख ३५ हजार रुपैयाँ, भाड

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 502 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा