समाज

    Showing ४,१४१-४,१५० of ११,१६२ items.
  • मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ ।सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १४२ पटक पढिएको
  • ट्याक्टर दुर्घटनामा परी एक जना किशोरको मृत्यु

    झापा –  झापाको अर्जुनधारामा आज भएको ट्याक्टर दुर्घटनामा परी एक जना किशोरको मृत्यु भएको छ।अर्जुनधारा नगरपालिका-७, बिरिङ खोलामा ट्याक्टर दुर्घटनामा परेर सोही स्थानका १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।बालुवा बोकेको प्र १-०१-००१ त ९०१० नम्बरको ट्याक्टरको ढालामा उनी बसेका थिए।

    • प्रकाशित मितिः माघ २५, २०८२
    • ३३७ पटक पढिएको
  • लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संसदमार्फत कानुन परिवर्तनको यात्रामा

    काठमाडौं –  समावेशिता, समानता र लोकतन्त्रको सुदृढ भविष्यका लागि दशकौँदेखि निरन्तर सङ्घर्ष गर्दै आएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सक्रिय रूपमा होमिएका छन् ।समावेशी समाजवादी पार्टीले प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ १५ जनालाई उम्मेदवार बनाएको छ । पार्टीले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ६ वटा निर्वाचन क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवार रहेका कारण ती क्षेत्रहरूमा सर्वसम्मत निर्वाचित गराइदिन सार्वजनिक अपिलसमेत गरेको छ ।सामाजिक न्याय, समावेशी लोकतन्त्र तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको मानवअधिकारको

    • प्रकाशित मितिः माघ २५, २०८२
    • २८१ पटक पढिएको
  • मकवानपुर क्षेत्र नं. १ बाट एमालेका रामेश्वर राना चुनावी मैदानमा

    हेटौंडा—  निर्वाचन २०८२ अन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना मगरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।रानाको राजनीतिक यात्रा २०३६ सालको जनआन्दोलनबाट प्रभावित भई २०३७ सालमा अनेरास्ववियु त्रिभुवन माविको प्रारम्भिक कमिटीबाट सुरु भएको हो।२०३८ सालमा अखिलको जिल्ला कमिटी उपाध्यक्ष हुँदै जिल्ला कमिटी अध्यक्ष बनेका उनी २०४२ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य चयन भए । त्यसपछि पार्टीको शाखा कमिटी, हेटौंडा नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्यका रूपमा सक्रिय रहे ।२०५१ सालमा एमाले मकवानपुरको सचिव बनेका रानाले तीन कार्यकाल

    • प्रकाशित मितिः माघ २४, २०८२
    • २८२ पटक पढिएको
  • गृहमन्त्री अर्यालसहितको निरीक्षण टोली नुवाकोटमा, निर्वाचनको भरपर्दो तयारी गर्न निर्देशन

    नुवाकोट—  गृहमन्त्री ओमप्रकाश अर्याल शनिबार आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी सम्बन्धी विषयमा स्थलगत निरीक्षण अनुगमनको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय, नुवाकोट पुगेका छन् ।निरीक्षण अनुगमनको टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले र गृहमन्त्री अर्यालको सचिवालय सदस्यहरुको सहभागी थियो ।सो क्रममा, गृहमन्त्री अर्यालले आसन्न निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लामा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए ।निरीक्षणका क्रममा मुख्य निर्वाचन अध

    • प्रकाशित मितिः माघ २४, २०८२
    • २२७ पटक पढिएको
  • बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

    बाजुरा— बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारा बस्ने ४१ वर्षीय सन्तोष बुढा रहेका छन्।शुक्रबार ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भिरबाट लडेका बुढा गम्भिर घाईते भएका थिए ।उनलाई न्याय हेल्थ अस्पताल बयलपाटा, अछाम हुँदै थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २४, २०८२
    • २४१ पटक पढिएको
  • आईसीसी टी–२० विश्वकप आजदेखि, उद्घाटनमै भारत–अमेरिका भिडन्त

    काठमाडौं— आईसीसी पुरुष टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । क्रिकेटको महाकुम्भ मानिने यो प्रतियोगितामा आज उद्घाटन दिनमै तीन खेल हुँदैछन् भने आयोजक भारत र अमेरिका बीचको खेलले विशेष चासो तानेको छ ।विश्वकपको पहिलो खेल समूह ‘ए’ अन्तर्गत पाकिस्तान र नेदरल्यान्ड्सबीच हुनेछ । यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।त्यसैगरी, नेपाल समावेश रहेको समूह ‘सी’ अन्तर्गत आज स्कटल्यान्ड र वेस्ट इन्डिज आमनेसामने हुँदैछन् । उक्त खेल भारतको कोलकातामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।आजकै सबैभन्दा चर्चित खेल भने आयोजक भारत र

    • प्रकाशित मितिः माघ २४, २०८२
    • ३२७ पटक पढिएको
  • वरिष्ठ कलाकार सुनिल थापाको निधन

    काठमाडौं— वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन् ।शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनले दर्जनौँ नेपाली र भारतीय चलचित्रमा अभिनय गर्दै आफ्नो अलग पहिचान बनाएका थिए ।नेपाली चलचित्र क्षेत्रमा उनको निधनले अपूरणीय क्षति पुगेको कलाकार तथा चलचित्रकर्मीहरूले बताएका छन् ।

    • प्रकाशित मितिः माघ २४, २०८२
    • २६८ पटक पढिएको
  • अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन

    काठमाडौं— अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रुकुम पश्चिम र जाजरकोट जिल्लाको निर्वाचन तयारीको स्थलगत अनुगमन गरेका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रम अन्तर्गत अर्थमन्त्री खनालले शुक्रबार दुवै जिल्लाको भ्रमण गरेका हुन् ।भ्रमणका क्रममा उनले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका थिए ।रुकुम पश्चिममा भएको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी गराउँदै २१ वटा म

    • प्रकाशित मितिः माघ २४, २०८२
    • ३३९ पटक पढिएको
  • सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आंकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।आज गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन हाई अलर्टमा रही काम गर्न मन्त्रालय मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।बैठकले निर्वाचन तयारी सम्बन्धमा विगतका बैठकले गरेको निर्णय कार्यान्वयनको अवस्थाको समिक्षा गरी निर्वाचन नजिकिँदै गर्दा आउनसक्ने थप सुरक्षा चुनौतीहरुलाई चिर्न अवलम्बन गरिनुपर्ने रणनीतिबारे समेत मार्गदिश

    • प्रकाशित मितिः माघ २३, २०८२
    • ३२९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.