समाज

    Showing 3,961-3,970 of 11,162 items.
  • सर्लाहीमा सब–ईन्जिनियर हत्या प्रकरणको आरोपमा एक जना पक्राउ

    सर्लाही— सर्लाहीको मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सव–इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणमा प्रहरीले एक जनालाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा महोत्तरीको रामगोपालपुर नगरपालिका निवासी गणेश महतो रहेका छन् । उनलाई घटनामा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएको हो। उनलाई भारतीय पक्षसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।सिरहाको सुखीपुर नगरपालिका – ६ बैशाखा घर भई हाल मलंगवामा डेरा गरी बस्दै आएका यादवमाथि गत फागुन ३ गते डेरामा बसिरहेको घरमै अज्ञात व्यक्तिले गोलि प्रहार गरेर फरार भएका थिए । गम्भीर घाइ

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 535 पटक पढिएको
  • सवारी दर्ता अनियमितता मुद्धामा मुछिएका लमजुङका सिडिओ उमेश ढुङ्गाना निलम्बित

    काठमाडौं— सवारी दर्ता अनियमितता मुद्धामा मुछिएका लमजुङका प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गाना निलम्बित भएका छन् । विशेष अदालत काठमाडौंमा ढुङ्गानासहित ३२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएको छ ।जिल्ला प्रशासन कार्यालय लमजुङमा सिडिओका रूपमा ढुङ्गाना गत पुस १७ गतेदेखि कार्यरत छन् ।उनी लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका तत्कालीन सचिव हुँदा भएको सवारी दर्ता अनियमिततामा मुछिएको आयोगले जनाएको छ ।यातायात व्यवस्था कार्यालय नेपालगन्ज, बाँकेमा भारतीय चोरीका तीन सवारीसाधन आर्थिक लेनदेनमार्फत दर्ता गरिएको उजुरीपछि अनुसन्धानका क्रममा राष्ट्रसेवक र गैर–राष्ट्

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 493 पटक पढिएको
  • चैत १ देखि बेनी हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

    काठमाडौं— बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आगामी चैत १ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्ड बाट जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जारी गरिने कुल शेयरमध्ये १० प्रतिशत अर्थात १० करोड ४० लाख रुपैयाँ बराबरको १० लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 494 पटक पढिएको
  • काठमाडौं–५ की स्वतन्त्र उम्मेदवार कोमल पौडेलद्वारा उम्मेदवारी स्थगित, ईश्वर पोखरेललाई समर्थन घोषणा गर्ने

    काठमाडौं— काठमाडौं क्षेत्र नं. ५ की स्वतन्त्र उम्मेदवार कोमल पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्ने भएकी छन् ।उनले शुक्रबार दिउँसो १ बजे सेफ हस्पिटालिटी एण्ड पार्टी भेन्युमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गर्ने कार्यक्रम तय गरिएको प्रचारप्रसार उपसमितिका प्रमुख डा. दिपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।मोबाइल चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएकी पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट सोही क्षेत्रका उम्मेदवार ईश्वर पोखरेल लाई समर्थन तथा ऐक्यबद्धता घोषणा गर्ने तयारी गरेकी हुन् ।पौडेलले राष्ट्रिय स्वाधीनताको रक्षा र जनसमस्याको सम्बोधन हुने अपेक्षासह

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 470 पटक पढिएको
  • प्रचण्डले आज नुवाकोटका उम्मेदवारसँगै मतदाता भेटघाट गर्ने

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोटका उम्मेदवारद्वारा आयोजना गरिने मतदाता भेटघाट कार्यक्रममा सहभागी हुने भएका छन् ।नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रम शुक्रबार बालाजुस्थित अनुपमद्वार पार्टी भेन्यूमा दिउँसो १२ः३० बजे सुरु हुने जनाइएको छ ।समितिका अनुसार नुवाकोटका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थितिमा मतदाता भेटघाट तथा काठमाडौं केन्द्रित वृहत् चुनावी कार्यक्रम आयोजना गर्न लागिएको हो ।कार्यक्रममा पार्टी नेता–कार्यकर्ता, शुभेच्छुक तथा नुवाकोटबाट काठमाडौंमा बसोबास गर्दै आएका मतदाताको सहभागिता रहने अपेक्षा गरिएको छ ।

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 458 पटक पढिएको
  • संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प

    काठमाडौं— संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ ।राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प संखुवासभाको टोप्के गोला आसपास केन्द्रविन्दु भएर गएको थियो ।भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो । प्रारम्भिक सूचना अनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै जानकारी नभएको ती जिल्लाका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 497 पटक पढिएको
  • पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भत्र्सना, दोषीलाई कारबाहीको माग

    विराटनगर— चुनावी रिपोर्टिङका क्रममा झापा क्षेत्र नम्बर ५ मा पुगेका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमण र दुव्र्यवहारको घटनाप्रति प्रेस सेन्टर नेपाल मोरङले घोर निन्दा तथा भत्र्सना गरेको छ ।प्रेस सेन्टर मोरङका सचिव अनिल श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै हाम्रो मतका कार्यकारी सम्पादक तथा ‘रातो पाटी’का संवाददाता आचार्यमाथि भएको साङ्घातिक हमला प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताएका छन्। बिहीबार झापाको कमल गाउँपालिकामा नेकपा (एमाले) का अध्यक्ष तथा सो क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार केपी शर्मा ओलीको घरदैलो कार्यक्रमको रिपोर्टिङ गर्ने क्र

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 452 पटक पढिएको
  • उपेन्द्र यादव सप्तरी–३ मा: मधेस जनविद्रोहका नायकको दमदार प्रवेश

    सप्तरी— सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यति बेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ । मधेस जनविद्रोहका अगुवा तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीले यो क्षेत्र केवल स्थानीय प्रतिस्पर्धामा सीमित नरही राष्ट्रिय शक्ति सन्तुलनको मैदानमा रूपान्तरण भएको छ ।सङ्घीयता, पहिचान र अधिकारको एजेन्डासँग जोडिएको उनको राजनीतिक छविले सप्तरी–३ लाई प्रतीकात्मक र रणनीतिक दुवै दृष्टिले महत्त्वपूर्ण बनाएको छ ।जनविद्रोहको विरासत र भावनात्मक तरङ्गमधेस जनविद्रोह केवल आन्दोलन थिएन, त्यो अधिकार र आत्मसम्मानको घोषणापत्र थियो । यो आन्दोलनको नेतृत्वकर्तामध्ये प्रमुख अनुहारका रूपमा स्थापि

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 493 पटक पढिएको
  • विश्वभर आज विश्व गैरसरकारी संस्था दिवस मनाइँदै

    काठमाडौं— विश्वभर आज विश्व गैरसरकारी संस्था दिवस मनाइँदै छ ।गैरसरकारी संस्थाहरूले समाज उत्थानको लागि दिएका योगदानहरूलाई थप हौसाउन हरेक वर्षको २७ फेब्रुअरीको दिन संयुक्त राष्ट्र सङ्घले विश्व गैर सरकारी संस्था दिवस मनाउने गरेको छ । आजको दिनको मूलभूत उद्देश्य भने साथ र सहयोगको उत्सव मनाउ भन्ने रहेको छ ।यस दिवसको यस वर्षको मूल नारा ‘समावेशितामार्फत सम्मान पुनः स्थापना’ रहेको छ । विश्व गैरसरकारी संस्था दिवसले समाजका सीमान्तकृत, पिछडिएका तथा अवसरबाट वञ्चित समुदायको अधिकार संरक्षण, सशक्तीकरण र समान सहभागिता सुनिश्चित गर्न गैरसरकारी संस्थाहरूले खेलेको योगदानलाई विशेष रूपमा उजागर गर्ने लक्ष्य राखेको छ

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 432 पटक पढिएको
  • दक्षिण भारतीय फिल्मका चर्चित कलाकार रश्मिका र विजयले गरे विवाह

    काठमाडौं— दक्षिण भारतीय फिल्मका चर्चित कलाकार अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डा वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरूले बिहीबार भारतको उदयपुरमा विवाह गरेका हुन् ।राजस्थानस्थित उदयपुरमा आयोजित उक्त समारोहमा दुवै परिवारका सदस्य र अत्यन्त निकट साथीभाइहरूको मात्र उपस्थिति रहेको बताइएको छ । विवाह समारोहमा तेलुगु र कोदावा परम्पराअनुसारका धार्मिक विधिहरू समावेश गरिएको बताइएको छ ।उनीहरूको विवाहका अधिकारिक तस्बिरहरु भने सार्वजनिक भइसकेको छैन । रश्मिका र विजयले आफ्नो वैवाहिक समारोहलाई ‘विरोश’ नाम दिएका छन्, जुन उनीहरूका नामको संयोजनबाट बनेको हो । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुई

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 703 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.