समाज

    Showing ३,७११-३,७२० of ११,१६२ items.
  • चट्याङ लागेको घटनाबारे छानबिन गर्न निगमले गर्यो छानबिन समिति गठन

    काठमाडौं— नेपाल वायुसेवा निगमले चट्याङ लागेर न्यारोबडी जहाजको शार्कलेटमा क्षति पुगेको घटनाबारे छानबिन गर्न आन्तरिक समिति गठन गरेको छ।निगमका नायब प्रबन्ध निर्देशक डोलेश्वर कोइरालाकोको अध्यक्षतामा बनेको समितिले घटनाको क्रम, प्राविधिक अवस्था र उडान सुरक्षासम्बन्धी पक्ष अध्ययन गरी प्रतिवेदन बुझाउने जनाइएको छ।स्रोतका अनुसार हङकङमै ग्राउन्डेड गर्नुपर्ने जहाज यात्रुसहित काठमाडौं फर्काइएको विषयलाई सुरक्षाका दृष्टिले गम्भीर रूपमा हेरिएको छ। यसैबीच, फागुन २६ गते हङकङ उडानमा संलग्न ककपिट क्रुलाई तत्कालका लागि उडानबाट रोक लगाइएको छ र घटनाबारे विस्तृत लिखित प्रतिवेदन माग गरिएको छ।उक्त घटनामा चट्याङ लागेर न

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • ४७६ पटक पढिएको
  • इरान २०२६ को विश्वकपमा सहभागी नुहने

    काठमाडौं— इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ ।इरानका खेलकुद मन्त्री अहमद दुनियामालीले अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको २०२६ को विश्वकपमा आफ्नो देश सहभागी हुन सक्ने अवस्थामा नरहेको बताएका हुन्।पछिल्लो समय अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युपछि इरानको सहभागिता अन्योलमा परेको हो।यता फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट गरेपछि ट्रम्पले इरानलाई विश्वकपमा स्वागत छ भनेको बताएका थिए।इरानी मन्त्री दुनियामालीले अन्तर्वार्ता दिँदै आफ्नो देशको नेताक

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • ४५३ पटक पढिएको
  • आजदेखि नागार्जुन उपमेयर कप तेक्वान्दो हुने

    काठमाडौं— प्रथम नागार्जुन उपमेयर कप तथा १२औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आजदेखि हुने भएको छ ।नागार्जुन नगरपालिको सहयोग तथा सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा सञ्चालन हुने दुई दिने प्रतियोगितामा विभिन्न स्कुल तथा डोजाङका करिब ६ सय खेलाडीको सहभागिता रहेको आयोजक डोजाङका प्रमुख प्रशिक्षक एवं अध्यक्ष बब्लु सिवाकोटीले जानकारी दिए ।प्रतियोगितामा ग्योरोगीमा चिल्ड्रेन, क्याडेट, जुनियर र सिनियर तथा पुम्सेमा क्याडेट, जुनियर र सिनियर विधामा २८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • ५११ पटक पढिएको
  • निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो

    रौतहट— प्रतिनिधि सभा निर्वाचन २०८२ को पूर्वसन्ध्यामा सुरक्षा निकाय र सरकारी कर्मचारीहरूको ध्यान निर्वाचन तयारीमा केन्द्रित भएको मौका छोपी रौतहटको चन्द्रपुर नगरपालिका–६, बेल्डीस्थित वन क्षेत्र ओगट्ने प्रयासलाई प्रशासनले असफल तुल्याएको छ। वन क्षेत्रभित्र रातारात निर्माण गरिएका सात वटा अवैध घर टहराहरूलाई डिभिजन वन कार्यालय र सुरक्षाकर्मीको संयुक्त टोलीले बिहीबार भत्काएर हटाएको हो।प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका अधिकांश सरकारी कर्मचारी, वन रक्षक र सुरक्षाकर्मीहरू निर्वाचन व्यवस्थापन र सुरक्षा कार्यमा खटिएका थिए । यही प्रशासनिक व्यस्तताको फाइदा उठाउँदै केही समूहले बेल्डीस्थित वनको जमिनमा रात

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • ५२४ पटक पढिएको
  • नयाँ प्रणाली जडान हुँदै, राहदानी सेवा केही दिन प्रभावित हुनसक्ने

    काठमाडौं— परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडान गर्ने तयारी गरेको जनाएको छ।सोही क्रममा अन्तरिम अवधिमा राहदानी वितरण सेवा केही दिन प्रभावित हुनसक्ने विभागले जनाएको हो।विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्नेछ। भने विभागबाट प्रदान गरिने राहदानी सेवा भने करिब एक सातासम्म अवरुद्ध हुन सक्ने सूचनामा उल्लेख गरिएको छ।नयाँ प्रणाली जडान तथा कार्यान्वयनपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने बताइएको छ। त्यसैले उक्त अ

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • ४१४ पटक पढिएको
  • आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री गरिने

    काठमाडौं— नेपाल आयल निगम लिमिटेडले खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्ति व्यवस्थापन गर्न सिलिण्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ ।निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै हालको परिस्थितिलाई मध्यनजर गर्दै आजदेखि अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य ९५५ रुपैयाँमा बिक्री वितरण गरिने जनाएको छ ।‘हालको परिस्थितिलाई दृष्टिगत गरी एल. पि. ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागी निगमले मिति २०८२ र ११ र २९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • ४८५ पटक पढिएको
  • बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य थापाको हृदयघातको कारण मृत्यु

    काठमाडौं— नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापालाई हृदयघात भएको छ । कास्की जिल्ला कार्यालयका बैठकमा बोल्दाबोल्दै हृदयघातबाट ढलेका थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो ।थापालाई मणिपाल अस्पतालका चिकित्सकले ३ः ३७ मा मृत घोषणा गरेका छन् । कास्की क्षेत्र नम्बर १ को निर्वाचनको समीक्षा बैठकलाई १० मिनेट सम्बोधन गरेपछि इन्चार्ज थापा हृदयघात भई ढलेको र तुरुन्तै मणिपाल अस्पताल लगिएको कास्की उपाध्यक्ष भेषराज बरालले बताए ।थापालाई मणिपाल अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • ५४२ पटक पढिएको
  • बोल्दा बोल्दै एमाले कास्कीका इन्चार्ज कृष्ण थापालाई हृदयघात

    काठमाडौं— नेकपा (एमाले) कास्कीका इन्चार्ज कृष्ण थापालाई हृदयघात भएको छ । कास्की जिल्ला कमिटीको बैठकमा बिहीबार बोल्दा बोल्दै हृदयघात भएर ढलेका थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो ।कास्की क्षेत्र नम्बर १ को निर्वाचनको समीक्षा बैठक बिहीबार एमाले कास्की जिल्ला पार्टी कार्यालयमा थियो । त्यसलाई १० मिनेट सम्बोधन गरेपछि इन्चार्ज थापा हृदयघात भइ ढलेको र तुरुन्तै मणिपाल अस्पताल लगिएको जानकारी एमाले कास्की उपाध्यक्ष भेषराज बरालले पुष्टि गरे ।

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • ५०८ पटक पढिएको
  • मन्थली नगर अस्पतालमा बिरामीको चाप बढ्दो, जनशक्ति अभावका कारण दैनिक लामो लाइन

    रामेछाप— रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली नगर अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप अत्यधिक बढेको छ । पर्याप्त जनशक्ति अभावका कारण बिरामीहरूले उपचारका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ ।मन्थली नगरपालिकाले सञ्चालन गर्दै आएको उक्त नगर अस्पतालमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म पनि बिरामीको लामो लाइन देखिने गरेको छ । अस्पतालमा आउने बिरामीहरूको संख्या बढ्दै जाँदा उपलब्ध स्वास्थ्यकर्मीले सबैलाई समयमै सेवा दिन कठिन भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। केशवसिंह धामी बताउँछन् ।अस्पतालमा उपचारका लागि आउने बिरामीहरूका अनुसार बिहान अस्पताल पुगेपछि दिनभरजसो समय उपचारकै लागि कुर्

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • ५९१ पटक पढिएको
  • अन्तर्राष्ट्रिय स्तरको डेलिभरी सेवा प्रदान गर्ने एजी एक्सप्रेस हेटौँडामा पनि सञ्चालन

    हेटौँडा— अन्तर्राष्ट्रिय स्तरको डेलिभरी तथा कुरियर सेवा प्रदान गर्ने एजी एक्सप्रेसले हेटौँडामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।उद्घाटन कार्यक्रम बोल्दै पूर्व प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले मकवानपुरका घरेलु उद्योग सञ्चालकका लागि एजी एक्सप्रेसले विदेशसम्म उत्पादन पु¥याउने सजिलो माध्यम प्रदान गर्ने बताएका छन् । उनले महिलाहरूले वडा समूहबाट उत्पादन गरी गुणस्तरीय सामान बनाउन सके विदेशमा पठाउन झन्झट नहुने बताए ।कार्यक्रममा कम्पनीका ग्लोबल सिइओ तथा अध्यक्ष तुलसी उप्रेतीले हेटौँडा शाखामार्फत मकवानपुर र आसपासका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराइने जानकारी दिए । उनले कम्पनी हङक

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • ५०१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.