काठमाडौं— नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापालाई हृदयघात भएको छ । कास्की जिल्ला कार्यालयका बैठकमा बोल्दाबोल्दै हृदयघातबाट ढलेका थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

थापालाई मणिपाल अस्पतालका चिकित्सकले ३ः ३७ मा मृत घोषणा गरेका छन् । कास्की क्षेत्र नम्बर १ को निर्वाचनको समीक्षा बैठकलाई १० मिनेट सम्बोधन गरेपछि इन्चार्ज थापा हृदयघात भई ढलेको र तुरुन्तै मणिपाल अस्पताल लगिएको कास्की उपाध्यक्ष भेषराज बरालले बताए ।

थापालाई मणिपाल अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।