समाज

    Showing 361-370 of 11,160 items.
  • वर्षासँगै देशका ७ सडकखण्ड अवरुद्ध

    काठमाडौं / वर्षा, पहिरो तथा नदी कटानका कारण देशका विभिन्न जिल्लाका ७ सडकखण्डमा यातायात अवरुद्ध भएको छ।प्रहरीका अनुसार काभ्रे–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधनको आवागमन रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन हुने जनाइएको छ।  त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण राति ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइएको छ।इलामको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 185 पटक पढिएको
  • पूर्ण अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा पुरुष पक्राउ

    बागलुङ— बागलुङमा पूर्ण अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बडिगाड गाउँपालिका–३ का ३२ वर्षीय होमे पतेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।प्रहरीका अनुसार गत साउन २१ गते दिउँसो करिब ४ः३० बजे बडिगाड गाउँपालिका–१ घोरलोकमा विद्यालयबाट घर फर्किँदै गरेकी किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप पतेलमाथि लागेको हो।घटनाको सूचना प्राप्त भएपछि प्रहरीले पतेललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।पक्राउ परेका पतेलविरुद्ध जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 443 पटक पढिएको
  • विनय यादवको स्वास्थ्य अवस्था गम्भीर, जीवन रक्षाका लागि मानव अधिकार आयोगको आग्रह

    काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहेका विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै उनको जीवन रक्षाका लागि आवश्यक स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सरकारसँग यसअघि भएका सहमति कार्यान्वयन गर्न माग गर्दै यादव साउन १४ गतेदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा छन्।आयोगले यादवको स्वास्थ्य अवस्था तथा अनशनस्थलमा उपलब्ध स्वास्थ्य उपचारसम्बन्धी अवस्थाको स्थलगत अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा लामो समयदेखि खाना नखाई अनशनमा रहेका यादवको सुगर तथा रक्तचाप घट्दै गएको र स्वास्थ्य अवस्था थप जोखिमपू

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 379 पटक पढिएको
  • जलेका स्रेस्ताको विषयमा कानुन संशोधन गर्न सरकार तयार: अर्थमन्त्री

    काठमाडौं / सार्वजनिक लेखा समितिको बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा घटनाका कारण जलेका स्रेस्ताका सम्बन्धमा छलफल भएको छ ।बैठकमा बोल्दै अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले जलेका स्रेस्ताको विषयमा सरकार र प्रतिपक्षबीच समस्याको प्रकृतिबारे ठूलो विमति नरहेको बताए । घटनाको कारणबारे फरक धारणा भएपनि भएको क्षति र घटनाको अवस्थाबारे सबै जानकार रहेको उनको भनाइ छ । उनले समितिले दिएको निर्देशनलाई सरकारले स्वीकार गर्ने र त्यसबेलासम्म प्रचलित कानुनअनुसार अघि बढ्ने बताए ।उनले भने, ‘यो समस्याको प्रकृतिबारे सरकार र प्रतिपक्षबीच फरक बुझाई छ जस्तो लागेन । किन भयो भन्नेमा धेरै विमती होलान तर के भयो भन्

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 131 पटक पढिएको
  • एकपटकको नेता, सधैं नेता: रोहितलाई क्यानको भावुक बिदाइ

    काठमाडौं / नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेललाई भावुक सन्देशसहित बिदाइ गरेको छ । क्यानले रोहितको कप्तानीमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धि र उनको योगदानको उच्च प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना दिएको हो । क्यानले सामाजिक सञ्जालमार्फत रोहितलाई धन्यवाद दिँदै राष्ट्रको आशा बोकेर जोश, समर्पण र अटल दृढताका साथ नेपाली टोलीको नेतृत्व गरेको उल्लेख गरेको छ । रोहितको नेतृत्वमा नेपाली पुरुष राष्ट्रिय टोलीले महत्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै नेपाली क्रिकेटको यात्रामा लामो समयसम्म स्मरणीय रहने क्षण सिर्जना गरेको क्यानले जनाएको छ ।क्या

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 164 पटक पढिएको
  • मन्त्री बादी र अष्ट्रेलियाका राजदूत अन्स्र्टबीच शिष्टाचार भेट

    काठमाडौं / महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ।भेटमा नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउँदै महिला सशक्तीकरण, बालअधिकार तथा संरक्षण, अपाङ्गता समावेशीकरण, सामाजिक सुरक्षा, हेरचाह अर्थतन्त्र (केयर इकोनोमी), मानव संसाधन विकास तथा नीतिगत अनुभव आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो। मन्त्री बादीले राजदूत अन्स्र्टलाई मन्त्रालयमा स्वागत गर्दै उनको नेपाल कार्यकाल सफल तथा सुखद रहोस् भन्ने शुभकामना

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 1,558 पटक पढिएको
  • सप्तरीका युवा क्रिकेटर उपेन्द्र रायको निधन

    काठमाडौं / सप्तरी जिल्लाका प्रतिभाशाली क्रिकेट खेलाडी तथा कुशल अलराउन्डर उपेन्द्र रायको असामयिक निधन भएको छ । उनको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान)ले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । क्यानले जारी गरेको शोक वक्तव्यमा रायको निधनको खबरले नेपाल क्रिकेट परिवार अत्यन्त स्तब्ध र मर्माहत भएको उल्लेख गरेको छ । क्यानले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।‘सप्तरी जिल्लाका एक कुशल अलराउन्डर तथा प्रतिभाशाली क्रिकेट खेलाडी उपेन्द्र रायको असामयिक निधनको खबरले नेपाल क्रिकेट संघ परिवार अत्यन्तै स्तब्ध र मर्माहत भएको छ,‘

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 144 पटक पढिएको
  • नेपाल प्रहरीका गुनासा: १६ वर्षे पेन्सन कार्यान्वयन गर्न माग

    काठमाडौं / नेपाल प्रहरीका तल्लो तहका कर्मचारीले १६ वर्ष सेवा पूरा गरेपछि पेन्सनसहित ऐच्छिक अवकाश लिन पाउने व्यवस्था लागू गर्न माग गरेका छन्।जवानदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीले लामो समयदेखि उठाउँदै आएको उक्त माग प्रहरी ऐन तथा नियमावली संशोधनमार्फत सम्बोधन हुनुपर्ने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार १६ वर्षे पेन्सनको विषयमा पटक–पटक छलफल र आश्वासन पाए पनि हालसम्म कानुनी रूपमा कार्यान्वयन हुन सकेको छैन । तल्लो तहका प्रहरी कर्मचारी २४ घण्टा ड्युटीमा खटिनुपर्ने तथा लामो समयसम्म कठिन र जोखिमपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले १६ वर्ष सेवा पूरा गरेपछि सम्मानजनक रूपमा अवकाश लिन पा

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 136 पटक पढिएको
  • गोलबजारमा बन्द रहेका पसल खुल्ने, सद्भाव र्यालीपछि बजार सञ्चालन हुने

    सिरहा / सुनसरी घटनाको विरोधमा गत बिहीबार गोलबजारमा भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी भएपछि बन्द रहेका पसलहरू आज मंगलबारदेखि पुनः सञ्चालनमा आउने भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद पुरुषोत्तम यादवको पहलमा व्यवसायीहरूसँग भएको छलफलपछि बजार खोल्ने सहमति जुटेको हो । प्रदर्शनका क्रममा व्यवसायीका पसल तथा विभिन्न संरचनामा क्षति पुगेपछि त्यसको विरोधमा केही व्यवसायीले पसल बन्द राख्दै आएका थिए । सोही विषयमा सांसद यादवले सोमबार गोलबजार नगरपालिका–११ बल्कावामा व्यवसायी तथा स्थानीयसँग छलफल गरेका थिए । छलफलका क्रममा प्रदर्शनका क्रममा व्यावसायिक, सामुदायिक तथा व्यक्तिगत संरचनामा भएक

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 261 पटक पढिएको
  • गोलबजारमा हिंसात्मक द्वन्द्व भएको १२ दिनपछि आज सद्भाव र्याली, सामाजिक एकताको सन्देश

    सिरहा / सिरहाको गोलबजारमा हिंसात्मक द्वन्द्व भएको १२ दिनपछि आज सामाजिक सद्भाव र एकताको सन्देश दिन सद्भाव  र्याली निकालिएको छ ।गोलबजारमा पछिल्लो समय उत्पन्न तनाव, हिंसा तथा अशान्तिपछि विभिन्न समुदाय, राजनीतिक दल, नागरिक समाज, व्यवसायी तथा स्थानीयवासीको सहभागितामा र्याली आयोजना गरिएको हो । र्यालीमा सहभागीहरूले आपसी भाइचारा, शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन् ।र्यालीमार्फत गोलबजारको शान्ति र सामाजिक एकता पुनःस्थापित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने सन्देश दिइएको छ । सहभागीहरूले कुनै पनि घटनालाई लिएर समुदायबीच वैमनस्य फैलाउने तथा सामाजिक सद्भाव बिग

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 119 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.