काठमाडौं / आज अगस्ट १२ अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस हो । व्यक्ति, परिवार, समुदाय, राष्ट्र हुँदै विश्वको विकासमा युवाको भूमिकालाई उजागर गर्न हरेक वर्ष यो दिवस मनाइन्छ । युवा ऊर्जा, सिर्जनशीलता, नयाँ सोच र परिवर्तनको चाहनाले भरिएको समूह भएकाले विकास र रूपान्तरणमा उनीहरूको भूमिका महत्वपूर्ण मानिन्छ । अन्तराष्ट्रियरुपमा पछिल्लो समय युवा नेतृत्व र युवाको राजनीतिक सहभागिताको विषय बहसको केन्द्रमा आएको छ । विभिन्न देशहरुमा युवाहरु आफ्नो माग लिइ आन्दोलन पनि गरिरहेका छन् । जेन्जी युवाहरुको आन्दोलनपछी नेपालमा युवाको नेतृत्वमा सरकार बनेको छ । युवाको नेतृत्वमा सरकार बनेसँगै अब सरकारका नीति तथा का
सुनसरी / देवानगञ्ज घटनाका क्रममा गोली लागेर ज्यान गुमाएका शहीद रविन्द्र मेहताको पार्थिव शरीर काठमाडौंंबाट गृहस्थान कप्तानगञ्ज ल्याइएपछि आज हजारौँ स्थानीयको सहभागितामा भव्य अन्तिम शवयात्रा निकालिएको छ।मेहताको अन्तिम यात्रामा स्थानीयवासी, आफन्त, शुभेच्छुक, राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। शोकाकुल वातावरणबीच हजारौँ मानिसले सडकमा उपस्थित भएर मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरेका छन्।मेहताको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि लैजाँदा कप्तानगञ्ज शोकमा डुबेको थियो। सहभागीहरूले दिवंगत मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको य
जनकपुरधाम । मिटरब्याजसम्बन्धी मुद्दामा न्यायको माग गर्दै प्रदर्शन गरिरहेका पीडितमध्ये एक महिलाले धनुषा जिल्ला अदालतको मुख्य गेटअगाडि आत्मदाहको प्रयास गरेकी छन् । जनकपुरधाम–३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले बुधबार बिहान आफ्नै शरीरमा पेट्रोल खन्याएपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएर उद्धार गरेको हो ।मिटरब्याजी हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहेका बेला पीडितहरू अदालतबाहिर प्रदर्शनमा थिए । साहद्वयमाथि कारबाहीको माग गर्दै प्रदर्शनमा रहेकी रजकले अचानक आत्मदाहको प्रयास गरेकी हुन् ।प्रहरी निरीक्षक अरविन्द साह नेतृत्वको टोलीले तत्काल हस्तक्षेप गरेपछि घटना गम्भीर बन्नबाट रोकिएको प्रहरीले जना
काठमाडौं / बाजुराको धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिकामा पहिलोपटक भरपर्दो दूरसञ्चार सेवा विस्तार गर्ने तयारी तीव्र पारिएको छ। नेपाल टेलिकमले ४जी सेवा सञ्चालनका लागि आवश्यक उपकरण नेपाली सेनाको हेलिकप्टरमार्फत जडानस्थल नजिक पुर्याएको छ। भौगोलिक विकटता र सडक पहुँचको अभावका कारण स्थलमार्गबाट सामग्री ढुवानी सम्भव नभएपछि हेलिकप्टरको प्रयोग गरिएको हो। प्रतिकूल मौसमका कारण केही दिन ढिलाइ भए पनि आवश्यक उपकरण अन्ततः बडीमालिका क्षेत्रमा पुर्याइएको नेपाल टेलिकमले जनाएको छ।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि मन्त्रालय र नेपाल टेलिकमले सेवा विस्तारका लागि आवश्यक तयारीलाई त
रौतहट / रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जना बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाहीगोनाही नगरपालिका–२ लक्ष्मिनिया बस्ने १० वर्षीय मोहम्मद रहमतुल्लाह र १० वर्षीया सवनम खातुनको शव फेला परेको हो । उनीहरू हिजो दिउँसो नदीमा नुहाउन गएका बेला डुबेर बेपत्ता भएका थिए ।नदीमा डुबेका अर्की एक बालिका रौशन खातुनको अवस्था भने अझै अज्ञात छ । उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।बालबालिकाहरू नदीमा डुबेर हराएको सूचना पाउनासाथ स्थानीय सुरक्षा निकायको टोली उद्धारमा खटिएको थियो । इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहर
काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७३८ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा ३८ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ९४, हर्न निषेधमा २८, लेन क्रसमा १५, अवस्था ठिक नभएको १०, एकतर्फीमा १० र अन्यमा ४०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं / मुगुको खत्याड गाउँपालिका–४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रचण्ड शाखामा बचतकर्ताको नाममा कीर्ते कागजात तयार गरी ऋण देखाउने तथा बचत रकम हिनामिना गरिएको आरोप सार्वजनिक भएको छ। पीडितहरूका अनुसार शाखाबाट करिब १ करोड ३० लाख ७६ हजार रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको दाबी गरिएको छ। आरोपअनुसार शाखाका ९८ जना बचतकर्ताको नाममा उनीहरूलाई जानकारी नै नदिई ऋण देखाइएको छ। मुद्दति तथा व्यक्तिगत बचत खाताबाट रकम निकालिएको र संस्थामा आबद्ध नभएका व्यक्तिको नाममा समेत ऋण प्रविष्टि गरिएको पीडितहरूको भनाइ छ।पीडितहरूको जाहेरीका आधारमा शाखाका कर्मचारी गणेश चौलागाईं, तु
काठमाडौं / झारखण्ड लोकतान्त्रिक क्रान्तिकारी मोर्चा (जेएलकेएम) का नेता देवेन्द्रनाथ महतोले थालेको आमरण अनशन बुधबार ११औँ दिनमा प्रवेश गरेको छ । स्वास्थ्य अवस्था कमजोर बनेपछि अस्पताल भर्ना गरिए पनि उनले अनशन जारी राखेका छन् । झारखण्ड लोक सेवा आयोग (जेपीएससी) र झारखण्ड कर्मचारी छनोट आयोग (जेएसएससी) ले सञ्चालन गरेका भर्ती परीक्षामा अनियमितता भएको आरोप लगाउँदै लाखौं विद्यार्थीको पक्षमा महतोले आन्दोलन गरिरहेका हुन् । विद्यार्थी संगठनहरूले माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउँदै जनआन्दोलनमा रूपान्तरण गर्ने चेतावनी दिएका छन् ।आन्दोलनको क्रममा गत अगस्ट १० मा राँचीमा आयोजित ‘विधानसभा घेराउ’ कार
जनकपुर / वरिष्ठ साहित्यकार, भाषाविद् तथा शिक्षाविद् प्राध्यापक डा. राजेन्द्र प्रसाद विमलको निधनप्रति शोक व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिकाले बुधबार एक दिन नगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै २०८३ साउन २७ गते बुधबार नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा शोक मनाउँदै पठनपाठन बन्द गर्न अनुरोध गरेको हो । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहद्वारा जारी सूचनामा डा। विमलले शिक्षा, संस्कृति, पूर्वीय दर्शन तथा मैथिली र नेपाली साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको उल्लेख ग
काठमाडौं / नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग विस्तार हुँदै जाँदा हरित यातायात, प्रविधि विकास र विदेशी लगानी आकर्षित गर्ने सम्भावनाबारे केन्द्रित बहस तीव्र बनेको छ। यही विषयलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा नीति, पूर्वाधार, प्रविधि हस्तान्तरण तथा लगानी वातावरण सुधारका विषयमा विभिन्न क्षेत्रका विज्ञ तथा व्यवसायीहरूले आफ्नो धारणा राखेका छन्।नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित एक्स्पोको पहिलो दिन मंगलबार २९ हजारभन्दा बढीले अवलोकन गरेका छन्। एक्स्पोमा विभिन्न कम्पनीहरूले ४८ नयाँ मोडलका सवारीसाध
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.