समाज

    Showing ३५१-३६० of ११,१६२ items.
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको पाइलट ट्रेनिङ सुरु, अपरेटिङ बेस राख्ने तयारी

    भैरहवा / नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो वायुयानको अपरेटिङ बेस राख्ने तयारी थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन बमोजिम निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अपरेटिङ बेस बनाउने तयारी स्वरुप मंगलबार देखि उडान प्रशिक्षण सुरु गरेको हो । निगमका अनुसार आफ्ना फस्र्ट अफिसर पाइलट हरुलाई एयरबस ३२० जहाजमार्फत बेस ट्रेनिङ फ्लाइट गराउन लागिएको हो । यो प्रशिक्षण कार्यक्रम साउन २७ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता इन्जिनियर कुमार सुजखुले प्रेस विज्ञप्ति जारी

    • प्रकाशित मितिः साउन २७, २०८३
    • २१६ पटक पढिएको
  • डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

    काठमाडौं / नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाली स्टार्टअप ट्रेलम्यापरले संरचित तथ्यांक (डेटा)को प्रयोगबारे विशेष प्यानल छलफल आयोजना गरेको छ ।द ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरबाट इन्क्युबेट भएको ट्रेलम्यापरले जुलाई ३१ मा काठमाडौंको नक्सालस्थित काठमाडौं म्यारियट होटलमा ‘संरचित तथ्यांकले नेपालको पर्यटनलाई कसरी अझ सुरक्षित र स्मार्ट बनाउन सक्छ रु’ विषयक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पर्यटन, संरक्षण, विपद् व्यवस्थापन, शिक्षा तथा सञ्चार क्षेत्रका करिब ३५ प्रतिनिधिको सहभागिता रहेको थियो ।कार्यक्रममा नेपाल पर्यटन बोर्डका सुधन सुबेदी,

    • प्रकाशित मितिः साउन २७, २०८३
    • २३१ पटक पढिएको
  • युवा नेतृत्वको सरकारसँग युवाका अपेक्षा: सीप, रोजगारीदेखि नीतिगत सहभागितासम्म युवा

    काठमाडौं / आज अगस्ट १२ अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस हो । व्यक्ति, परिवार, समुदाय, राष्ट्र हुँदै विश्वको विकासमा युवाको भूमिकालाई उजागर गर्न हरेक वर्ष यो दिवस मनाइन्छ । युवा ऊर्जा, सिर्जनशीलता, नयाँ सोच र परिवर्तनको चाहनाले भरिएको समूह भएकाले विकास र रूपान्तरणमा उनीहरूको भूमिका महत्वपूर्ण मानिन्छ । अन्तराष्ट्रियरुपमा पछिल्लो समय युवा नेतृत्व र युवाको राजनीतिक सहभागिताको विषय बहसको केन्द्रमा आएको छ । विभिन्न देशहरुमा युवाहरु आफ्नो माग लिइ आन्दोलन पनि गरिरहेका छन् । जेन्जी युवाहरुको आन्दोलनपछी नेपालमा युवाको नेतृत्वमा सरकार बनेको छ । युवाको नेतृत्वमा सरकार बनेसँगै अब सरकारका नीति तथा का

    • प्रकाशित मितिः साउन २७, २०८३
    • २४५ पटक पढिएको
  • शहीद रविन्द्र मेहताको अन्तिम यात्रामा उर्लियो जनसागर, हजारौँले गरे भावपूर्ण अन्तिम बिदाइ

    सुनसरी / देवानगञ्ज घटनाका क्रममा गोली लागेर ज्यान गुमाएका शहीद रविन्द्र मेहताको पार्थिव शरीर काठमाडौंंबाट गृहस्थान कप्तानगञ्ज ल्याइएपछि आज हजारौँ स्थानीयको सहभागितामा भव्य अन्तिम शवयात्रा निकालिएको छ।मेहताको अन्तिम यात्रामा स्थानीयवासी, आफन्त, शुभेच्छुक, राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। शोकाकुल वातावरणबीच हजारौँ मानिसले सडकमा उपस्थित भएर मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरेका छन्।मेहताको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि लैजाँदा कप्तानगञ्ज शोकमा डुबेको थियो। सहभागीहरूले दिवंगत मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको य

    • प्रकाशित मितिः साउन २७, २०८३
    • २३० पटक पढिएको
  • न्याय खोइ ? भन्दै धनुषा अदालतअगाडि एक महिलाले गरिन् आत्मदाह प्रयास

    जनकपुरधाम । मिटरब्याजसम्बन्धी मुद्दामा न्यायको माग गर्दै प्रदर्शन गरिरहेका पीडितमध्ये एक महिलाले धनुषा जिल्ला अदालतको मुख्य गेटअगाडि आत्मदाहको प्रयास गरेकी छन् । जनकपुरधाम–३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले बुधबार बिहान आफ्नै शरीरमा पेट्रोल खन्याएपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएर उद्धार गरेको हो ।मिटरब्याजी हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहेका बेला पीडितहरू अदालतबाहिर प्रदर्शनमा थिए । साहद्वयमाथि कारबाहीको माग गर्दै प्रदर्शनमा रहेकी रजकले अचानक आत्मदाहको प्रयास गरेकी हुन् ।प्रहरी निरीक्षक अरविन्द साह नेतृत्वको टोलीले तत्काल हस्तक्षेप गरेपछि घटना गम्भीर बन्नबाट रोकिएको प्रहरीले जना

    • प्रकाशित मितिः साउन २७, २०८३
    • २३६ पटक पढिएको
  • बडीमालिकामा ४जी सेवा विस्तारको तयारी तीव्र, उपकरण हेलिकप्टरमार्फत् पुर्‍याइयो

    काठमाडौं / बाजुराको धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिकामा पहिलोपटक भरपर्दो दूरसञ्चार सेवा विस्तार गर्ने तयारी तीव्र पारिएको छ। नेपाल टेलिकमले ४जी सेवा सञ्चालनका लागि आवश्यक उपकरण नेपाली सेनाको हेलिकप्टरमार्फत जडानस्थल नजिक पुर्‍याएको छ। भौगोलिक विकटता र सडक पहुँचको अभावका कारण स्थलमार्गबाट सामग्री ढुवानी सम्भव नभएपछि हेलिकप्टरको प्रयोग गरिएको हो। प्रतिकूल मौसमका कारण केही दिन ढिलाइ भए पनि आवश्यक उपकरण अन्ततः बडीमालिका क्षेत्रमा पुर्‍याइएको नेपाल टेलिकमले जनाएको छ।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि मन्त्रालय र नेपाल टेलिकमले सेवा विस्तारका लागि आवश्यक तयारीलाई त

    • प्रकाशित मितिः साउन २७, २०८३
    • २३७ पटक पढिएको
  • रौतहटको लालबकैयामा नदीमा डुबेका दुई बालबालिकाको शव फेला, एक बेपत्ता

    रौतहट / रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जना बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाहीगोनाही नगरपालिका–२ लक्ष्मिनिया बस्ने १० वर्षीय मोहम्मद रहमतुल्लाह र १० वर्षीया सवनम खातुनको शव फेला परेको हो । उनीहरू हिजो दिउँसो नदीमा नुहाउन गएका बेला डुबेर बेपत्ता भएका थिए ।नदीमा डुबेका अर्की एक बालिका रौशन खातुनको अवस्था भने अझै अज्ञात छ । उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।बालबालिकाहरू नदीमा डुबेर हराएको सूचना पाउनासाथ स्थानीय सुरक्षा निकायको टोली उद्धारमा खटिएको थियो । इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहर

    • प्रकाशित मितिः साउन २७, २०८३
    • १९७ पटक पढिएको
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७३८ जनालाई कारबाही

    काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७३८ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा ३८ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ९४, हर्न निषेधमा २८, लेन क्रसमा १५, अवस्था ठिक नभएको १०, एकतर्फीमा १० र अन्यमा ४०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २७, २०८३
    • २११ पटक पढिएको
  • लघुवित्तमा बचत र ऋण अनियमितताको आरोप, ९८ बचतकर्ता प्रभावित

    काठमाडौं / मुगुको खत्याड गाउँपालिका–४ माथिचौरस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रचण्ड शाखामा बचतकर्ताको नाममा कीर्ते कागजात तयार गरी ऋण देखाउने तथा बचत रकम हिनामिना गरिएको आरोप सार्वजनिक भएको छ। पीडितहरूका अनुसार शाखाबाट करिब १ करोड ३० लाख ७६ हजार रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको दाबी गरिएको छ। आरोपअनुसार शाखाका ९८ जना बचतकर्ताको नाममा उनीहरूलाई जानकारी नै नदिई ऋण देखाइएको छ। मुद्दति तथा व्यक्तिगत बचत खाताबाट रकम निकालिएको र संस्थामा आबद्ध नभएका व्यक्तिको नाममा समेत ऋण प्रविष्टि गरिएको पीडितहरूको भनाइ छ।पीडितहरूको जाहेरीका आधारमा शाखाका कर्मचारी गणेश चौलागाईं, तु

    • प्रकाशित मितिः साउन २७, २०८३
    • २६० पटक पढिएको
  • झारखण्ड विद्यार्थी आन्दोलन : ११ दिनदेखि आमरण अनशनमा क्रान्तिकारी मोर्चाका नेता देवेन्द्र महतो

    काठमाडौं / झारखण्ड लोकतान्त्रिक क्रान्तिकारी मोर्चा (जेएलकेएम) का नेता देवेन्द्रनाथ महतोले थालेको आमरण अनशन बुधबार ११औँ दिनमा प्रवेश गरेको छ । स्वास्थ्य अवस्था कमजोर बनेपछि अस्पताल भर्ना गरिए पनि उनले अनशन जारी राखेका छन् । झारखण्ड लोक सेवा आयोग (जेपीएससी) र झारखण्ड कर्मचारी छनोट आयोग (जेएसएससी) ले सञ्चालन गरेका भर्ती परीक्षामा अनियमितता भएको आरोप लगाउँदै लाखौं विद्यार्थीको पक्षमा महतोले आन्दोलन गरिरहेका हुन् । विद्यार्थी संगठनहरूले माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउँदै जनआन्दोलनमा रूपान्तरण गर्ने चेतावनी दिएका छन् ।आन्दोलनको क्रममा गत अगस्ट १० मा राँचीमा आयोजित ‘विधानसभा घेराउ’ कार

    • प्रकाशित मितिः साउन २७, २०८३
    • १९९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.