समाज

    Showing 3,501-3,510 of 11,162 items.
  • कोशीमाथि लुम्बिनीको सहज जित

    काठमाडौं— प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले कोशीलाई १४८ रनले पराजित गरेको हो । २५० रनको पछ्याएको कोशी ३१.१ ओभरमा १०१ रनमा अलआउट भयो । कोशीका लागि अकिंत सुवेदीले ३०, दिपेश कँडेलले १५ र कप्तान सुजन थपलियाले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । लुम्बिनीका लागि सन्तोष यादवले ४ विकेट लिए । सो क्रमा उनले ७ ओभरमा ११ रन खर्चेर १ मेडन ओभर पनि फाले । राजेन्द्र बमले ३, निर्मल गुरुङले २ तथा सन्देश थापाले १ विकेट लिए । पहिले ब्याटिङ गरेको लुम्ब

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 515 पटक पढिएको
  • तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने

    काठमाडौं— सरकारले मंगलबार विशेष कार्यक्रमको आयोजनागरी विश्व क्षयरोग दिवस मनाउने भएको छ ।सोमबार भक्तपुरको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा पत्रकारको सम्मेलन आयोजनागरी कार्यक्रमबारे जानकारी गराइएको हो ।‘राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागेको केन्द्रका उपसचिव कमलप्रसाद तिमल्सेनाले जानकारी दिए ।उनको अनुसार संघ, प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।केन्द्रका अनुसार दिवसका अवसरमा र्याली, अन्तरक्रिया, सचेतनामूलक अभियान तथा मिडिया कार्यक्रमहरू सञ्चालन भएसकेका छन् ।केन्द्रले क्षयरोग अन्त्यका लागि सबै सरोकारवालालाई सहका

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 470 पटक पढिएको
  • नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो

    काठमाडौं— साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय नकारात्मक रहेको बजार अन्तिम समयमा सुधारिँदै ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेको हो।यस दिन सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले घट्दा फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले बढेका छन्। अघिल्ला दुई दिन उच्च वृद्धि भएको बजारमा सोमबार इन्ट्रा–डे करेक्सन देखिएको थियो।कारोबार रकम भने घटेको छ। आइतबार २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार १५ अर्ब ७८ करोड रुपैयाँमा सीमित भयो। कुल ३४२ स्टकको १ लाख ५६ हजारभन्दा बढी कारोबारबाट ३ करोड ८० लाख कित्ता शेयर किनबेच भएका छन्।यस

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 506 पटक पढिएको
  • सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन

    रामेछाप— रामेछापको सुनापति गाउँपालिका– १ गुन्सीमा निर्माण गरिएको प्रसूति केन्द्रको भवन सञ्चालनमा नै नआई भत्किएको छ ।संघीय सरकारको बजेट करिब २ करोडको लागतमा निर्माण भएको सो भवन प्रयोगमा नै नआई भत्किएको हो ।स्वास्थ्य चौकीको भवनको तल्लोपट्टिको चौर खारेर बनाइएको भवनको मुनि खनिएको सडक र माथिबाट खारेको दुवैतिरबाट पहिरो चलेपछि पहिरोले तानेर र पुरिएर भवन भत्किएको हो ।दुई तल्ले सो भवनको जगदेखिको भाग पहिरोको कारण भत्किएर चिरा–चिरा परेको छ । भवनको माथिबाट पनि पहिरो झरेर भवनमा क्षति पुर्याएको छ ।सो भवनसँगै रहेको शौचालयको पर्खाल चिरिएर भत्कन ठिक्क परेको छ । शौचालयको भवन जगसहित बगेको छ ।वडाध्यक्ष ध्रुव चौला

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 566 पटक पढिएको
  • हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृत्यु

    बाजुरा— बाजुराबाट हेलिकप्टरमार्फत उद्वार गरिएकी एक महिलाको मृत्यु भएको छ । यहीँ चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर १ की २१ बर्षीया सुरता रोकाया र उनको नवजात शिशुको मृत्यु भएको हो ।एक हप्ताको नवजात शिशु र सुत्केरी आमाको मृत्यु खवरको स्तब्ध बनाएको हो । उनको र नवजात शिशुको उपचारको क्रममा शनिवार सुर्खेतमा मृत्यु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए । बाँच्ने आशामा हेलिकप्टरमार्फत उद्धार गरिएकी सुरता र उनको नवजात शिशुको अन्ततः ज्यान गएको हो ।सुरता लामो समयदेखि मुटु रोगबाट समेत ग्

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 445 पटक पढिएको
  • इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर अभियान

    काठमाडौं— १७ वर्षीया इनिशा विकको न्यायको माग गर्दै राजधानीको माइतीघर मण्डलामा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ।सामाजिक अभियन्ता नेल्शन घतानीसहितका अभियन्ताहरूले सोमबार ब्यानरसहित अभियान चलाउँदै सर्वसाधारणबाट हस्ताक्षर संकलन गरेका हुन्। “महिला तथा दलितमाथि हिंसा अन्त्य गर, पीडितलाई न्याय दे” लगायतका नारासहित प्रदर्शन गरिएको थियो।अभियन्ताहरूले इनिशा विकका दोषीमाथि कडा कारबाही गर्नुपर्ने र यस्ता घटनाको अन्त्यका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।उनीहरूले पीडितलाई न्याय नपाएसम्म अभियान जारी राख्ने चेतावनी समेत दिएका छन्।

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 512 पटक पढिएको
  • निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीयः गृहमन्त्री

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन सक्रिय सुरक्षाकर्मीहरुको प्रशंसा गरेका छन् ।सोमबार गृह मन्त्रालयमा आयोजित प्रशंसा पत्र वितरण कार्यक्रममा गृहमन्त्री अर्यालले निर्वाचन सफल बनाउन सक्रिय केन्द्रदेखि जिल्ला तहसम्मको सुरक्षा समितिहरु, निर्माण कमाण्ड फोर्स, सुरक्षा सेल र जिम्मेवार सरकारी अधिकारीहरुले खेलेको भूमिका ऐतिहासिक र राज्यका लागि उत्तरदायी भएको बताए ।‘निर्वाचनमा खटिएका अधिकारीहरुको सिर्जनशिलता र क्षमता प्रशंसनीय छ । विगतका कतिपय घट्नाहरु नेतृत्वले घट्नाबारे नबुझिकन निर्देशन दिए होलान । कसैका भनाइहरुलाई स्क्रि

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 466 पटक पढिएको
  • रामेछापमा यात्रुवाहक सुमो दुर्घटना, तीन गम्भीरसहित ६ जना घाइते

    रामेछाप— रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार बिहान एक यात्रुवाहक सुमो दुर्घटनामा परेको छ।खाँडादेवी–७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा चालकसहित कुल ६ जना घाइते भएका छन् ।घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीया ठुली तामाङ, अन्दाजी ४५ वर्षीया रिता तामाङ र अन्दाजी ४८ वर्षीया सुनमाया तामाङलाई थप उपचारका लागि तत्काल काठमाडौं पठाइएको छ ।अन्दाजी २५ वर्षीय चालक किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । दुर्घटनाक

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 521 पटक पढिएको
  • कालोपुलमा २६ तोला सुन चोरी गर्ने दुई जना पक्राउ, खुकुरी र तरबार पनि बरामद

    काठमाडौं— काठमाडौं महानगरपालिका–५, कालोपुलस्थित एक व्यक्तिको डेराबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले शनिबार राति बुढानीलकण्ठ नगरपालिका–२ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगङ्गा नगरपालिका–२ घर भएका २६ वर्षीय नीरज सापकोटालाई् पक्राउ गरेको हो।उपत्यका अपराध अनुसन्धान कार्यालय र स्थानीय प्रहरीको सक्रियतामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।गत चैत ६ गते पीडितको कोठाबाट अन्दाजी २६ तोला ८ आना बराबरको सुनका गरगहना, ३३ हजार मूल्य बराबरको चाँदीका गरगहना लगायतका सामान चोरी भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले चोरीका विभिन्

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 528 पटक पढिएको
  • मौसम सम्बन्धी जानकारी लागि पूर्वअनुमान र सूचना प्रणाली आधुनिक बनाउन जरुरी छः मन्त्री सिन्हा

    काठमाडौं— कानुन मन्त्री अनिलकुमार सिन्हाले मौसम सम्बन्धी जानकारी समयमै प्राप्त गर्न पूर्वअनुमान र पूर्वसूचना प्रणालीको भूमिका अत्यन्तै महत्वपूर्ण हुने औंल्याएका छन् ।विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हालले हाल चुनौतीको अवस्था रहेको औल्याउँदै जल तथा मौसम सम्म्वैज्ञानिक जानकारी समयमै प्राप्त हुनेगरी पूर्वअनुमान र पूर्वसूचना प्रणालीको भूमिका अयत्नतै जरुरी रहेको बताएका हुन् ।उनले पूर्व सूचना प्रणाली सिस्टमलाई अझ सुदृढ पार्न जोखिमयुक्त समुदायलाई समयमै सूचना पु¥याउने कामलाई प्राथमिकतामा राखेको बताए ।उनले पूर्व अनुमान प्रणाली अझ वैज्ञानिक र प्रभावकारी बनाउन मौसमरविद्हरुको अवलोकन

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 452 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.