समाज

    Showing 3,311-3,320 of 11,162 items.
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार हिजो चाँदी प्रतितोला४ हजार ९४५ रुपैयाँमा कारोवार भएको थियो ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 402 पटक पढिएको
  • राजश्व चुहावट नियन्त्रणमा अर्थमन्त्रीको एक्सन, उच्चस्तरीय छलफल आयोजना गर्दै

    काठमाडौं— अर्थ मन्त्रालयले राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यसहित आज उच्चस्तरीय छलफल आयोजना गर्ने भएको छ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, तथा राजश्व प्रशासनका सचिवहरू सहभागी हुनेछन्। साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू तथा राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा र विभागका प्रमुखहरूको पनि उपस्थिति रहने छ।बैठकमा विशेषगरी राजश्व छली, चोरी पैठारी नियन्त्रण तथा कानुन कार्यान्वयनलाई कडाइका साथ अघि बढाउने विषयमा छलफल हुने जनाइएक

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 452 पटक पढिएको
  • पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

    काठमाडौं— पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 502 पटक पढिएको
  • नयाँ नेतृत्व चयनका लागि दुई समूह प्यानलसहित मैदानमा

    काठमाडौं— नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । अध्यक्ष पदमा कालिका कन्सट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) प्रतिस्पर्धामा छन् ।लामा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठको उम्मेदवारी छ ।पाण्डे प्यानलबाट वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव धिरेन्द्र दाहाल र कोषाध्यक्ष उज्ज्वल गौतम छन् । स्वतन्त्र रूपमा प्रमोद लामिछाने उपमहासचिव पदमा उत्रेका छन् ।महाधिवेशनबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 461 पटक पढिएको
  • ललितपुर महानगरमा ‘वातावरण प्रहरी एम्बुलेन्स’ सञ्चालन सुरु

    काठमाडौं— ललितपुर महानगरपालिकाले बिहीबारदेखि ‘वातावरण प्रहरी एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ। महानगरका मेयर चिरीबाबु महर्जनले एक विशेष कार्यक्रमबीच उक्त एम्बुलेन्सको शुभारम्भ गरेका हुन्।वातावरण संरक्षण र सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको महानगरले जनाएको छ। एम्बुलेन्समार्फत वातावरणसम्बन्धी आकस्मिक समस्या समाधान, फोहोर व्यवस्थापनमा सहजीकरण तथा अनुगमन कार्यलाई तीव्रता दिइने विश्वास गरिएको छ।महानगरका अनुसार, यस सेवाले वातावरण प्रहरीको कामलाई थप व्यवस्थित र छरितो बनाउँदै नागरिकलाई छिटो सेवा पुर्‍याउन सहयोग गर्नेछ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 953 पटक पढिएको
  • इनिशा विकको शव २७ दिनपछि बुझिँदै, आजै अन्त्येष्टि गर्ने तयारी

    सुर्खेत— सुर्खेतकी १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि परिवारले बुझ्ने भएका छन्। वीरेन्द्रनगर नगरपालिका–१ निवासी इनिशा गत २३ फागुनमा मृत अवस्थामा फेला परेकी थिइन्।घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान सुरु गरेको थियो। सुरुवातमा घटना शंकास्पद देखिए पनि पछि बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइएको थियो।यस प्रकरणमा जिल्ला अदालत सुर्खेतले चार जना अभियुक्तलाई बाल सुधार गृह पठाउने आदेश दिएपछि मात्रै परिवार शव बुझ्न सहमत भएको हो। आजै उनको अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 551 पटक पढिएको
  • हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । विहीबार बिहान उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् । दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेका हुन् ।गृहमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् । आजकै दिन हनुमान जयन्ती परेको अवसर पारेर उनी मन्दिर पुगेको बताइएको छ । यसलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष दिनका रूपमा हेरिने गरिन्छ ।हनुमान जयन्ती हिन्दु धर्मावलम्बीका लागि अत्यन्त महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ । यस दिन भगवान् हनुमानको जन्म भएको विश्वास गरिन्छ । विशेषगरी शक्ति, भक्ति, साहस

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 503 पटक पढिएको
  • निःशुल्क आयुर्वेदिक तथा आँखा स्वास्थ्य शिविर सम्पन्न, करिब २ सय जनाले लिए सेवा

    रामेछाप— रामेछापको मन्थली नगरपालिका–१३ फुलासीमा बुधबार एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य उपचार तथा आँखा जाँच शिविर सम्पन्न भएको छ । वागती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको आयोजना तथा वडा कार्यालयको समन्वयमा आयुर्वेदिक तथा तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा आँखा जाँच शिविर भएको हो ।आयुर्वेदिक स्वास्थ्य शिविरमा करिब २ सय जनाले स्वास्थ्य सेवा लिएका आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका प्रमुख दीपक कार्कीले जानकारी दिए । उनका अनुसार शिविरमा बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।चिकि

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 505 पटक पढिएको
  • चलचित्रमा हिंसात्मक दृश्यले मानसिक असर बढाउँछ : आनन्द अधिकारी

    काठमाडौं । गीतकार आनन्द अधिकारीले चलचित्रमा गीतको भूमिका तथा गीतकारको हकअधिकारसम्बन्धी कार्यशाला कार्यक्रममा बोल्दै गीतलाई चलचित्रको ‘प्राण’का रूपमा व्याख्या गरेका छन् ।कार्यक्रममा उनले चलचित्रको संरचना र प्रभावबारे विस्तारमा चर्चा गर्दै चलचित्रले समाजको यथार्थ, मानवीय संवेदनालाई प्रस्तुत गर्ने हुँदा यस्तो शक्तिशाली माध्यमभित्र गीतको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका हुन् ।उनले भने, ‘चलचित्र केवल दृश्यहरूको श्रृङ्खला वा समुह मात्र होइन, यो भावना, विचार र कथाको एक सशक्त माध्यम हो । चलचित्रले समाजको यथार्थ, मानवीय संवेदना र कल्पनालाई प्रस्तुत गर्छ । यस्तो शक्तिशाली माध्यमभित्र गीतको भूमिका अ

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 207 पटक पढिएको
  • निर्वाचनमा पार्टीका सदस्यहरुले गरेको अनुशासन उल्लङ्घनको उजुरी पठाउन समितिको निर्देशन

    काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन –२०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लङ्घन गरेमा यही चैत्र मसान्तभित्र उजुरी पठाउन निर्देशन दिएको छ ।बुधबार बसेको समितिको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन– २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लङ्घन गरेको भए सोको उजुरी चैत्र मसान्तभित्र नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन दिने निर्णय गरेको समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।उनले भने,‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लङ्घन गरेका भए सोको उजुरी चैत्र मसान्तभ

    • प्रकाशित मितिः चैत १८, २०८२
    • 140 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.