काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार हिजो चाँदी प्रतितोला४ हजार ९४५ रुपैयाँमा कारोवार भएको थियो ।