काठमाडौं— नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । अध्यक्ष पदमा कालिका कन्सट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) प्रतिस्पर्धामा छन् ।

लामा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठको उम्मेदवारी छ ।

पाण्डे प्यानलबाट वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव धिरेन्द्र दाहाल र कोषाध्यक्ष उज्ज्वल गौतम छन् । स्वतन्त्र रूपमा प्रमोद लामिछाने उपमहासचिव पदमा उत्रेका छन् ।

महाधिवेशनबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय कार्यसमिति चयन हुनेछ । लुम्बिनीबाट केन्द्रीय उपाध्यक्षमा सहदेव खड्का निर्विरोध भएका छन् । खड्का पाण्डे प्यानलका हुन्  ।