समाज

    Showing ३,२२१-३,२३० of ११,१६२ items.
  • रोवा गाउँमा अस्थायी प्रहरी पोस्ट स्थापना

    मुगु— मुगुको छायाँनाथ रारा नगरपालिका–११ रोवा गाउँमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुले दुर्गम ठाउँमा रहेको उक्त गाउँ आसपासका बस्तीलाई मध्यनजर गरी अस्थायी प्रहरी पोस्टको स्थापना गरेको हो । तत्कालका लागि एकजना प्रहरी वरिष्ठ हवलदार वीर बहादुर ताम्राकारसहित चारजना प्रहरी जवान सिपाही रहने गरी अस्थायी प्रहरी पोस्टको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए ।छायाँनाथ रारा नगरपालिका– ११ मा पर्ने रोवागाउँको प्रभात माविको विद्यालय नजिक अस्थाई प्रहरी पोष्टको कार्यालय स्थापना भएको उनको भनाई छ । विशेष गरेर वडा नं १०, ११ र १२

    • प्रकाशित मितिः चैत २३, २०८२
    • ४७० पटक पढिएको
  • कम्बोडियाका स्क्यामिङ सेन्टरबाट ७ नेपालीको उद्धार

    काठमाडौं— विभिन्न व्यक्तिको प्रलोभनमा परि कम्बोडिया पुगेर अवैधरूपमा अनलाइन ठगी र क्यासिनोमा काम गर्न बाध्य पारिएका ७ जना नेपालीको उद्धार गरिएको छ ।थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको हो ।गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरू चैत २२ गते कम्बोडियाबाट उडेर २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको दूतावासले विज्ञप्ति जारी गरे जानकारी दिएको छ । दलालको फन्दामा परेर कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएक

    • प्रकाशित मितिः चैत २३, २०८२
    • ५८७ पटक पढिएको
  • कपिलवस्तुमा १५ दिनअघिको झडपमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु

    कपिलवस्तु— कपिलवस्तुको महाराजगञ्ज नगरपालिका- वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।महाराजगञ्ज नगरपालिका-भुटहनियाका २२ वर्षीय जितेन्द्र यादवको आज चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए।चिकित्सकका अनुसार यादवको अवस्था सुधार हुँदै गएको भन्दै उनलाई वार्डमा सारिएको थियो। तर वार्डमै उपचारका क्रममा उनको मृत्यु भएको हो।गत चैत ७ गते वरगदा गाउँमा हिन्दु-मुस्लिम समुदायबीच भएको झडपपछि स्थिति तनावग्रस्त बनेको थियो। सोही क्रममा भीड नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीले फायरि

    • प्रकाशित मितिः चैत २३, २०८२
    • ५९४ पटक पढिएको
  • नेकपाको कार्य संयोजन समितिको बैठक जारी

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएको छ ।बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बसिरहेको छ ।

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १६६ पटक पढिएको
  • सिराहा नगरपालिकामा विवाद : मेयर डा.यादवमाथि कर्मचारी कुटेको आरोप

    सिराहा । सिराहा नगरपालिकामा कार्यरत कर्मचारीमाथि कुटपिट भएको गम्भीर आरोप सार्वजनिक भएपछि स्थानीय तहमा हलचल मच्चिएको छ ।नगरपालिकाका कार्यालय सहयोगी (का.सा.) रामशरण यादवले मेयर डा.नवीन यादवले आफूमाथि कुटपिट गरेको आरोप लगाउँदै सञ्चारमाध्यममार्फत घटना सार्वजनिक गरेका हुन् ।पीडित रामशरण यादवका अनुसार, उनी नियमित रूपमा बिहान करिब ९ बजे कार्यालयमा हाजिर लगाउन पुगेका थिए । सोही क्रममा मेयर डा। नवीन यादवले उनलाई ‘तिमी दरबन्दीमा हौ, कि काजमा रु’ भनेर सोधेका थिए। त्यसको जवाफमा उनले आफू काजमै रहेको बताएका थिए ।राम शरणका अनुसार, त्यसपछि मेयरले हाजिर लगाउन पर्दैन भनेका थिए । तर, उनी आफ्नो कर्तव्यअनुसार हाजि

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १९८ पटक पढिएको
  • पूँजीबजार सुधारका लागि ब्रोकर एशोसिएशनले बुझायो अर्थमन्त्रीलाई ६ बुँदे मागपत्र

    काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालले पूँजीबजारमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै ६ बुँदे मागपत्र बुझाएको छ । एशोसिएशनका महासचिव भक्तिराम घिमिरेद्वारा हस्ताक्षरित पत्रमा हाल बजारमा ५६ लाखभन्दा बढी लगानीकर्ता र ५२ वटा ब्रोकरहरू सक्रिय रहेको अवस्थामा नयाँ सरकार र अर्थमन्त्रीबाट ठूलो आशा राखिएको उल्लेख गरिएको छ । धितोपत्र दलाल व्यवसायीहरूले भोग्दै आएका समस्याहरू समाधान भएमा मात्र पूँजीबजारको विकास हुने र लगानीकर्ताको मनोबल बढ्ने विश्वास एशोसिएशनले व्यक्त गरेको छ ।सुधारका लागि अघि सारिएका मागहरूमा पूँजीबजार सुधार कार्यदलले दिएका तर हालसम्म कार्यान्वय

    • प्रकाशित मितिः चैत २३, २०८२
    • २१२ पटक पढिएको
  • ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक

    काठमाडौं । फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ । पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ लाई युट्युबमा एक करोड बढी भ्यूज प्राप्त भएपछि निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएको दोस्रो गीत ‘मिठो संसार’ मा फिल्मकी दुई कलाकार स्वस्तिमा खड्का, प्रशंसा सुवेदी, बालकलाकार समाइरा थापा लगायत फिचर्ड छन् ।फिल्मका दृश्यहरूलाई समावेश गरेर तयार गरिएको गीतमा समीक्षा अधिकारीसँगै दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर छ । गीतमा शब्द, सङ्गीत जयन जे वाइवाको रहेको छ ।फिल्म ’लालीबजार’ को प्रदर्शन मिति आगामी वर्ष वैशाख १८ गतेलाई तय गरिएको छ ।

    • प्रकाशित मितिः चैत २३, २०८२
    • २२१ पटक पढिएको
  • एसईई : हरेक विहान परीक्षा केन्द्रमा शिक्षकको माया : ‘गड ब्लेस यू’

    काठमाडौं । देशभर अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेको छ । परीक्षा केन्द्रहरूमा विद्यार्थीहरू आफ्नो भविष्यको महत्त्वपूर्ण मोड पार गर्न व्यस्त छन् । तर यो केवल प्रश्नपत्र र उत्तरको मात्र कुरा होइन, यससँग जोडिएको छ भावनात्मक सम्बन्ध, आशा, चिन्ता र माया ।यस्तै एउटा मनछुने दृश्य ललितपुर धापाखेलस्थित जेम्स स्कूलका शिक्षकले विद्यार्थीप्रति देखाएको सहानुभूतिबाट स्पष्ट हुन्छ । त्यहाँका भाइस प्रिन्सिपल राम प्रसाद बस्याल प्रत्येक दिन परीक्षा सुरु हुनुअघि केन्द्रको गेटमा उभिन्छन् ।विद्यार्थीहरू भित्र छिर्नुअघि उनीहरूलाई मुस्कानसहित ‘गड ब्लेस यू’ भन्दै आशीर्वाद दिन्छन् । उनका शब्दहरू केवल श

    • प्रकाशित मितिः चैत २३, २०८२
    • २२४ पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ४०० रुपैयमा कारोबार भएको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः चैत २३, २०८२
    • २१७ पटक पढिएको
  • निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने निर्णयप्रति मिडिया सोसाइटीको आपत्ति

    काठमाडौं । निजी सञ्चारमाध्यममा सरकारी सूचना तथा विज्ञापन प्रकाशनरप्रसारण गर्न रोक लगाउने सरकारको हालैको निर्णयप्रति नेपाल मिडिया सोसाइटीले आपत्ति जनाएको छ ।सोसाइटीले उक्त कदम संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता, उदार आर्थिक नीतिको मर्म र संघीय व्यवस्थाको भावना विपरीत भएको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको परिपत्रअनुसार अबदेखि सरकारी सूचना र विज्ञापन केवल सरकारी सञ्चारमाध्यम गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत मात्र सार्वजनिक गरिने व्यवस्था गरिएको छ ।यस निर्णयले निजी मिडियाको भूमिकालाई कमजोर बनाउने र सञ्चार क्षेत्र

    • प्रकाशित मितिः चैत २३, २०८२
    • २६० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.