मुगु— मुगुको छायाँनाथ रारा नगरपालिका–११ रोवा गाउँमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुले दुर्गम ठाउँमा रहेको उक्त गाउँ आसपासका बस्तीलाई मध्यनजर गरी अस्थायी प्रहरी पोस्टको स्थापना गरेको हो । तत्कालका लागि एकजना प्रहरी वरिष्ठ हवलदार वीर बहादुर ताम्राकारसहित चारजना प्रहरी जवान सिपाही रहने गरी अस्थायी प्रहरी पोस्टको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले बताए ।
छायाँनाथ रारा नगरपालिका– ११ मा पर्ने रोवागाउँको प्रभात माविको विद्यालय नजिक अस्थाई प्रहरी पोष्टको कार्यालय स्थापना भएको उनको भनाई छ । विशेष गरेर वडा नं १०, ११ र १२ वडाका बासिलाई लक्षित गरेर झन्डै १० हजार बढी नागरिक लाभान्वित हुने जानकारी दिए । आइतबार एक कार्यक्रमका बिच छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भाम , प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री , उपमेयर ऐश्वर्या मल्ल र डिएसपि थपलियाले सयुक्त रुपमा उद्धघाटन गरेका हुन । अस्थायी प्रहरी पोस्टको उद्घाटन गर्दै मेयर भामले भने लामो समयको प्रयासपछि प्रहरी पोस्ट स्थापना गरिएको बताए । लामो समयको अथक प्रयासपछि तत्कालका लागि अस्थायी पोस्टसम्म भए पनि स्थापना गर्न सफल भएका छौँ ।
प्रहरी पोस्ट स्थापना हुँदा गाउँघरमा हुने सामान्य झैझगडा, महिला हिंसा, चोरी सिकारी लगायतका सामान्यदेखि जटिल खाले घटना हुँदा जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता हटेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । त्यति मात्र नभई गाउँ घरमा हुने सामान्य झैझगडा अब प्रहरी चौकिमै न्याय मिल्ने र न्यायिक समिति सम्म नपुग्ने उपमेयर ऐश्वर्या मल्लको भनाई छ । न्यायिक समिति सम्म यस्ता घटना नपुग्नु र गाउँघरमै समाधान हुनु राम्रो पक्ष रहेको उनको भनाई छ । कार्यक्रममा ११ नम्वरका वडा अध्यक्ष कुञ्जुमा कुमाई , सेनानी खड्ग श्रेष्ठ सहित अन्य सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।






































