समाज

    Showing 2,961-2,970 of 11,162 items.
  • नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

    काठमाडौं— चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा सरकारले लक्ष्यको ८४.११ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म कुल ८ खर्ब ९१ अर्ब ५६ करोड २९ लाख रुपैयाँ राजस्व उठेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो ।संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा मूल्य अभिवृद्धि कर (भ्याट) बाट २ खर्ब ६१ अर्ब ४१ करोड र आयकरबाट २ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ प्राप्त भएको छ । चैत महिनामा मात्रै लक्ष्यको ९३ प्रतिशतभन्दा बढी राजस्व संकलन हुनुलाई सकारात्मक मानिएको छ । राजस्व संकलनमा सुधार देखिए पनि सरकारको विकास खर्च (पुँजीगत खर्च) को अ

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 434 पटक पढिएको
  • हाईस–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    धनगढी— कैलालीमा यात्रुवाहक हाईस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ।मंगलबार साँझ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–७ गुलारामा सुदूरपश्चिम प्रदेश ०१००१ ज १४२१ नम्बरको हाईस र सुदूरपश्चिम प्रदेश ०१०१३ प ५१३९ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।दुर्घटनामा मोटरसाइकलमा सवार ३३ वर्षीय गगन राना मगर र २४ वर्षीय पुष्प सुनार गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार हाईस नियन्त्रणमा लिइएको छ भने चालक फरार रहेका कारण खोजी कार्य जारी छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 423 पटक पढिएको
  • हिन्द महासागरमा डुंगा पल्टिँदा २५० आप्रवासी बेपत्ता

    एजेन्सी— संयुक्त राष्ट्रसंघीय शरणार्थी तथा आप्रवासन निकायका अनुसार उत्तरपूर्वी हिन्द महासागरस्थित अन्डमान सागरमा डुंगा पल्टिँदा बालबालिकासहित २५० रोहिंग्या र बंगलादेशी बेपत्ता भएका छन्।समाचार एजेन्सीहरूका अनुसार बंगलादेशबाट मलेसिया जाँदै गरेको ट्रलर (माछा मार्ने डुंगा) तीव्र हावा, खतरनाक समुद्री अवस्था र अत्यधिक भिडभाडका कारण डुबेको हो। बंगलादेश तटरक्षकले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार अप्रिल ९ मा उनीहरूको एउटा जहाजले नौ जनालाई डुंगाबाट उद्धार गरेको थियो। यद्यपि डुंगा कहिले पल्टियो भन्ने कुरा अझै स्पष्ट छैन।म्यानमारको अल्पसंख्यक समुदाय रोहिंग्या २०१७ मा भएको हिंसात्मक कारबाहीपछि ठुलो

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 529 पटक पढिएको
  • ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— प्रहरीले ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्क बस्ने ३१ वर्षीय लोब्साङ बोम्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा पीडितलाई २०८२ साउन १२ गते खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परी हिरासतमा रहेका र २०८२ भदौ २४ गतेको आन्दोलनमा प्रहरी वृत्त बौद्धको हिरासतबाट भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्कबाट पक्राउ गरेको हो ।उनल

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 485 पटक पढिएको
  • मध्यपुर थिमिमा सिन्दूर जात्रा मनाइँदै

    भक्तपुर— भक्तपुरको मध्यपुर थिमिमा हरेक वर्ष वैशाख २ गते मनाइने बिस्का जात्राअन्तर्गत आज सिन्दूर जात्रा मनाइएको छ । परम्परागत रूपमा मनाइने यस जात्रामा स्थानीय बासिन्दाहरूले एकअर्कामाथि सिन्दूर लगाएर यो जात्रा मनाउछन् । यो जात्रा बिस्का जात्राको महत्वपूर्ण अंश मानिन्छ, जसले नयाँ वर्षको आगमनसँगै समुदायमा एकता र उमङ्ग ल्याउने विश्वास गरिन्छ ।

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 478 पटक पढिएको
  • तराई मधेशमा माटो खेलेर जुडशितल पर्व मनाइँदै

    जनकपुर— तराई मधेशमा आज माटो खेलेर जुडशितल पर्व मनाइँदै छ । बैशाख २ गत्ते तराई मधेशमा ठूला बडाले आफू भन्दा सानोको टाउकोमा शितल जल हालेर आर्शिवाद दिने र माटो पनि खेल्ने परम्परा रहेको छ ।तराई मधेश क्षेत्रमा आजबाट गर्मी बढ्दै जाने मानिन्छ । माटोले शरीरलाई शितल बनाउने र अन्य पोषण प्रदान गर्ने विश्वासका साथ आजको दिन माटो खेल्ने गरिन्छ । जनकपुरधाममा आजको दिनलाई विशेष उत्सव झैं मनाईन्छ । जनकपुरधामका विभिन्न पोखरी, ताल तलैयाहरुमा स्थानीयहरु जम्मा भएर एक अर्कालाई आर्शिवाद दिनुका साथै माटो दलेर जुडशितल मनाउने गर्छन । सोही क्रममा आज प्रतिनिधिसभा सदस्य रास्वपाका पर्वक्ता मनिष झाले पनि जनकपुरधामको अरगज्जा प

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 550 पटक पढिएको
  • सिरुवाको रौनकमा कोशी, आज सार्वजनिक बिदा

    विराटनगर— नयाँ वर्षको सुरुवातसँगै कोशी प्रदेशका तराई जिल्लाहरू यतिबेला सिरुवा पर्वको उत्साहमा डुबेका छन् । झापा, मोरङ र सुनसरीका गाउँ–बस्तीहरूमा पानी, हिलो र रङको खेलले सांस्कृतिक जीवन्तता झल्किएको छ भने प्रदेश सरकारले दिएको सार्वजनिक बिदाले पर्वको रौनक झन् बढाएको छ ।राजवंशी, थारु, ताजपुरिया, धिमाल, मेचे, गनगाई, माझी लगायतका आदिवासी समुदायहरू परम्परागत विधि, पूजा–पाठ र आपसी सद्भावसहित सिरुवा मनाइरहेका छन् । नयाँ वर्षसँगै सुरु हुने यो पर्व केवल मनोरञ्जनमा सीमित नभई प्रकृति, शरीर र समाजबीच सन्तुलन कायम गर्ने गहिरो सन्देश बोकेको सांस्कृतिक अभ्यासका रूपमा स्थापित छ ।जुरशीतलका नामले समेत परिचित सिर

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 472 पटक पढिएको
  • एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं— एपोलो हाइड्रोपावर लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज (बैशाख २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ खुला गरिएको हो ।कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये ४ लाख ७० हजार कित्ता स्थानीय बासिन्दालाई, ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहे

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 442 पटक पढिएको
  • दोस्रो राष्ट्रिय आर्थिक गणना आजदेखि सुरु, असार पहिलो सातासम्म तथ्यांक संकलन हुने

    काठमाडौं— देशको समग्र आर्थिक गतिविधिको यथार्थ चित्रण गर्ने उद्देश्यले दोस्रो राष्ट्रिय आर्थिक गणना आजदेखि औपचारिक रूपमा सुरु भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गणनाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ भने गणक तथा सुपरीवेक्षकहरू देशभरि सम्बन्धित क्षेत्रमा खटिइसकेका छन् ।निर्धारित कार्यतालिकाअनुसार आगामी असारको पहिलो साताभित्र स्थलगत तथ्यांक संकलन सम्पन्न गरिनेछ । यसका लागि करिब ५ हजार जनशक्ति परिचालन गरिएको कार्यालयले जनाएको छ । यस गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाहरूको संख्या, प्रकृति, लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाहलगायत आर्थिक क

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 426 पटक पढिएको
  • दुर्गमका नागरिकको सपना साकार: बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना

    बाजुरा— दुर्गमका क्षेत्रका नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्य सहित बाजुराको पूर्वी उत्तरी क्षेत्रको बुढी नन्दा नगरपालिका २ कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।मंगलबार गृह मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख काली प्रसाद पराजुलीले औपचारिक रूपमा कार्यालयको उद्घाटन गरेका हुन्।माथिल्लो क्षेत्रका चार पालिकाका नागरिकले राज्यको सेवा लिनका मार्तडीमा धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो।कोल्टी मा नागरिकता सहित मालपोत र नापीको कार्य सञ्चालन समेत हुने भएपछि यहाँका चार पालिकाका नागरिकले सहज रूपमा सेवा पाउने भएका हुन्।यस अघि माथिल्लो क्षेत्रका नागरिक न्यूनतम १५ हजार खर्चेर नागरिकता लगायतका

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 424 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.