धनगढी— कैलालीमा यात्रुवाहक हाईस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ।

मंगलबार साँझ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–७ गुलारामा सुदूरपश्चिम प्रदेश ०१००१ ज १४२१ नम्बरको हाईस र सुदूरपश्चिम प्रदेश ०१०१३ प ५१३९ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।

दुर्घटनामा मोटरसाइकलमा सवार ३३ वर्षीय गगन राना मगर र २४ वर्षीय पुष्प सुनार गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हाईस नियन्त्रणमा लिइएको छ भने चालक फरार रहेका कारण खोजी कार्य जारी छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।