समाज

    Showing 2,731-2,740 of 11,162 items.
  • अध्यक्ष साम्पाङ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा

    काठमाडौं— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् ।उनले ‘संविधान संशोधन कार्यशाला २०८३’ जारी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा आफ्नो प्रस्ताव अघि सारेका हुन् ।उनले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, सरकार गठन गर्दा निर्वाचित कार्यकारी प्रमुखका व्यक्तिहरूले लिएर मन्त्री परिषद् गठन गरिने, मन्त्री परिषद् चयन गर्दा सभ्यता, जाति, समुदाय र लिङ्गका आधारमा समावेशी प्रकार र चरित्र चुन्नुपर्ने उल्लेख छ ।त्यस्तै सरकार सञ्चालनको कार्यविधि तय गर्ने, कानुन तय गर्ने, सरकारको काम सम्बन्धित कार्यव

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 477 पटक पढिएको
  • सरस्वती क्याम्पसका विद्यार्थीहरुले गरे विरोध प्रदर्शन

    काठमाडौं— ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थीहरूले बढ्दो महँगीविरुद्ध विरोध प्रदर्शन गरेका छन्।बिहीबार क्याम्पस परिसरमा भेला भएका विद्यार्थीहरूले विभिन्न नारासहित ब्यानर र प्लेकार्ड प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रदर्शनका क्रममा उनीहरूले महँगी नियन्त्रण गर्न, विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय फिर्ता लिन तथा विद्यार्थीलाई प्रदान गरिने ४५ प्रतिशत छुट तुरुन्त लागू गर्न माग गरेका थिए।विद्यार्थीहरूले वर्तमान आर्थिक अवस्थाले दैनिक जीवनमा असर पारेको उल्लेख गर्दै सम्बन्धित निकायले शीघ्र समाधान नगरे थप कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्।

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 415 पटक पढिएको
  • धनगढीमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न माग, रास्वपाका युवा नेताहरुले बुझाए ज्ञापन

    धनगढी— सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न माग गर्दै रास्वपाको जेनजी समूहले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएको छ ।राति १० बजेपछि होटल तथा रेष्टुरेन्ट बन्द गरिने वर्तमान व्यवस्था समयसापेक्ष नदेखिएको यसले व्यापार, पर्यटन, रोजगारी, सेवा प्रवाह तथा समग्र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको रास्वपाको ठहर छ ।‘धनगढीलाई चलायमान, लगानीमैत्री र आधुनिक बजारका रूपमा विकास गर्न रात्रिकालीन व्यवसाय सञ्चालनको वातावरण आवश्यक देखिन्छ। काठमाडौंलगायत देशका मुख्य सहरमा २४ घण्टा व्यवसाय सञ्चालनको अभ्यास सफल रहेको सन्दर्भमा धनगढीमा

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 582 पटक पढिएको
  • असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल’ बैठक बस्दै

    काठमाडौं— प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल–२०८२’ दोस्रो बैठक आज बस्दैछ ।बैठक दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरू र कार्यदलको आगामी कामकारबाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 492 पटक पढिएको
  • यती एयरलाइन्समा अवसर

    काठमाडौं— यती एयरलाइन्समा रोजगारी अवसर खुलेको छ। एयरलाइन्सले काठमाडौंका लागि मानव संसाधन (एचआर) प्रमुख पदका लागि रोजगारी अवसर खुला गरेको छ। उक्त पदमा नियुक्त हुनेले संस्थाको समग्र व्यावसायिक लक्ष्यअनुसार मानव संसाधन रणनीति निर्माण र कार्यान्वयन गर्ने जिम्मेवारी सम्हाल्नु पर्ने बताइएको छ।आवेदकले मानव संसाधन, व्यवसाय प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, कम्तीमा १० देखि १५ वर्षसम्मको मानव संसाधनसम्बन्धी अनुभव र त्यसमध्ये कम्तीमा ५ वर्ष नेतृत्व तहमा काम गरेको अनुभव अनिवार्य छ।नेपालको श्रम कानुन र मानव संसाधन अभ्यासबारे राम्रो ज्ञान, उत्कृष्ट नेतृत्व

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 448 पटक पढिएको
  • मोतिराज खनाल र शान्तिश्री परियारको आवाजमा “बिर्सु कसरी” सार्वजनिक

    काठमाडौं— नव कलाकार कलाकार नबराज गौतमको वास्तविक जीवन घटनामा आधारित लोक गीत “बिर्सु कसरी” सार्वजनिक भएको छ। सानुको सम्झनामा तयार गरिएको यस गीतमा लोकप्रिय गायक मोतिराज खनाल र लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ।गीतको शब्द रचना स्वयं नबराज गौतमकै रहेको छ भने संगित गायक मोतिराज खनालले तयार गर्नुभएको हो। गीतको सङ्गीत संयोजन (एरेन्ज) महेन्द्र भण्डारीले गरेका छन, जसले गीतलाई अझ कर्णप्रिय बनाएको छ।यस गीतको म्युजिक भिडियोमा नबराज गौतम, सरिता ढुंगाना, भगवान भण्डारी, चन्दा बिडारी, कमला भुजेल, सागर गिरी, गीता खनाल, कृष्टीना शाह, सरिता कुवर, सिद्धार्थ कंडेल, साइब्रीना थिङ, बिक्रम थापा,

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 642 पटक पढिएको
  • स्वास्थ्य मन्त्रालयमा प्रा.डा. मनोहर प्रधान विज्ञ सल्लाहकार नियुक्त

    काठमाडौं— निशा मेहता नेतृत्वको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रा.डा. मनोहर प्रधानलाई प्रमुख विज्ञ सल्लाहकारको जिम्मेवारी दिने निर्णय भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई उक्त पदका लागि सिफारिस गरेपछि सरकारले औपचारिक नियुक्तिको प्रक्रिया अघि बढाएको हो। मन्त्रालय स्रोतका अनुसार प्रा.डा. प्रधानलाई अवैतनिक विज्ञ सल्लाहकारका रूपमा नियुक्ति पत्र प्रदान गरिने तयारी भइरहेको छ।चिकित्सा र प्राध्यापन क्षेत्रमा लामो अनुभव हासिल गरेका प्रधानको नियुक्तिले मन्त्रालयको नीतिगत र प्राविधिक कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। चितवनलाई कार्यथलो बनाएर स्वास्थ्य सेवा र शि

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 471 पटक पढिएको
  • शेखर गोल्छालाई पक्राउ गर्न प्रहरी भैरहवा पुगे

    काठमाडौं— हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष तथा शेखर गोल्छालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गर्न भैरहवा पुगेको छ। उनलाई भैरहवा क्षेत्रबाट पक्राउ गर्ने सुरक्षा स्रोतहरूले जानकारी दिएको छ।उनलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा राखिने प्रहरी स्रोतको छ। यद्यपि, उनीमाथि लागेका आरोपहरू र पक्राउको ठोस कारणबारे अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।अनुसन्धान प्रक्रियामै रहेको कारण विस्तृत विवरण तत्काल सार्वजनिक गर्न नसकिने सुरक्षा निकायको भनाइ छ।निजी क्षेत्रका चर्चित व्यवसायी शेखर गोल्छा हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष हुनुका साथै नेपाल उद्योग वाणिज्य मह

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 521 पटक पढिएको
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।बैठक आज १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 164 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको हो । हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार १३० रुपैयाँ रहेको थियो ।

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 177 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.