काठमाडौं— हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष तथा शेखर गोल्छालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गर्न भैरहवा पुगेको छ। उनलाई भैरहवा क्षेत्रबाट पक्राउ गर्ने सुरक्षा स्रोतहरूले जानकारी दिएको छ।

उनलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा राखिने प्रहरी स्रोतको छ। यद्यपि, उनीमाथि लागेका आरोपहरू र पक्राउको ठोस कारणबारे अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

अनुसन्धान प्रक्रियामै रहेको कारण विस्तृत विवरण तत्काल सार्वजनिक गर्न नसकिने सुरक्षा निकायको भनाइ छ।

निजी क्षेत्रका चर्चित व्यवसायी शेखर गोल्छा हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष हुनुका साथै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहिसकेका छन्।