काठमाडौं— ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थीहरूले बढ्दो महँगीविरुद्ध विरोध प्रदर्शन गरेका छन्।
बिहीबार क्याम्पस परिसरमा भेला भएका विद्यार्थीहरूले विभिन्न नारासहित ब्यानर र प्लेकार्ड प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रदर्शनका क्रममा उनीहरूले महँगी नियन्त्रण गर्न, विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय फिर्ता लिन तथा विद्यार्थीलाई प्रदान गरिने ४५ प्रतिशत छुट तुरुन्त लागू गर्न माग गरेका थिए।
विद्यार्थीहरूले वर्तमान आर्थिक अवस्थाले दैनिक जीवनमा असर पारेको उल्लेख गर्दै सम्बन्धित निकायले शीघ्र समाधान नगरे थप कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्।






































