काठमाडौं— यती एयरलाइन्समा रोजगारी अवसर खुलेको छ। एयरलाइन्सले काठमाडौंका लागि मानव संसाधन (एचआर) प्रमुख पदका लागि रोजगारी अवसर खुला गरेको छ। 

उक्त पदमा नियुक्त हुनेले संस्थाको समग्र व्यावसायिक लक्ष्यअनुसार मानव संसाधन रणनीति निर्माण र कार्यान्वयन गर्ने जिम्मेवारी सम्हाल्नु पर्ने बताइएको छ।

आवेदकले मानव संसाधन, व्यवसाय प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। 

साथै, कम्तीमा १० देखि १५ वर्षसम्मको मानव संसाधनसम्बन्धी अनुभव र त्यसमध्ये कम्तीमा ५ वर्ष नेतृत्व तहमा काम गरेको अनुभव अनिवार्य छ।

नेपालको श्रम कानुन र मानव संसाधन अभ्यासबारे राम्रो ज्ञान, उत्कृष्ट नेतृत्व, सञ्चार तथा अन्तरव्यक्तिगत सीप भएका उम्मेदवारलाई प्राथमिकता दिइने एयरलाइन्सको भनाइ छ।  

उड्डयन वा सेवा क्षेत्रमा काम गरेको अनुभव भएकालाई विशेष प्राथमिकता दिइने बताइएको छ।

इच्छुकले वैशाख २४ गतेसम्मआवेदन दिन सक्नेछन्।