समाज

    Showing 2,031-2,040 of 8,992 items.
  • मौसम पूर्वानुमानः तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु लाग्ने

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बादल लागेको छ र बाँकी भू–भागमा भने मौसम सफा रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। देशको पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।आज राती तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेने

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 451 पटक पढिएको
  • आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ २२ गते बिहीबार फागुन कृष्ण पक्षको चतुर्थी तिथि । मेषः सञ्चित धन खर्च हुनेछ । खर्च कटौती गर्नुपर्ने समय छ । शिक्षामा गरेको लगानीबाट भविष्य बन्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।वृषः दिन राम्रो छ । सोचेको काम बन्नेछ । मन शान्त र खुशी रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।मिथुनः आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्ने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा ख्याल नगर्ने बानीले समस्या हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।कर्क

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 422 पटक पढिएको
  • ब्राउन सुगरसहित तीन व्यक्ति पक्राउ

    सुनसरी— सुनसरी जिल्लामा लागू औषध कारोबार विरुद्ध गरिएको अभियानका क्रममा ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले माघ २० गते सुनसरीको कोशी गाउँपालिका–१ र भोक्राहा नरसिंह गाउँपालिका–६ बाट उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा धनकुटा नगरपालिका–९ का सुक्दिप राई, सहिदभूमि गाउँपालिका–४ का साजन राई र सप्तरीका ईश्वर प्रसाद भगत रहेका छन्। सुक्दिप र साजनको साथबाट १० ग्राम ५२ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ भने ईश्वर प्रसाद भगतको साथबाट ३ ग्राम ०४ मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।पक्राउ प

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 515 पटक पढिएको
  • रमेश खरेलद्वारा प्रवल थापालाई मत दिने घोषणा

    काठमाडौं— नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले आसान्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं.१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापालाई मत दिने घोषणा गरेका छन् । एक टेलिभिजनको अन्तवार्ता कार्यक्रममा बोल्दै खरेलले सो घोषणा गरेका हुन् ।आफू अहिले कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको उल्लेख गर्दै खरेलले यसपटक थापालाई मतदान गर्ने बताएका हुन् । उनले भने–म सोही क्षेत्रको मतदाता हुँ, हाल स्वतन्त्र छु ।तर, इमानदारितापूर्वक भन्नुपर्दा मैले प्रवल थापालाई मतदान गर्नेछु ।’ २०७९ को निर्वाचनमा नेपाल सुशासन पार्टीका तर्फबाट सोही क्षेत्रमा उम्मेदवार रहेका खरेल उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्ट

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 510 पटक पढिएको
  • देशको अवस्थाले मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छः मन्त्री शर्मा

    काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतम शर्माले देशको वर्तमान आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थाले नागरिकको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको बताएकी छन् ।बुधबार लगनखेलस्थित मानसिक अस्पतालको अवलोकनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले आफूले सपथ ग्रहण गरेकै दिनदेखि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको बताइन् । उनले अहिलेको राष्ट्रिय परिस्थितिका कारण समाजमा विभिन्न किसिमका विचलनहरू देखापरेको र त्यसको प्रत्यक्ष प्रभाव मानसिक स्वास्थ्यमा परेको उल्लेख गरिन् ।“मानसिक स्वास्थ्यलाई मैले सपथ ग्रहणकै दिनदेखि प्राथमिकतामा राखेको थिएँ । देश जुन परिस्थितिब

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 506 पटक पढिएको
  • सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छः महेश बस्नेत

    काठमाडौं— नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचनमा कसैको एजेण्डा स्थापित गर्न र निश्चित उम्मेदवारलाई जिताउन सरकार नै माध्यम बन्न खोजेको जस्तो अवस्था देखिएको आरोप लगाएका छन् ।बुधबार काठमाडौंमा आयोजित सूर्य ध्वजावाहक उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले झापा–५ मा देखिएका पछिल्ला घटनाक्रमले निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको बताए ।उनले रास्वपाबाट झापा–५ का उम्मेदवार बनेका बालेन साहकी श्रीमतीको घरदैलो कार्यक्रममा सिभिल प्रहरी परिचालन हुनुका साथै उनीहरू स्वयं भोट माग्ने परिवेश देखिएको उल्लेख गर्दै यसले सरकार निर्वाचन प्रक्रियामा प्रत्यक्ष संलग्न भएको संकेत दिएको बताए ।बस्न

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 506 पटक पढिएको
  • विद्युत् चुहावट हुँदा बुढानीलकण्ठमा आगलागी

    काठमाडौं— काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा विद्युत् सर्ट हुँदा बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको छ।गएराति करिब ११ बजे विद्युत् सर्ट हुँदा चुनीखेल बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको र तीन घण्टापछि आज बिहान उक्त आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए। आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनकार्य सुरु गरिएको छ।उनले भने, “विद्युत् सर्ट हुँदा आगलागी भएको बुझिएको छ, राति हामीले मानवीयलगायतको उद्धार गरेका थियौँ, अहिले बिहानबाट क्षतिको विवरण सङ्कलनकार्य सुरु भएको छ।”यसैगरी आगलागी भएको ठाउँबाट सात

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 490 पटक पढिएको
  • पाठेघरको मुखको क्यान्सर रोकथामका लागि पाँच हजार बढी किशोरीलाई एचपिभी खोप लगाइने

    कञ्चनपुर— पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथामका लागि कञ्चनपुरमा आगामी माघ २७ गतेदेखि फागुन १ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ। स्वास्थ्य कार्यालयले जिल्लाका पाँच हजार ५०० छात्रा तथा किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ।स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनकबहादुर कुवँरका अनुसार यस वर्षको अभियानमा कक्षा ६ मा पढदै आएका छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई खोप लगाउने तयारी गरिएको छ।गत वर्षको अभिायनमा खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालयरका कोल्डचे

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 504 पटक पढिएको
  • नयाँ सोच र खोज अभियानद्वारा राजधानीमा खबरदारी सभा

    काठमाडौं— परिवर्तनका लागि नयाँ सोच र खोज अभियानले बुधबार राजधानीमा खबरदारी सभा गरेको छ । अभियानले पुरानो सोच, नीति र नेतृत्वका कारण देश अपेक्षित विकासको बाटोमा जान नसकेको ठहर गर्दै अब चुनाव मात्र होइन, नयाँ सोच र नयाँ खोज आवश्यक भएको सन्देश दिएको छ ।अभियानका अनुसार २०४७ सालपछि भएका हरेक निर्वाचनबाट सत्ता फेरिए पनि शासन प्रणाली, सोच र नियत नफेरिँदा जनजीवनमा वास्तविक रूपान्तरण हुन सकेन । राजनीतिक परिवर्तन भएजस्तो देखिए पनि आर्थिक समृद्धि, विकास र रोजगारी सिर्जना नहुँदा नेपालीहरू कामको खोजीमा विदेशिन बाध्य भएको अभियानको भनाइ छ ।खबरदारी सभामा बोल्ने वक्ताहरूले नयाँ सोच र खोजको उद्देश्य सत्ता कब्जा

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 481 पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा धादिङबाट पक्राउ

    धादिङ— २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गल्छी गाउँपालिका—१ बस्ने २४ वर्षीय बिशाल खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।बिशालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 482 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.