काठमाडौं— आज तिन वटा संसदीय समितिको बैठक बस्दै छ ।

अर्थ समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।

आज बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा आ.ब. २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्ञहरूसँग छलफल हुने कार्यसूची छ । 

यसैगरी, बिहान ११ बजे राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको संयुक्त बैठक बस्ने भएको छ ।

बैठकमा भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको होल्डिङ्ग सेन्टरको अनुगमनको समीक्षा तथा विविध विषयमा छलफल हुने छ ।