काठमाडौं— गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरिएको छ ।

बिहीवार सूचना तथा सञ्चार मन्त्रालयले एक सूचना जारि गर्दै महाप्रबन्धक पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी नियुक्त गर्न दरखास्त आह्वान गरेको जनाएको छ ।

प्रकाशित सूचनाअनुसार इच्छुक तथा योग्य व्यक्तिले यहि जेठ १८ गते सोमबार कार्यालय समयभित्र दरखास्त पेश गर्न सक्नेछन् । उम्मेदवारका लागि आवश्यक योग्यता, दरखास्त फाराम, संलग्न गर्नुपर्ने कागजात तथा अन्य विस्तृत जानकारी मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।

मन्त्रालयले तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन दिन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

bivag