समाज

    Showing 2,011-2,020 of 11,162 items.
  • पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

    वीरगन्ज— समयमा काम सम्पन्न नगरेको भन्दै पप्पु कन्ट्रक्सन प्रालिका संचालक सुमित रौनियारको नाममा पक्राउ आदेश जारी भएको छ ।विगो सम्बन्धि मुद्दामा दोषि ठहर भइ दुई वर्ष कैदको सजाय तोकिएका रौनियारलाई पक्राउ गरी उपस्थित गराउन पर्सा जिल्ला अदालतले प्रहरीको नाममा पक्राउ पुजी जारी गरेको हो ।वीरगन्ज महानगरपालिका वडा नम्बर १४ निवासी प्रमोद निर्माण सेवाका संचालन मनोज पटेलले दिएको विगो सम्बन्धि मुद्दामा दोषि ठहर भएका रौनियालाई पक्राउ गर्न पर्सा जिल्ला अदालतले गत बैशाख ३१ गते प्रहरीको नाममा आदेश जारी गरेको हो ।आदेश जारीभएको सात दिन वित्दा समेत रौनियारलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गर्न सकेको छैन ।

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 469 पटक पढिएको
  • सडक दुर्घटनामा दैनिक आठ नेपालीको मृत्यु, राष्ट्रिय ट्रमा नीति ल्याउन कार्कीको माग

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले सडक दुर्घटनालाई राष्ट्रिय संकटको रूपमा चित्रण गर्दै राष्ट्रिय ट्रमा नीति आवश्यक रहेको बताएकी छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्तै गम्भीर भएपनि राज्यको प्राथमिकतामा नपरेको टिप्पणी गरिन् ।उनका अनुसार नेपालमा दैनिक औसत आठ जना सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । ‘बिहान घरबाट निस्किएका धेरै नेपाली बेलुका घर फर्किन सक्दैनन्। कसैको बुबा फर्किंदैनन्, कसैको छोरा–छोरी र कसैकी आमाको काख रित्तो हुन्छ,’ उनले भनिन् ।सांसद कार्कीले प्रहरी मुख्यालयको तथ्यांक उद्धृत गर्दै वर

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 588 पटक पढिएको
  • देशका विभिन्न भागमा तापक्रम अझै बढ्ने, बाढीपहिरोको जोखिम कायमै

    काठमाडौं— विगत केही दिनदेखि काठमाडौं उपत्यकामा गर्मी बढेको छ । केही स्थानमा निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेको छ भने देशका केही स्थानमा पानी पर्ने सम्भावना समेत छ ।यसै सन्दर्भमा नेपाल न्यूज बैंकले वरिष्ठ मौसमविद् विभूति पोखरेलसँग गरेको कुराकानीमा उनले नेपालमा हाल पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखा पूर्वी क्षेत्रको नजिक रहेका बताएकी छन् ।उनले बिस्तारै मध्य भागमा वर्षा रोकिने र अत्यधिक गर्मी तथा तापक्रम बढ्ने जानकारी दिइन् । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागहरूमा तातो दिनको अवस्था रहेकाले पूर्वतयारी अवस्थामा रहनुपर्ने उनको सुझाव छ ।हालको अवस

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 583 पटक पढिएको
  • ‘काजी’ प्रदर्शनको तयारीमा, खुला गरिएका शोको टिकट बिक्री धमाधम

    काठमाडौं— आगामी जेठ ८ गते अर्थात् भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘काजी’ को अग्रिम टिकट बुकिङ तथा बिक्री खुला गरिएसँगै दर्शकको आकर्षण बढेको निर्माण पक्षले दाबी गरेको छ ।फिल्मको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ यसको बढ्दो उत्साहलाई ध्यानमा राखेर देशभरका मल्टिप्लेक्सले फिल्मलाई शो उपलब्ध गराएका छन्, जहाँ दर्शकको चासो र आकर्षण बढेको पाइएको छ ।फिल्म शो खुल्ने बितिकै दर्शकले आफ्नो टिकट बुकिङ तथा खरिद गरिरहेका छन् । अनलाइन एप र फिल्म प्रदर्शकको वेब साइटमा ‘काजी’लाई लिएर दर्शक उत्साहित देखिएका छन् । प्रदर्शकले उपलब्ध गराएको शोमा दर्शकको चाप बढिरहेको निर्माण पक्षको दाबी छ ।

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 506 पटक पढिएको
  • दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गर्न सांसद थपलियाको माग

    काठमाडौं— नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया(सीता)ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गरी प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारसमक्ष माग गरेकी छिन् ।विहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै थपलियाले दशौ राष्ट्रीय खेलकुद प्रतियोगिताका लागि अर्बौं रुपैयाँ खर्च गरेर कर्णाली प्रदेशको सुर्खेतमा निर्माण गरिएको रंगशाला गौचरणको रुपमा परिणत भएकोप्रति दुःख समेत व्यक्त गरिन् ।उनले अगाडि भनिन्,‘खेलकुदमार्फत राष्ट्रलाई योगदान दिने सपना बोकेर संघर्ष गरिरहेका खेलाडीहरू आज निराश हुन बाध्य छन्। उचित अवसर र वातावरणको अभावमा प्रतिभावान खेलाडीहरू विदेश पलायन हुने क्रम समेत बढ्दो छ।

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 480 पटक पढिएको
  • वैकल्पिक व्यवस्था बिना राष्ट्रिय बाल अधिकार परिषद् खारेज नगर्न इन्दिरा रानाको आग्रह

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै मगरले अघिल्लो सरकारले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय गरेको भन्ने विषय सार्वजनिक रूपमा सुनिँदै आएको उल्लेख गरिन् ।उनले बाल अधिकार संरक्षण, बालबालिकाको हकहित तथा संस्थागत निरन्तरताजस्ता संवेदनशील विषयलाई ध्यानमा राख्दै स्पष्ट वैकल्पिक संरचना र प्रभावकारी व्यवस्था सुनिश्चित नभएसम्म उक्त निर्णय कार्यान्वयन नगर्न सरकारसँग आग्रह गरिन् ।उनले भनिन्, ‘राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने सम्ब

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 430 पटक पढिएको
  • निश्कल राई भन्छन सरकार संसदप्रति उत्तरदायी भएन

    काठमाडौं— नेपाली कांग्रेसका सांसद निश्कल राईले सरकार संसदप्रति उत्तरदायी बन्न नसकेको बताएका छन् ।प्रतिनिधिसभकोा बैठकमा बोल्दै राईले पछिल्ला केही बैठकदेखि सरकारलाई जवाफदेही बनाउन आफूहरू लगातार प्रयासरत रहेको बताए ।उनले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीलाई उपस्थित गराउन प्रमुख प्रतिपक्ष दलका सांसदहरूले पटक–पटक आवाज उठाए पनि सभामुख र सरकारले त्यसलाई गम्भीर रूपमा नलिएको आरोप लगाए ।उनले भने, ‘पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलहरूले सरकारलाई जवाफदेही बनाउन खोजिरहेको छ । नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्रीको खोजी गर्ने लगायत विषयमा प्रमुख प्रतिपक्ष दलको हैसियतमा म स्वयम् र अन्य म

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 422 पटक पढिएको
  • डाबरको मह खान अयोग्यः बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

    काठमाडौं— खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रा. लि.द्वारा उत्पादित ५०० ग्रामको ‘डाबर हनी’ (मह) लाई बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ । विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरेको महको नमुनालाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम प्रयोगशालामा परीक्षण गर्दा उक्त खाद्य पदार्थ न्यूनस्तरको पाइएको हो ।बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित डाबर नेपाल प्रा. लि. बाट उत्पादन भएको, ब्याच नम्बर एबी ००४७७, उत्पादन मिति २०२५/१२ र उपभोग्य अवधि १८ महिना रहेको उक्त मह गुणस्तरहीन प्रमाणित भएपछि विभागले मिति २०८३/०२/०५ मा यो फिर्ता सम्बन्धी आदेश जारी गरेको हो

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 421 पटक पढिएको
  • सरकारलाई सांसद राजेन्द्रकुमार राईको चेतावनी

    काठमाडौं— नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सरकारले अबको सात दिनभित्र जनताको समस्या सुनुवाइ नगरे सदन चल्न समस्या हुने चेतावनी दिएका छन् ।प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै सांसद राईले आज गाउँघरमा बाँदरको समस्याले मानिसको बास उठाएको, मानिसले खाना खान समेत नपाएको बताउँदै यस विषयमा सरकार किन सिरियस हुँदैन भन्दै प्रश्न गरेका छन् । अहिले जनताको सबै भन्दा ठूलो समस्या बाँदर आतंक भएको बताउँदै राईले यसलाई नियन्त्रण गर्न नसके जनताको जीवन परिवर्तनमा ठूलो वाधा हुने बताए ।उनले तत्कालरुपमा बाँदरको समस्या समाधान गर्नका लागि सरकारलाई ध्यानाकर्षण समेत गराए । उनले अब सात दिनभित्र बाँदरको समस्या सम

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 441 पटक पढिएको
  • आकस्मिक विषयमा धारणा राख्न खोजेका सांसदलाई सभामुखले बोल्न नदिएपछि...

    काठमाडौं— आकस्मिक समयमा सभामुख डीपी अर्यालले केही सांसदलाई बोल्ने समय नदिएपछि संसद बैठक केहीबेर प्रभावित बन्न पुगेको छ । बिहीबारको बैठकमा सभामुखले केही सांसदलाई समय दिएर केहीलाई नदिएपछि बोल्न चाहनेहरु उठेर विरोध जनाएसँगै सभामुख अन्ततः समय दिन बाध्य भए ।उनले सांसदहरु राजेन्द्र राई, इन्दिरा राना, बलावती शर्मालगायतलाई समय निर्धारण गरेका हुन् ।

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 455 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.