काठमाडौं— नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सरकारले अबको सात दिनभित्र जनताको समस्या सुनुवाइ नगरे सदन चल्न समस्या हुने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै सांसद राईले आज गाउँघरमा बाँदरको समस्याले मानिसको बास उठाएको, मानिसले खाना खान समेत नपाएको बताउँदै यस विषयमा सरकार किन सिरियस हुँदैन भन्दै प्रश्न गरेका छन् । अहिले जनताको सबै भन्दा ठूलो समस्या बाँदर आतंक भएको बताउँदै राईले यसलाई नियन्त्रण गर्न नसके जनताको जीवन परिवर्तनमा ठूलो वाधा हुने बताए ।
उनले तत्कालरुपमा बाँदरको समस्या समाधान गर्नका लागि सरकारलाई ध्यानाकर्षण समेत गराए । उनले अब सात दिनभित्र बाँदरको समस्या समाधानका लागि सरकारले पहल गरेन भने सबै सांसदहरुले कुरा उठाउने र सदन चल्न गाह«ो हुने बताए । उनले यस विषयमा जवाफ दिन सरकारसँग आग्रहसमेत गरे ।






































