काठमाडौं— आकस्मिक समयमा सभामुख डीपी अर्यालले केही सांसदलाई बोल्ने समय नदिएपछि संसद बैठक केहीबेर प्रभावित बन्न पुगेको छ । 

बिहीबारको बैठकमा सभामुखले केही सांसदलाई समय दिएर केहीलाई नदिएपछि बोल्न चाहनेहरु उठेर विरोध जनाएसँगै सभामुख अन्ततः समय दिन बाध्य भए ।

उनले सांसदहरु राजेन्द्र राई, इन्दिरा राना, बलावती शर्मालगायतलाई समय निर्धारण गरेका हुन् ।