सर्लाही— सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिमाथि प्रहरी जवानले निर्घात कुटपिट गरेको बाहिरिएको छ। कुटपिटबाट धनकौल गाउँपालिका – ५ हरकठवाका फेकु दास गम्भीर घाइते भएका छन् ।दासका अनुसार उनी बुधबार दिउँसो श्रीमतीसहित इलाका प्रहरी कार्यालय हरकठवा पुगेका थिए । उनका दुई छोराले अध्ययन गरेको साइनिङ स्टार बोर्डिङ स्कुलको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै विद्यालय सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए ।सोही निवेदनका विषयमा बुझ्न प्रशासनले प्रहरी कार्यालयलाई पत्राचार गरेपछि आफूलाई बोलाइएको उनले बताए । प्रहरी कार्यालय पुगेपछि
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहनले विश्व समुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै वातावरण संरक्षण तथा प्रकृतिमैत्री विकासमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।विश्व वातावरण दिवस २०२६ का अवसरमा शुभकामना सन्देश जारी गर्दै शुक्रबार उनले हरित विकास, स्वच्छ ऊर्जा, वृक्षारोपण र प्राकृतिक सम्पदाको संरक्षणमार्फत भावी पुस्ताका लागि सुरक्षित भविष्य निर्माण गर्न आह्वान गरेका हुन् । उनले प्रकृति र वातावरण मानव जीवनको आधार भएको उल्लेख गर्दै स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजंगल तथा जैविक विविधताको संरक्षण गर्नु सबैको
काठमाडौं— विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित यो दिवस मनाउन लागिएको हो।दिवसका अवसरमा वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती तथा प्रकृतिमैत्री विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिँदै छन्।हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका विषयमा विश्वव्यापी जागरण फैलाउने उद्देश्य राखेको छ।
काठमाडौं— साताको कारोबारको चोथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा पुगेको हो ।नेप्सेमा कुल ३५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयर खरिद बिक्री हुँदा रू.४ अर्ब ७० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ८.५% एभरेष्ट बैंक डिबेन्चर २०८६को भएको छ । यस कम्पनीको ३४ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।आजको बजारमा कालिन्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
मोरङ । झापाको दमक नगरपालिका–८ निवासी २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरी अझै स्पष्ट निष्कर्षमा पुग्न सकेको छैन । घटनाको पाँच दिन बितिसक्दा पनि हत्या कहाँ, कसरी र कसले ग¥यो भन्ने मुख्य प्रश्नको उत्तर प्रहरीले फेला पार्न सकेको छैन । यद्यपि, घटनाको प्रकृति, भेटिएका प्रमाण र प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले हत्या अन्यत्रै गरेर शव रतुवा खोलामा ल्याएर फालिएको निष्कर्ष निकालेको छ ।गत जेठ १६ गते शनिबार बिहान मोरङ–झापा सीमास्थित सेतुमाडी क्षेत्रको रतुवा खोलामा प्लास्टिकको बोराभित्र पोको पारिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो । स्थानीयले खोलामा शंकास
महोत्तरी— महोत्तरीको बर्दिवास नगरपालिका–१४ स्थित मुसहर बस्तीका १६ जना नेपाली कामदार भारतको हरियाणा राज्यमा रहेको एक कुखुरा फार्ममा बन्धक बनेको आरोप सार्वजनिक भएको छ। बन्धक परेकामध्ये १० जना पुरुष र ६ जना महिला रहेका छन्।इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार उनीहरूलाई आकर्षक तलब, सेवा–सुविधा र सहज कामको प्रलोभन देखाएर भारत लगिएको थियो। स्थानीय दिलीप परियारले गत चैत १३ गते रोजगारीका लागि हरियाणाको जिन्द जिल्लाअन्तर्गत झाझर थाना क्षेत्रको हेलन गाउँस्थित कुखुरा फार्ममा पुर्याएको बताइएको छ।कामदारका आफन्तहरूले उनीहरूलाई जबर्जस्ती काममा लगाइएको, ज्याला नदिइएको तथा बाहिर निस्कन नदिई नियन्त्रणमा राख
काठमाडौं— लेखक तथा निर्देशक युगल पोमोको निर्देशनमा निर्माण भएको नेपाली कथानक सिनेमा जोर ढुंगा हङकङमा प्रदर्शन हुने भएको छ। सिनेमाको ग्राण्ड प्रिमियरअघि गत मे ३० मा आयोजित एक कार्यक्रममा यसको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो।कार्यक्रममा आगामी अगस्ट ३०, २०२६ मा हङकङको हुङहम वाम्पोस्थित सानविम सिनेमा हलमा सिनेमाको ग्राण्ड प्रिमियर गरिने जानकारी दिइएको थियो।ताप्लेजुङको निगुरादेन क्षेत्र आसपासका रमणीय स्थानमा छायांकन गरिएको ‘जोर ढुंगा’ लिम्बु समुदायको पृष्ठभूमिमा आधारित छ। अंग्रेजी सबटाइटल तथा स्थानीय संवाद समावेश गरिएको सिनेमाले लिम्बु संस्कृति र जीवनशैलीलाई प्रस्तुत गर्ने प्रयास गरेको निर्म
रौतहट— भारत–नेपाल अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन तथा सीमापार हुने आपराधिक गतिविधिहरूमाथि प्रभावकारी नियन्त्रण गर्ने उद्देश्यले दुवै देशका सीमावर्ती सुरक्षा पदाधिकारीहरूको उच्चस्तरीय बैठक सम्पन्न भएको छ । विहारको सीतामढीस्थित समाहरणालयको विमर्श सभाकक्षमा ‘इन्डो–नेपाल बोर्डर डिष्ट्रीक्ट समन्वय समिति’ को यो महत्वपूर्ण बैठक बसेको हो । बैठकमा मुख्य रूपमा भारत–नेपाल सीमा क्षेत्रमा कानुन व्यवस्था सुदृढ बनाउने, सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउने तथा दुई देशबीच आपसी समन्वयलाई थप मजबुत पार्ने विषयमा विस्तृत छलफल भएको थियो । विशेषगरी जाली नोटको कारोबार, अवैध हतियार तस्कर
काठमाडौं— राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको छ ।बिहीबार बसेको समितिको बैठकमा विधेयकमाथि छलफल गर्दै शिक्षामन्त्री सस्मित पोख्रेलले उक्त विधेयक नेपालभरका सबै प्रयोगशालालाई नियमन गर्न नभई राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई मात्रै सञ्चालन तथा व्यवस्थापन गर्न ल्याइएको स्पष्ट पारे । उनले बाहिर यो विधेयकले देशका सबै प्रयोगशालालाई नियमन गर्ने भन्ने भ्रम रहेको उल्लेख गर्दै भने, ‘यो विशेष रूपमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई नियमन गर्न बनाइएको छुट्टै विधेयक हो। नेपालमा रहेका सबै
काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले एसियन गेम्स छनोट प्रतियोगितामा लगातार दोस्रो खेलमा शतक प्रहार गरेका छन् ।मलेसियाविरुद्धको खेलमा भुर्तेलले केवल ४४ बलमा शतक पूरा गर्दै उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । उनले आक्रामक शैलीमा खेल्दै ५४ बलमा १२६ रन बनाएर आउट भए ।उनको इनिङ्समा चौका र छक्काको वर्षा देखिएको थियो । भुर्तेलको विस्फोटक ब्याटिङका कारण नेपालले ठूलो स्कोरतर्फ अग्रसरता लिएको थियो । यो समाचार तयार पार्दा सम्म नेपालले १८।३ ओभरको् समाप्तीमा ५ विकेट गुमाएर २६२ रन बनाएर खेलीरहेको छ ।यसअघि उनले चीनविरुद्धको खेलमा पनि केवल ३५ बलमा शतक प्रहार गरेका थिए । लगातार दुई खेलमा शत
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.