काठमाडौं— साताको कारोबारको चोथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयर खरिद बिक्री हुँदा रू.४ अर्ब ७० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ८.५% एभरेष्ट बैंक डिबेन्चर २०८६को भएको छ । यस कम्पनीको ३४ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा कालिन्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।





































