समाज

    Showing 1,511-1,520 of 11,160 items.
  • डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि लुम्बिनी टेक र अपकोड नेपालबीच सम्झौता

    काठमाडौं । नेपालमा दिगो डिजिटल इकोसिस्टम निर्माण गर्ने उद्देश्यका साथ लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपालबीच नेपालमा आधुनिक र डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि औपचारिक रूपमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।यो रणनीतिक साझेदारीले नेपालका शहरी क्षेत्रहरूमा विद्यमान फोहोर व्यवस्थापनको चुनौतीलाई प्रविधिको माध्यमबाट समाधान गर्ने लक्ष्य राखेको छ । यस सहकार्यले परम्परागत र अव्यवस्थित फोहोर संकलन प्रक्रियालाई विस्थापित गरी एकीकृत डिजिटल फोहोर व्यवस्थापन प्रणाली स्थापना गर्न जोड दिनेछ ।सम्झौताको महत्त्वबारे प्रस्ट पार्दै लुम्बिनी टेक इनोभेसन सेन्टरका संस्थापक अध्यक्ष धन बहादुर राना

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 180 पटक पढिएको
  • काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

    काठमाडौं । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको छ ।आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले ‘प्रदूषकले तिर्ने’ सिद्धान्तअनुसार फोहोरमैला व्यवस्थापन सेवा शुल्क संकलनको व्यवस्था गरिने जानकारी दिइन् । उनले भनिन्, ‘फोहोरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदुषकले तिर्ने सिद्धान्त अनुरुप एकद्वार प्रणाली मार्फत शुल्क संकलन गर्ने व्यवस्था मिलाइने छ ।’ उनका अनुसार बन्चरेडाँडा डम्पिङ सा

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 213 पटक पढिएको
  • काठमाडौं महानगरले अब ज्येष्ठ नागरिक र अशक्तको घरदैलोमै स्वास्थ्य सेवा दिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिक र पूर्ण अशक्त व्यक्तिका लागि घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ।आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रममा महानगरले ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर’ अभियान सञ्चालन गर्ने उल्लेख गरेको हो। यसअन्तर्गत वृद्धवृद्धा र अशक्त नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निःशुल्क प्रदान गरिनेछ।महानगरले ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक र पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराउने योजना पनि अघि सारेको छ। यस्तै, महिला, बालबालिका, दलित, आदिवासी जनजाति, एकल महिला, शहीद परिवार तथा अन्य पछाडि

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 166 पटक पढिएको
  • पर्सामा १०० किलो गाँजा बरामद,अनुसन्धान जारी

    (फाइल तस्वीर )पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका–३ स्थित मुरैयाचोक क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।आइतबार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खेतमा लुकाएर राखिएको अवस्थामा पाँच बोरामा प्याक गरिएको करिब १०० किलोग्राम गाँजा फेला पारेको हो।जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार बरामद गाँजा नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ। गाँजा कसले लुकाएको हो भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। 

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 154 पटक पढिएको
  • भारतीय अवरोधका कारण नेपाली चिया उद्योग संकटमा, असार १ देखि उद्योग बन्द गर्ने घोषणा

    काठमाडौं— भारतीय पक्षले नेपाली चिया आयातमा लागू गरेको नयाँ प्रशासनिक व्यवस्थाका कारण चिया निर्यात प्रभावित बनेपछि इलामका चिया उद्योगहरू गम्भीर संकटमा परेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै उद्योगीहरूले असार १ गतेदेखि उद्योग सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्।सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आइतबार जारी गरेको विज्ञप्तिमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)’ ले नेपाली चिया निर्यातमा अवरोध सिर्जना गरेको उल्लेख गरेको छ। गुणस्तर परीक्षण प्रक्रिया लामो हुनु, परीक्षण प्रतिवेदन ढिलो आउनु तथा भण्डारणसम्बन्धी जटिलताले ठूलो परिमाणमा चिया बिक्री ह

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 534 पटक पढिएको
  • परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै

    काठमाडौं— परराष्ट्रमन्त्री शिशिर खनाल आइतबारदेखि औपचारिक चीन भ्रमणमा निस्किएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा उनले बेइजिङमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।भ्रमणका क्रममा मन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सहकार्यका क्षेत्र विस्तारबारे विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। वाङ यी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय राजनीतिक ब्युरोका सदस्यसमेत हुन्।मन्त्री खनालको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर–पूर्वी महाशाखा प्रमुख भृगु ढुंगाना, बेइजिङस्थि

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 484 पटक पढिएको
  • नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने

    एजेन्सी । नेपाली उर्जा एवम अर्थ विज्ञहरुले भारत, बंगलादेश र नेपालबीच त्रिपक्षीय सहकार्यको महत्वपूर्ण सम्भावना रहेको बताएका छन् ।उनीहरुले ऊर्जा, व्यापार र कनेक्टिभिटी जस्ता क्षेत्रमा हुने सहकार्यले क्षेत्रीय बजार सिर्जना गर्न र साझा समृद्धि हासिल गर्न मद्दत गर्ने बताएका छन्। एएनआईसँग कुरा गर्दै, नेपाल फाउन्डेसनका विज्ञ अर्थात उर्जाविद् विवेकराज कँडेलले यस क्षेत्रका देशहरूले अब एक्लो रहन नसक्ने र पारस्परिक आर्थिक लाभमा आधारित साझेदारी निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताए। ‘म त्रिपक्षीय सहयोगको धेरै सम्भावना देख्छु । किनभने हामी यस्तो ठाउँमा छौं जहाँ एक्लोपन सहन सक्दैनौं। त्यो भनेक

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 197 पटक पढिएको
  • भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा, अनुसन्धान जारी

    संखुवासभा— संखुवासभाको पाँचखपन नगरपालिका–६ मगरटोलबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा जेठ २९ गते इलाका प्रहरी कार्यालय वानाबाट खटिएको टोलीले पाँचखपन नगरपालिका–६ निवासी ३५ वर्षीय विनय मगरको घरछेउमा रहेको कागतीको झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान लोड गरिएको भरुवा बन्दुक बरामद गरेको हो।भरुवा बन्दुक बरामद भएपछि प्रहरीले विनय मगरलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 436 पटक पढिएको
  • ७ वाणिज्य बैंकको ब्याजदर घट्यो

    काठमाडौं— असार महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको तुलनामा औसत निक्षेप ब्याजदरमा सामान्य गिरावट आएको छ ।नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा औसत अधिकतम ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ, जुन जेठमा ४.३४ प्रतिशत थियो । संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि ३.२० प्रतिशतबाट घटेर ३.१८ प्रतिशतमा झरेको छ ।सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १३ बैंकले जेठकै दरलाई निरन्तरता दिएका छन् । ब्याजदर घटाउने बैंकहरूमा स्ट्याण्डर्ड चार्टर्ड, कुमारी, एनआईसी एशिया, हिमालयन, प्राइम कमर्सियल, लक्ष्मी सनराइज र एनएमबी बैंक रहेका छन् ।अब क

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 450 पटक पढिएको
  • सहआयोजक अमेरिकाको सानदार जितबाट सुरुआत

    वासिंटन, (एजेन्सी)— बेल्जियम र पोर्चुगल तथा जर्मनीसँग अभ्यास खेलमा पराजित भएको अमेरिकाले सानदार जितबाट विश्वकप २०२६ को सुरुआत गरेको छ ।सहआयोजक अमेरिकाले नेपाली समयअनुसार शनिबार बिहान भएको खेलमा पाराग्वेमाथि ४–१ को सानदार जित निकालेको हो । यो जितको साक्षी हलिउडका प्रतिष्ठित कलाकारहरू टम क्रुज र लियोनार्दो डिकाप्रिओ तथा फुटबल लेजेन्ड डेभिड बेकहामका साथै लस एन्जेलसको स्टेडियममा उपस्थित करिब ७० हजार दर्शक साक्षी बनेका थिए । यो जितससँगैं अमेरिकाले समूह डी मा महत्वपूर्ण तीन अंक पनि जोड्यो ।यसले अमेरिकालाई अन्तिम ३२ मा पु¥याउने संभावना पनि बलियो बनाएको छ । यस समूहमा अरू दुई टोलीमा टर्की र अस्टे«लिया

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 468 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.