(फाइल तस्वीर )
पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका–३ स्थित मुरैयाचोक क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।आइतबार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खेतमा लुकाएर राखिएको अवस्थामा पाँच बोरामा प्याक गरिएको करिब १०० किलोग्राम गाँजा फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार बरामद गाँजा नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ। गाँजा कसले लुकाएको हो भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।






































